इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
नेपाली साहित्याकासमा धेरै साहित्यहरू उदाए, धेरै अस्ताए । उनीहरूले रचेका साहित्य र साहित्यिक कृतिले साहित्यको क्षितिजलाई फराकिलो पार्ने काम गरे । कति साहित्यकारहरू प्रतिक्रियावादी देखिए, कति प्रगतिशील देखिए । स्रष्टाहरूले पु¥याएको योगदानको आधारमा कति साहित्यकारलाई सरकारले त कति साहित्यकार र जनताले मानपदवी दिए । विभिन्न पदबाट साहित्यकारहरू विभूषित भए । कोही साहित्यकार युग पुरूष, शताब्दी पुरूष, राष्ट्रकवि देखिए । कति महाकवि, आशुकवि, युगकवि, युवाकवि, जनकवि, कविशिरोमणि त कति विद्रोही कवि या साहित्यकारहरू देखिए । यसरी साहित्यिक उपाधी पाउने कवि भानुभक्त आचार्य पनि हुन् ।
आज भानु जयन्ती । भानुभक्त आचार्यको जन्मदिवस । विशेषगरी आजभोलि भानु जयन्ती विद्यालय–विद्यालयमा मनाइएको देखिन्छ । विभिन्न साहित्यिक समितिले पनि भानु जयन्ती मनाउँदै छ । रामभक्ति धाराका भाषाकवि भानुभक्त आचार्यलाई युवा कवि, समालोचक, गजलकार मोतीराम भट्टले ‘आशुकवि’ को उपाधी दिएका थिए । त्यसो त भानुभक्त पहिलो कवि होइन । यो कुरा समालोचक मोतीराम भट्टलाई थाहा नभएको होइन । भानुभक्त आचार्यभन्दा पहिलेको साहित्यमा संस्कृत, उर्दू, फारसी, हिन्दी र अङ्ग्रेजी शब्दहरू मिसिएको हुन्छ । शुद्ध नेपाली भाषाको साहित्य पाउँदैनथ्यो । भानुभक्त आचार्य पहिलो कवि नभए पनि युवाकवि मोतीराम भट्टले शुद्ध नेपाली भाषामा कविता रचेकाले उनलाई ‘आदिकवि’ भन्ने पनि फरक पर्दैन भनेका थिए ।
उनको एउटामात्र मौलिक कृति ‘भक्तमाला’ हो । संस्कृतिमा लेखिएको ‘बधूशिक्षा’ र ‘प्रश्नोत्तरी’ उनले अनुवाद गरेका कृति हुन् । संस्कृतमा लेखिएको रामायणलाई उनले अनुवाद गरे । यसरी संस्कृतिमा लेखिएका साहित्यलाई भानुभक्त आचार्यले नेपाली भाषामा अनुवाद गरेर, नेपाली भाषामा कविता रचना गरेर नेपाली साहित्यको गोरेटोलाई चौडा बनाउने काम गरे । यही भएर साहित्यिक योगदानको कदर गर्दै विद्यालय, कलेज र साहित्यिक संस्थाले साहित्यिक गतिविधिमार्फत उनको स्मरण गरिरहेको हो ।
Leave a Reply