भर्खरै :

समाजवादी शिक्षा जनतामाझ पु¥याउनु आवश्यक

जनता संसारका निर्माणकर्ता हुन्† निर्णायक शक्ति जनता नै हुन् । देशमा परिवर्तन गर्नु छ भने जनतालाई नै सचेत र सङ्गठित गर्नुपर्छ । सङ्गठित र सचेत जनशक्तिले देशमा परिवर्तन ल्याउन सक्छ । त्यसकारण, नेपाल मजदुर किसान पार्टी या पार्टीका नेताहरूले नेता, कार्यकर्ता तथा जनताको सैद्धान्तिक स्तर उठाउन विभिन्न देश विदेशमा योगदान पु¥याउने, नेता, नेतृ, पत्रकार, राजनीतिज्ञ तथा शोषितपीडित जनताको पक्षमा भइरहेको आन्दोलनबारे विभिन्न कृतिहरू प्रकाशन गर्दै आएका हुन् । नेमकिपा र नेमकिपाका भ्रातृ सङ्गठनहरूबाट प्रकाशित कृतिहरू नेता, कार्यकर्ता र सर्वसाधारण जनताको सैद्धान्तिक स्तर उठाउने राजनीतिक पाठ्यपुस्तक हुन् । कुनै कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण जनतालाई मात्र होइन राज्यको सम्पूर्ण निकायमा सम्बद्ध सबैलाई देश र जनताप्रति समर्पित बनाउन, सुझबुझपूर्ण बनाउन र सांस्कृतिक स्तर उठाउन यस्ता राजनीतिक ग्रन्थ या पुस्तकले निकै सघाउँछ । यस कार्यमा नेमकिपा सचेत छ र नेमकिपाले प्रकाशनमा जोड दिइरहेको देखिन्छ ।
नेपालजस्तो पहाडी, हिमाली भेग, दुर्गम तथा विकट जिल्ला या स्थान रहेको देशमा आम जनतालाई सचेत र सङ्गठित पार्ने काम त्यति सजिलो होइन । तिनीहरूको सैद्धान्तिक स्तर उठाउन निकै मेहनत गर्नुपर्छ, निरन्तर प्रयास गरिरहनुपर्छ । अनि, तिनीहरूलाई सिद्धान्तनिष्ठ राजनीतिक कार्यकर्ता र बुद्धिजीवी बनाउनु अझ कठिन काम हो । पार्टीले तयार गरेका कति नेता, बुद्धिजीवी र कार्यकर्ताहरूलाई शासकहरूले अनेक लोभलालच देखाएर, धम्काएर, पैसा बाँडेर या स्वदेशी या विदेशी गुप्तचर लगाएर किनेका हुन्छन्, आफ्नो हातमा लिएका हुन्छन् या बिगारेका हुन्छन् । सिद्धान्त र विचारबारे जनतालाई बुझाउने काम परिवर्तन अगाडि मात्र होइन परिवर्तनपछि पनि त्यतिकै खाँचो हुन्छ । कसैले सिद्धान्त बुझाउने काम छोड्यो, सिद्धान्त छोड्यो भने फेरि कुनै देशमा समाजवादपछि पनि पुँजीवाद फर्कन सक्छ या प्रतिक्रियावादीहरूले आफ्नो हातमा सत्ता लिन सक्छन् ।
बगिरहेको पानी बासी हुँदैन भनेझैँ कम्युनिस्टहरू जहिले पनि जनतामाझ भिजिरहनुपर्छ, जनताको दुःख सुख बाँडिरहनुपर्छ । कम्युनिस्ट नेता, कार्यकर्ता तथा सर्वसाधारण जनतामाझ समाजवादी शिक्षा निरन्तर दिइरहनुपर्छ । कार्यकर्तामात्र सचेत भएर पुग्दैन, राजनीतिक शिक्षा, समाजवादी शिक्षा, कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याइरहुपर्छ, पु¥याउने काम गरिरहनुपर्छ । जनताको सांस्कृतिक स्तर नउठ्दा सर्वसाधारण मात्र होइन कार्यकर्ताहरू पनि अवसरवादी हुन्छन्, शत्रुको लोभलालचमा फस्छन् । जनताको राजनीतिक दृष्टिकोण फराकिलो बनाउन हाम्रा प्रकाशनहरू बुद्धिजीवी, कर्मचारी, शिक्षक, मजदुर र किसानमाझ पु¥याउनुपर्छ† त्यसबारे बुझाइरहनुपर्छ । राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपले व्यापक जनता सचेत र सङ्गठित नभएसम्म क्रान्ति सम्भव हँुदैन या क्रान्तिको परिस्थिति तयार हुँदैन । यसकारण समाजवादी प्रचार अभियानलाई निरन्तरता दिइरहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *