अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दुई सय चार केन्द्रीय सदस्य र एक सय बहत्तर वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेर मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन सम्पन्न भयो । बुधबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीका महासचिव, सचिवालय र सचिवालयको स्थायी समिति निर्वाचित गर्नेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ देखि चीनमा सत्ता चलाउँदै आएको छ । संसारकै उदयीमान आर्थिक र राजनीतिक शक्ति चीनको सत्तासीन पार्टीको महाधिवेशनमा पारित नीति कार्यक्रमको महत्व र चासोको परिधि चीनका एक अर्ब ३० करोडभन्दा बढी जनतासम्ममात्र सीमित छैन । संसारभरका जनताको लागि चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट पारित कार्यक्रमको महत्व रहने गरेको छ । पछिल्लो चालिस वर्षमा चिनियाँ जनताले हासिल गरेको सबभन्दा ठूलो सफलता भनेको संसारको सामना गर्ने आत्मविश्वास हो । १८४० को अफिम युद्ध पछि चिनियाँ जनताले गुमाएको आत्मविश्वास सन् १९४९ को नयाँ जनवादी क्रान्तिको सफलतासँगै पुनःनिर्माणको प्रक्रिया थालनी भएको हो । आज चीन त्यही गुमेको आत्मविश्वास पुनः हासिल गर्ने यज्ञको उत्कर्षमा पुगेको छ । तसर्थ चिनियाँ कम्युनिष्ट पार्टीले आज राष्ट्रिय पुनर्जागरण(national rejuvenation) लाई विशेष जोड दिइरहेको छ ।
पछिल्लो चालिस वर्षमा चिनियाँ जनताले हासिल गरेको सबभन्दा ठूलो सफलता भनेको संसारको सामना गर्ने आत्मविश्वास हो । १८४० को अफिम युद्ध पछि चिनियाँ जनताले गुमाएको आत्मविश्वास सन् १९४९ को नयाँ जनवादी क्रान्तिको सफलतासँगै पुनःनिर्माणको प्रक्रिया थालनी भएको हो ।
सन् २०२१ सम्म चिनियाँ समाजलाई मध्यमस्तरले समृद्ध समाज बनाउने र सन् १९४९ मा संसारकै अत्याधुनिक शक्ति राष्ट्र बनाउने दुई शतक योजना चिनियाँ जनताले हासिल गरेको त्यही आत्मविश्वासको परिणाम हो । संसारलाई जोड्ने एक बाटो एक पाटो महापरियोजनाको थालनी चिनियाँ सभ्यताको पछिल्लो उपलब्धिको उत्कर्ष हो । आज चीनले हासिल गरेका सबै उपलब्धि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको कारण सम्भव भएको निर्विवाद तथ्य हो ।
सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव पदमा सी जिनपिङ निर्वाचित भए । त्यसयता पार्टी तथा सरकारमा सुधारका लागि थुप्रै महत्वपूर्ण काम भए । भ्रष्टाचार नियन्त्रणका लागि चीनमा भएका प्रयास साँच्चै भनुँ संसारले सिक्न मिल्ने खालको छ । बाघ र झिङ्गा दुवैलाई नछोड्ने पार्टी नीतिले ठूला र साना भ्रष्टाचारीलाई नछोड्ने पार्टी अनुशासनलाई बल पु¥याइरहेको छ ।
सी कार्यकालमा चीनको आर्थिक विकाससँगै सैद्धान्तिक तथा साँस्कृतिक विकासलाई पनि विशेष जोड दिइएको छ । चिनियाँ विशेषताको समाजवादको विकासमा यो अवधिमा निकै महत्वपूर्ण काम भएका छन् । संसारकै सबभन्दा जिम्मेवार र बलियो कम्युनिष्ट पार्टी भएकाले माक्र्सवाद, लेनिनवादको विकासमा चीनको वर्तमान नेतृत्वले विशेष प्राथमिकता दिएको छ ।
पार्टी अनुशासनमा आएका समस्यासँग लड्न चिनियाँ कम्युनिष्ट पार्टीले पार्टी अनुशासनलाई पनि उत्तिकै जोड दिइरहेको छ । सत्तासीन दलका कार्यकर्ताबाट हुन सक्ने सत्ताको दुरुपयोगले जनताबीच पार्टीप्रति हुने अविश्वासलाई ध्यानमा राखी सी नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले संवेदनशीलता देखाएको छ ।
बुधबार हुने पूर्ण बैठकले सी दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित हुनेछन् । पहिलो कार्यकालमा उनले अघि सारेका धेरै कार्ययोजना पूरा गर्न अभैm बाँकी नै छ । तसर्थ उनको दोस्रो कार्यकाल पनि समान रुपमा सक्रिय र चीन तथा संसारकै लागि महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ ।
Leave a Reply