आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(अरून्धती रोयलाई यही सेप्टेम्बर १२ मा प्रकाशित उनको रचनाको फ्रान्सेली अनुवादको अवसर पारेर आजीवन योगदानको कदर गर्दै ४५ औँ युरोपेली निबन्ध पुरस्कार दिइएको छ । उहाँको निबन्ध सङ्गालोको नाम ‘आजादी ः स्वतन्त्रता, फासीवाद, आख्यान’ हो ।)
हिन्डेनबर्ग रिपोर्टले अडानी समूहलाई ‘स्टक कारोबारमा लज्जास्पद चलखेल गरेको र लेखामा ठगी गरेको’ आरोप लागेको जनाएको थियो । विदेशमा रहेका आफ्ना सङ्घसंस्थाको प्रयोग गर्दै आफ्ना प्रमुख कम्पनीहरूको भाउ कृत्रिमरूपमा बढाएर कम्पनीका मालिकको सम्पत्ति बढाएको सो समूहमाथि आरोप छ । हिन्डेनबर्ग रिपोर्टअनुसार अडानीका सात सूचीकृत कम्पनीहरूको मूल्य ८५ प्रतिशतले बढाइएको छ । मोदी र अडानीले एकअर्कालाई दसकौँदेखि चिन्छन् । उनीहरूको मित्रता सन् २००२ को गुजरात नरसंहारपछि अझ मजबुत बनेको थियो ।
त्यसबेला गुजरातका गाउँ र सहरहरूमा भिजिलान्ते हिन्दू भीडले ‘बदला लिने’ नाउँमा सडकहरूमा खुलेआम मुसलमानहरूको सामूहिक बलात्कार र हत्या गर्दै थियो । त्यो त्रासद तस्बिर देखेर भारतको कर्पोरेटले पनि पाइला पछि सार्दै थियो । त्यति नै बेला गौतम अडानीले मोदीलाई साथ दिएका थिए । गुजरातका पुँजीपतिहरूको एउटा सानो समूहसँग मिलेर अडानीले व्यवसायीहरूको एउटा मञ्च बनाए । तिनीहरूले मोदीको आलोचनाको निन्दा गरे र उनले ‘हिन्दू हृदय सम्राट’ को रूपमा नयाँ राजनीतिक करियर थालेपछि उनलाई समर्थन गरे । यसरी जन्मियो ‘विकास’ को गुजरात मोडल । ठूलो कर्पोरेट धनले लुकाएको एउटा आक्रामक हिन्दू राष्ट्रवाद नै गुजरात मोडल थियो ।
सन् २०१४ मा गुजरातको मुख्यमन्त्रीको रूपमा तेस्रो कार्यकाल सकेपछि मोदी भारतका प्रधानमन्त्रीमा निर्वाचित भए । शपथ ग्रहणको लागि उनी अडानीको नाम अङ्कित अडानीको निजी विमानमा दिल्ली गए । मोदी प्रधानमन्त्री बनेको नौ वर्षमा उनै अडानी विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति बने । उनको धन ८ अर्ब डलरबाट बढेर १३७ अर्ब डलर पुग्यो । सन् २०२२ मा मात्र उनले ७२ अर्ब डलर कमाए । त्यो वर्ष विश्वका बाँकी नौ शीर्ष अर्बपतिहरूको आम्दानी जोड्दा पनि त्यति पुगेन । भारतका एक दर्जन बन्दरगाह अहिले अडानी समूहको नियन्त्रणमा छन् । यी बन्दरगाहले भारतको कुल ३० प्रतिशत माल ओसारपसार गर्छन् । भारतको २३ प्रतिशत हवाई यात्रु बोक्ने सात विमानस्थलहरू अहिले अडानी समूहको नियन्त्रणमा छन् । भारतको ३० प्रतिशत अन्न भण्डारण गर्ने भण्डारगृह अहिले सोही समूहको हातमा छ । यो समूह भारतमा निजी विद्युत उत्पादन गर्ने सबैभन्दा ठूला ऊर्जागृहको मालिक र सञ्चालक हो ।
गौतम अडानी विश्वका एक सर्वाधिक धनी व्यक्ति हुन् । चुनावी खर्चका हिसाबले भाजपा भारतको मात्र होइन सम्भवतः विश्वकै सबैभन्दा धनी राजनीतिक दल हो । सन् २०१६ मा भाजपाले चुनावी बन्डको कार्यक्रम ल्यायो । यस कार्यक्रममार्फत कर्पोरेसनहरूले आफ्नो पहिचान सार्वजनिक नगरी राजनीतिक दलहरूलाई चन्दा दिनसक्थे । भाजपा कर्पोरेट धनको ठूलो हिस्सा लिने दल बनेको छ । लाग्छ भारतको ट्वीन टावरहरूको आधार एउटै हो ।
मोदीलाई खाँचो पर्दा अडानी उनीसँगै उभिएजस्तै मोदी सरकार अडानीसँगै उभिएको छ । अडानीको विषयमा संसद्मा विपक्षी सांसदहरूले प्रश्न उठाउँदा मोदी सरकारले एउटै प्रश्नको जवाफ दिन पनि अस्वीकार गर्दै आएको छ । कतिसम्म भने मोदी सरकारले विपक्षीहरूका कति भाषणलाई संसदीय रिकर्डबाटै हटाएको छ ।
भाजपा र अडानी मालामाल भइरहँदा अक्सफामको एउटा प्रतिवदेनले भारतको शीर्ष १० प्रतिशत धनाढ्यहरूको हातमा देशको कुल धनको ७७ प्रतिशत रहेको बतायो । सन् २०१७ मा उब्जेको कुल धनको ७३ प्रतिशत धन भारतको शीर्ष १ प्रतिशत धनाढ्यको थैलोमा गयो । त्यो वर्ष निम्न आय भएका ६७ करोड भारतीय जनताको धन १ प्रतिशतले मात्र बढेको थियो । भारत अत्यन्त ठूलो बजार भएको आर्थिक शक्ति हो भनिरहँदा त्यहाँका अधिकांश जनता गरिबीको चपेटामा छन् ।
करोडौँ भारतीयहरू मोदीको अनुहार छापिएको न्यूनतम आहार राखिएका रासनका प्याकेटमा गुजारा चलाउन विवश छन् । भारत गरिब गुरुवाहरूको धनी देश हो । भारतीय समाज विश्वकै सबैभन्दा असमान देशहरूमध्ये पर्छ । भारतको गरिबी प्रतिवेदन सार्वजनिक गरेपछि अक्सफाम भारतको कार्यालयमा पनि सरकारले छापा मारेको छ । त्यसैगरी, भारत सरकारलाई घाँडो हुनसक्ने एमनेस्टी इन्टरनेसनललगायत केही अन्य गैरसरकारी संस्थालाई पनि बन्द गराएर सास्ती दिइएको छ ।
यी सबै घटनाक्रमले पश्चिमी प्रजातन्त्रका नेताहरूको टाउको दुखेको छैन । हिन्डेनबर्ग—बिबिसी घटना भएको केही दिनभित्रै प्रम मोदी, राष्ट्रपति जो बाइडेन र राष्ट्रपति इमानुएल म्याक्रोँबिच ‘न्यानो र प्रभावकारी’ बैठक भयो । बैठकबाट भारत सरकारले ४७० बोइङ र एयरबस विमान खरिद गर्ने घोषणा गरियो । एयरबस विमानमा रोल्स रोयस इन्जिन राखिनेछ । बेलायतका प्रम ऋषि सुनकले भने, “बेलायतको फस्टाउँदो विमान उद्योगको लागि आकाश मात्र सीमा हो ।”
जुलाईमा मोदीले संरा अमेरिकाको राजकीय भ्रमण गरे । बेस्टिल दिवसको अवसरमा उनी प्रमुख अतिथिको रूपमा फ्रान्स गए । के यो विश्वास गर्न सकिने कुरा हो ? म्याक्रोँ र बाइडेनले मोदीको बढाइचढाइ प्रशंसा गरे । यो प्रशंसालाई सन् २०२४ को आम निर्वाचनको चुनावी प्रचारमा खुब उछालिनेछ भन्ने उनीहरूलाई थाहा नभएको होइन । त्यो निर्वाचनमा मोदी तेस्रोचोटि प्रमको उम्मेदवार बन्नेछन् । म्याक्रोँ र बाइडेनलाई आफूले हात मिलाइरहेको व्यक्तिको विषयमा थाहा नभएको केही थिएन ।
उनीहरूलाई गुजरात नरसंहारमा मोदीको भूमिबारे थाहा हुनुपथ्र्यो । मोदीका मन्त्रीहरूले मुसलमानहरूलाई सार्वजनिक स्थलमा मार्ने र त्यसको अगुवाइ गर्ने व्यक्तिहरूलाई फूलमालाले स्वागत गरिररहेको विषयमा उनीहरूलाई हेक्का हुनुपथ्र्यो । मुसलमानहरूलाई एक्ल्याउने र शिविरहरूमा बन्द गर्ने प्रक्रियाबारे पनि उनीहरूलाई थाहा हुनुपथ्र्यो । उनीहरूलाई हिन्दू भिजिलान्तेहरूले सयौँको सङ्ख्यामा चर्चहरू जलाइरहेको खबर पनि थाहा हुनुपथ्र्यो । विपक्षी राजनेता, विद्यार्थी, मानव अधिकारकर्मी, वकिल र पत्रकारहरूलाई सताइरहेको विषय पनि अवगत हुनुपथ्र्यो । तीमध्ये कतिले लामो काराबासको सजाय भोग्दै छन् । म्याक्रोँ र बाइडेनलाई प्रहरी र हिन्दू राष्ट्रवादीहरूले विश्वविद्यालयहरूमाथि हमला गरेको जानकारी हुुनुपथ्र्याे । तिनले इतिहासको पाठ्यपुस्तक पुनः लेखन गरिरहेको, फिल्ममाथि प्रतिबन्ध लगाएको, एमनेस्टी इन्टरनेसनलको भारत शाखा, बिबिसीको भारत कार्यालयमा छापा मारेको विषयमा उनीहरूलाई थाहा हुनुपथ्र्यो । तिनले अधिकारकर्मीहरू, पत्रकार र सरकारका आलोचकहरूलाई गोप्य उडान निषेधित सूचीमा राखेका छन् र भारतीय एवम् विदेशी प्राज्ञहरूलाई दबाब दिएका छन् । यसबारे पनि म्याक्रोँ र बाइडेनलाई थाहा हुनुपथ्र्यो ।
उनीहरूलाई के पनि थाहा हुनुपथ्र्यो भने भारत अहिले विश्व प्रेस स्वतन्त्रता मानकमा १८० देशमध्ये १६१ औँ देशमा पर्छ । भारतका उत्कृष्ट पत्रकारमध्ये धेरैजनालाई अहिले मूलधारका मिडियाबाट निकालेका छन् र छिट्टै पत्रकारहरूलाई सेन्सरको सिक्रीले बाँध्ने सत्ता आउँदै छ । सरकारको विषयमा प्रसारण गरिने रिपोर्ट र विश्लेषणहरू झूटा हुन् वा गलत हुन् भनी सरकारले नियुक्त गरेको अङ्गले निर्धारण गर्नेछ । सामाजिक सञ्जालमा व्यक्ति हुने असन्तोष बन्द गर्न बनाइएको नयाँ आइटी कानुन पनि लागु हुनेछ । म्याक्रोँ र बाइडेनलाई यी कुरा हेक्का हुनुपथ्र्यो ।
उनीहरूलाई हिंस्रक हिन्दू भिजिलान्ते लठैतहरूको तरबार नाचबारे थाहा हुनुपथ्र्यो । यिनीहरू मुसलमानहरूलाई सफाया गर्नुपर्छ र मुसलमान महिलाहरूलाई बलात्कार गर्नुपर्छ भन्दै खुलेआम कुर्लिरहेका हुन्छन् ।
म्याक्रोँ र बाइडेनलाई कश्मिरको अवस्था अवगत हुनुपर्ने थियो । सन् २०१९ मा त्यहाँ सङ्कट चर्कियो र महिनादिनसम्म त्यहाँका जनतालाई सञ्चारबाट टाढा राखियो । लोकतन्त्रको इतिहासमा त्यो सबैभन्दा लामो इन्टरनेटबन्दी थियो । त्यहाँका पत्रकारहरूलाई अनेक सासना दिइयो । तिनलाई पक्राउ गरेर केरकार गरियो । २१ औँ शताब्दीमा कसैले पनि तिनीहरूले जस्तो बाँच्नु हुँदैन । उनीहरू घाँटीमा सैनिक बुटले कुल्चिरहेको अवस्थामा बाँच्दै छन् ।
म्याक्रोँ र बाइडेनले सन् २०१९ मा पारित गरिएको नागरिकता संशोधन कानुनबारे थाहा पाउनुपथ्र्यो । त्यो कानुनले मुसलमानहरूलाई विभेद गर्छ । त्यसको ठूलो विरोध भयो । अर्को वर्ष दिल्लीमा हिन्दू भीडले दर्जनौँ मुसलमानहरूलाई मारेपछि त्यो विरोध सेलाएको थियो । (संयोगले त्यसबेला राष्ट्रपति डोनाल्ड ट्रम्प राजकीय भ्रमणमा दिल्लीमा थिए । उनले ती हत्याहरूबारे एक शब्द बोलेनन् ।) मोदीलाई स्वागत गर्ने म्याक्रोँ र बाइडेनलाई दिल्ली प्रहरीले जबर्जस्ती मुसलमान युवाहरूलाई निर्घात कुटेको विषयमा पनि जानकारी हुनुपर्ने थियो । सडकमा बसेर भारतको राष्ट्रियगान गाउनु नै उनीहरूको एउटै कसुर थियो । प्रहरीले तिनीहरूलाई लात र मुक्का हाने । कुटाइका कारण एकजना युवाको मृत्यु भयो ।
मोदीलाई खुसी पारिरहेको बेला म्याक्रोँ र बाइडेनले उत्तर भारतको उत्तराखण्डमा भाजपासम्बद्ध हिन्दू अतिवादीहरूले घरका ढोकाहरूमा ‘ह्’ चिन्ह बनाएर घर खाली गर्न भनेपछि मुसलमानहरू भागिरहेका छन् कुरा थाहा हुनुपथ्र्यो । त्यहाँ अहिले ‘मुसलमानमुक्त उत्तराखण्ड’ को विषयमा खुला बहस चलिरहेको छ । म्याक्रोँ र बाइडेनलाई मोदीको आँखामुनि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पाशविक गृहयुद्ध चल्दै छ भन्ने थाहा हुनुपथ्र्यो । त्यहाँ एकप्रकारको जातीय सफाया चलिरहेको छ । केन्द्र सरकार सफायाको सहायक देखिएको छ र राज्य सरकारको पनि मिलेमतो देखिएको छ । सुरक्षाकर्मीहरू प्रहरी र प्रहरीइतरमा विभाजित छन् । कुनै किसिमको चेन अफ कमान्ड वा लगाम छैन । इन्टरनेट बन्द छ । त्यहाँबाट समाचार बाहिरिन हप्तौँ लागेको अवस्था छ ।
यति हुँदाहुँदै पनि विश्वशक्तिहरूले सामाजिक सद्भाव भत्काउन र भारतमा आगो सल्काउन मोदीलाई चाहिने अक्सिजन दिने निधो गरे । मेरो विचारमा यो जातिवादकै अर्को रूप हो । उनीहरू आफूलाई लोकतान्त्रिक भन्छन्, तर वास्तवमा उनीहरू जातिवादी छन् । उनीहरू आफैँले धक्कु लगाउने ‘मूल्यमान्यता’ गैर—गोरा देशहरूमा पनि लागु हुनुपर्छ भन्ने कुरा मान्दैनन् । निःसन्देह यो पुरानै रोग हो ।
केही छैन । हामी हाम्रो लडाइँ लड्नेछौँ । एक न एक दिन हामीले आफ्नो देश फिर्ता लिएरै छोड्नेछौँ । भारतमा प्रजातन्त्रको विसर्जनले पूरा विश्वलाई असर गर्नेछैन भनेर पश्चिमा शासकहरूले कल्पना गरेका हुन् भने तिनीहरू भ्रममा छन् ।
भारत अझै पनि लोकतान्त्रिक देश हो भनेर विश्वास गर्नेहरूले बुझ्नुपर्ने कुरा के भने यी घटना पछिल्ला केही महिनाका प्रतिनिधि घटना मात्र हुन् । हामी अर्कै चरणमा प्रवेश गरेका छौँ भन्दै गर्दा मेरो तात्पर्य यो हो । चेतावनीको समय सक्किसकेको छ । हामी हाम्रा नेताहरूसँग मात्र होइन जनताको एउटा तप्कासँग पनि डराउनुपर्ने चरणमा हौँ :
मणिपुरमा गृहयुद्ध मच्चियो । प्रहरीले गृहयुद्ध चर्काउन भूमिका खेल्यो । प्रहरीद्वारा दुईजना महिलालाई गुन्डाहरूको हातमा सुम्पिए । गुन्डाहरूले ती महिलालाई गाउँमा नाङ्गै घुमाए र पछि सामूहिक बलात्कार गरे । तीमध्ये एक महिलाको भाइलाई भीडले उनकै अगाडि हत्या ग¥यो । ती बलात्कारीहरूकै जातिका महिलाहरूले बलात्कारीहरूको पक्ष लिए । उनीहरूले आफ्नो जातिका पुरुषहरूलाई बलात्कार गर्न उक्साएको पनि देखियो ।
महाराष्ट्रमा हतियारबद्ध रेलवे सुरक्षाकर्मीहरू एउटा रेलको गल्लीमा मुसलमान यात्रुहरूलाई गोली ठोक्दै अघि बढेको दृश्य देखियो । तिनीहरूले अन्य यात्रुलाई मोदीलाई भोट हाल्न आह्वान गरिरहेका थिए ।
उच्च पदस्थ नेता र प्रहरीसँग फोटो खिचाउने एक चर्चित हिन्दू भिजिलान्तेको समाचार आयो । उसले हिन्दूहरूलाई मुसलमान बहुल बस्तीमा आयोजना गरिने धार्मिक यात्रामा सहभागी हुन आह्वान ग¥यो । ऊमाथि फेब्रुअरीमा दुई मुसलमान युवालाई गाडीमा बाँधी जिउँदै जलाएर हत्या गरेको आरोप छ ।
गुडगाउँ नगरमा धेरै अन्तर्राष्ट्रिय कर्पोरेसनका कार्यालय छन् । हिन्दूहरूले त्यहाँको एउटा मुसलमान बस्तीमा हातमा मेसिनगन र तरबार लिएर यात्रा गरे । मुसलमानहरूले आत्मरक्षा गरे । जे हुनु थियो, त्यही भयो । हिन्दू यात्रा दङ्गामा परिणत भयो । ६ जना मानिस मारिए । १९ वर्षीय इमाम सुतिरहेको अवस्थामै काटियो । उसको मस्जिदमा तोडफोड र आगजनी भयो । त्यसपछि सरकारले गरिब मुसलमानहरूको त्यस बस्तीमा बुलडोजर चलायो र त्यहाँका सयौँ बासिन्दाहरू घर छोडेर अन्त जान विवश भए ।
प्रधानमन्त्रीले यी सबै घटनाबारे एक शब्द बोलेनन् । यो चुनावको बेला हो । आउँदो मे महिनामा आमनिर्वाचन हुँदै छ । यी सबै चुनावी अभियानकै सिलसिला हुन् । हामीलाई रक्तपात, सामूहिक हत्या, झूटा हमला, छद्म युद्धलगायत मारकाटमा अभ्यस्त पारिँदै छ । पहिले नै विभाजित जनतालाई थप विभाजित गर्ने तयारी चल्दै छ ।
मैले हालसालै एउटा सानो पाठशालाको कक्षाकोठामा तयार गरिएको छोटो तर कन्सिरी तताउने भिडियो हेरेँ । शिक्षिकाले एक मुसलमान बालकलाई कुर्सीमाथि उभ्याउँछिन् र बाँकी विद्यार्थीलाई, हिन्दू केटाहरूलाई पालैपालो आएर उसको गालामा थप्पड लगाउन भन्छिन् । सुस्तरी पिट्ने विद्यार्थीलाई उनी झपार्छिन् । त्यो घटनापछि हिन्दू गाउँले र प्रहरीले गाउँका मुसलमान परिवारलाई मुद्दा दायर नगर्न दबाब दिए । थप्पड खाने मुसलमान छात्रको शिक्षण शुल्क मिनाहा गरियो र उसलाई विद्यालयबाट निकाला गरियो ।
भारतमा जे हुँदै छ त्यसलाई केवल इन्टरनेट फासीवादको फितलो रूप भन्न मिल्दैन । यो वास्तविक फासीवाद हो । हामी नाजी बनेका छौँ । हाम्रा नेताहरू, हाम्रा टिभी च्यानल र पत्रपत्रिका मात्र होइन, हाम्रा जनताको ठूलो हिस्सालाई नाजी बनिसकेका छन् । संरा अमेरिका, युरोप र दक्षिण अफ्रिकामा बस्ने धेरै भारतीय हिन्दूहरूले राजनीतिक र भौतिकरूपले फासीवादको समर्थन गर्दै छन् । हाम्रो अन्तरमन, हाम्रा छोराछोरी र तिनका पनि छोराछोरीको निम्ति हामी यसको खिलाफमा उभिनुपर्छ । हामी सफल हौँला वा विफल हौँला, त्यसले फरक पर्दैन । त्यो जिम्मेवारी खालि हामी भारतीयहरूको काँधमा मात्र छैन । अब छिट्टै मोदी सन् २०२४ को निर्वाचनमा विजयी हुनेछन् । लगत्तै उनले विपक्षी स्वरलाई दबाउनेछन् । यो सभाहलमा आउनुभएका कसैले पनि जे भइरहेको थियो, त्यसबारे थाहा थिएन भनी स्वाङ पार्नुपर्दैन ।
तपाईँहरूको अनुमतिले म आफ्नो पहिलो निबन्ध ‘द एन्ड अफ इम्याजिनेसन’ का केही परिच्छेद पढेर मेरो भनाइ टुङ्गयाउन चाहन्छु । यो असफलताको बारेमा एक मित्रसँग गरिएको सम्वाद हो र हो लेखकको रूपमा मेरो निजी घोषणापत्र ।
“व्यक्तिको खुसी वा सन्तुष्टिको यात्रा झुक्किएर ऊ ‘सफलता’ मा ठोक्किन पुग्नुमै गएर टुङ्गिन्छ भन्ने उसको दृष्टिकोण भनेको विषयलाई बाहिरबाट हेर्नु मात्र हो भनेँ । कुनै व्यक्तिको सपना साकार हुन धन र ख्याति नभइ हुँदैन भन्ने सतही विश्वासमा यस्तो दृष्टिकोण टिकेको हुन्छ ।
तिमीले धेरै लामो समय न्युयोर्कमा बितायौ, मैले भनेँ । अरू संसार पनि छन् । अर्कै किसिमका सपना पनि छन् । सपना जहाँ असफलता सम्भव छ । त्यो असफलता गौरवपूर्ण हुन्छ । त्यसको लागि मरिमेट्नु अर्थपूर्ण छ । एक यस्तो संसार जहाँ मान्यता पाउनु नै प्रतिभा वा मानवीय मूल्यको एक मात्र ब्यारोमिटर हुने गर्दैन । त्यहाँ मैले चिन्ने र माया गर्ने अनगिन्ती योद्धा छन् । तिनको जीवन मेरोभन्दा पनि मूल्यवान छ । तिनीहरू प्रतिदिन युद्धमा हेलिन्छन् । विफल हुन्छु भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू मैदानमा उत्रिन्छन् । ‘असफलता’ को भद्दा अर्थ लगाउने हो भने निश्चय पनि तिनीहरू कम ‘असफल’ हुन् । तर, उनीहरूलाई कसैगरे पनि असन्तुष्ट भन्न मिल्दैन ।
मैले उसलाई भनेँ — एउटा अर्थपूर्ण सपना त्यो सपना हो जसमा तपाईँ जिउँदै छँदा बाँच्नुहुन्छ र मरेपछि मात्र मर्नुहुन्छ । (यो नै जीवनबोध हो सायद ।)
‘त्यो भनेको के हो ?’ (निधार खुम्च्याउँदै र आँखा तन्काउँदै ऊ सोध्छे ।)
मैले प्रस्ट पार्न खोजेँ तर त्यसको सार लाएन । कहिलेकाहीँ घोत्लिनलाई पनि मैले लेख्नुपर्ने हुन्छ । त्यसैले उसको लागि मैले कागजमा केही लेखेँ । मैले जे लेखेँ, त्यो यसप्रकार थियो : माया गर्न । माया पाउन । आफ्नो महत्वहीनता कहिल्यै नबिर्सिन । चरम निराशामा पनि खुसी खोज्न । सौन्दर्यको खोजी गर्न । के साधारण हो, के जटिल वा पेचिलो हो भनी कहिल्यै सामान्यीकरण नगर्न । सत्तालाई कीमार्थ होइन, सबलतालाई सम्मान गर्न । सबभन्दा ठूलो कुरा अवलोकन गर्न । प्रयास गर्न र बुझ्न । कहिल्यै आँखा नहटाउन । अनि कहिल्यै, कहिल्यै पनि नबिर्सिन ।”
यो सम्मानका लागि पुनः धन्यवाद व्यक्त गर्छु । सम्मानपत्रमा लेखिएको यो वाक्य मलाई मन प¥यो : ‘अरून्धती रोयले आफ्ना निबन्धलाई लडाइँको मैदानको रूपमा उपयोग गर्नुहुन्छ ।’
एक लेखिकाले आफ्नो लेखनीमार्फत विश्व बदल्न सक्छु भन्ठान्नु धृष्टता, अहङ्कार र एकहदसम्म मूर्खता हुन जान्छ । तर, उसले त्यस दिशामा अलिकति पनि प्रयास गर्दिन भने त्यो दुःखद हुन्छ ।
बिदा लिनुअघि म यत्ति भन्न चाहन्छु : यो पुरस्कारसँगै ठूलो धनराशि हात लागेको छ । यो मेरो हातमा रहनेछैन । यसलाई धेरैजना साहसी अभियन्ता, पत्रकार, कानुनकर्मी, फिल्मकारबिच बाँडिनेछ, जसले स्रोतसाधन नहुँदा नहुँदै पनि भारतको सत्तासामु दृढतापूर्वक उभिन छोडेका छैनन् । यति बुझ्नुहोला, जतिसुकै कहालिलाग्दो परिस्थितिमा पनि एउटा जोडदार प्रतिरोध गरिराख्नुपर्ने हुन्छ ।
समाप्त
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply