भर्खरै :

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण – अमेरिकी रिपब्लिकन पार्टीको उम्मेदवार (२)

राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण – अमेरिकी रिपब्लिकन पार्टीको उम्मेदवार (२)

क्युवाप्रति निकै आक्रमक एक अमेरिकी पत्रिकाको केन्द्रीय कार्यालय फ्लोरिडामा छ । सो पत्रिकाले छापेको एक लेख यस्तो छ :
“पिग्स्को खाडीका बन्दीहरूको रिहाइबारे छलफल भइरहेको मौका छोपेर CIA ले वार्ता टोलीका एक सदस्य अमेरिकी वकिल जेम्स बी. डोनोभान (James B. Donovan) मार्फत फिडेल क्यास्ट्रोलाई घातक उपहार दिने प्रयास गरेको थियो । छालामा घाउ पार्ने ढुसी (Fungus) लुकाइराखेको पानीमुनि लगाउने लुगा (Wetsuit) र क्षयरोगका किटाणु भएको पानीमुनि सास फेर्न प्रयोग हुने यन्त्र (Scuba Gear) सन् १९६२ नोभेम्बरमा ती सामान साँच्चै क्युवाली नेतालाई दिइएको थियो ।”
“यो प्रसङ्ग १९६२ अप्रिलदेखि डिसेम्बरसम्म ‘बन्दी रिहाइका लागि आफन्तको समिति’ र हवानाबिच चलेको वार्ता बारेको किताब ‘पिग्स्को खाडी पछि’ मा उल्लेखित विभिन्न प्रसङ्गहरूमध्ये एक थियो ।”
“गएको वर्षको अन्त्यमा प्रकाशित २३८ पृष्ठको यो पुस्तक क्युवाली अप्रवासी पाब्लो पेरेज–सिस्नेरोस् (Pablo Peres-Cisneros), वकिल डोनोभानका छोरा जोन बी. डोनोभान (John B. Donovan) र रेडक्रसका वरिष्ठ सदस्य जेफ कोएनरिच (Jeff Coenreich) ले संयुक्तरूपमा लेखेका हुन् । कोएनरिचले क्युवा र संरा अमेरिकाबिचको मानवतावादी कार्यक्रमहरूलाई सहयोग र प्रवद्र्धन गरेका छन् ।”
“१९६१ अप्रिलको असफल आक्रमणपछि पक्राउ परेका १११३ बन्दीहरूको रिहाइका लागि क्यास्ट्रोसँग छलफल गरेकी ‘आफन्त समिति’ की संयोजक बर्टा बारेटो डे लोस हेरोस (Berta Barreto de Los Heros) का छोरा हुन् – पेरेज – सिस्नेरोस ।”
“बारेटो डे लोस हेरोसले यो किताब लेख्न सुरु गरे पनि सन् १९९३ मा उनको मृत्यु भयो । आठ वर्षको खोजपश्चात् सो किताब सिध्याएका छोराले नै सो पौडीको कपडा र स्कुवा यन्त्र सन् १९६२ को अन्त्यतिर किनेका थिए । तर, ती सामान क्यास्ट्रोको लागि भनेर उनलाई थाहा थिएन ।”
“सन् १९६२ जूनमा क्युवासँगको छलफलमा मध्यस्थता गर्न आग्रह गर्दै पेरेज–सिस्नेरोस् पहिलोपटक जेम्स बी. डोनोभानलाई भेट्न ब्रुकलिनस्थित उनको कार्यालय पुगे । पिग्स्को खाडी आक्रमणका एक बन्दी वाकिन सिल्भेरियो (Joaquin Silverio) का साला र पूर्वसांसदका छोरा रोवर्ट डब्लु किन (Robert W. Kean) ले सो भेटघाट गराएका थिए । डोनोभान ‘आफन्त समिति’ मा बिनापैसा काम गर्न सहमत भए ।”
“दुई महिनापछि डोनोभानले क्युवाली सरकारसँगको छलफलका लागि आफ्नो एघारौँ मध्येको पहिलो ह्वाना भ्रमण गरे ।”
“सो छलफलको बारे थप प्रकाश पार्दै पेरेज–सिस्नेरोसले अल नोएभो हेराल्ड (Al Nuevo Herald) पत्रिकामा दिएको अन्तवार्तामा भनिएको छ, “१९६२ अक्टोबरमा डोनोभान क्युवा जाँदा क्यास्ट्रोले समुद्रमा पौडनका लागि कपडा र स्कुवा यन्त्र आफूले खोजिरहेको उनलाई बताएका थिए । त्यसैले, डोनोभानले मलाई एक जना व्यक्तिका लागि राम्रो सामान ल्याउन भने । तर, क्यास्ट्रोका लागि भनी उनले भनेनन् ।”
“पानीमुनि माछा मार्न निपुण पेरेज–सिस्नेरोसले न्यू योर्कको टाइम्स स्क्वायरको एउटा नाम चलेको पसलबाट १३० डलरको पौडीको लुगा र २१५ डलरको स्कुवा यन्त्र किने ।”
“क्यास्ट्रोले नोभेम्बर १९६२ मा सो सामान पाए । केही हप्तापछि डोनोभानको अर्काे हवाना भ्रमणमा क्यास्ट्रोले आफूले सो सामान प्रयोग पनि गरेको बताए ।”
“छलफल समाप्त भएको केही महिनापछि मात्रै पेरेज–सिस्नेरोसले सत्य कुरा थाहा पाए ।”
“दोस्रो विश्वयुद्धताका जेम्स डोनोभानले ‘रणनीतिक सेवा कार्यालय’ मा काम गरेका थिए । त्यो CIA को प्रारम्भिक रूप थियो । न्युरेम्वर्गमा नाजी युद्ध–अपराधीहरूमाथि मुद्दा चलाउने बेलामा उनी अधिवक्ताहरूमध्ये एक थिए । १९६२ फ्रेबुअरीमा शीत युद्धताकाको सबभन्दा सम्झनलायक जासुस आदानप्रदान छलफलमा उनी प्रमुख मध्यस्थकर्ता थिए । सो छलफलमा अमेरिकी फ्रेडरिक प्रायोर (Frederick Prior) र U2 बमवर्षकका विमान चालक ग्यारी एफ. पावर्स (Gary F. Powers) को रिहाइको बदला रुसी कर्नेल रुडोल्फ एबेल (Rudolf Abel) को रिहाइबारे कुरा भएको थियो ।”
“क्यास्ट्रोले पौडीका सामान मगाएको डोनोभानले CIA लाई बताएपछि, CIA ले सो जिम्मा आफूले लिने बतायो । तर, ती अधिवक्ताले सो सामानहरूमा किटाणु राख्ने CIA को योजना अस्वीकार गर्दै टाइम्स स्क्वायरमा किनेको सामान नै क्यास्ट्रोलाई दिए ।”
“१९६३ मे महिनामा क्यास्ट्रोले डोनोभान र तत्कालीन न्यायमन्त्री रोवर्ट केनेडीका प्रतिनिधि अधिवक्ता जोन ई. नोलन (John E. Nolan) लाई क्युवामा आमन्त्रण गरे । सुंगुरको खाडीमा पौडिन त्यो दिन क्यास्ट्रोले फेरि ती सामान प्रयोग गरे ।”
पेरेज सिस्नेरोसले भने, “१९६३ को अन्त्यमा डोनोभानले क्यास्ट्रोको हत्या प्रयासको योजनाले आफ्नो रौँ ठाडा भएको मलाई बताएका थिए । CIA ले दिएको सामान लिन आफूले अस्वीकार गरेको भन्दै यदि त्यो योजना क्युवाले थाहा पाएको भए छलफलहरू सबै खत्तम हुने र आफू मारिन पनि सक्ने उनले बताए ।”
“चाखलाग्दा र अप्रत्याशित प्रसङ्गहरूले भरिएको यो पुस्तकमा माया, दृढ निश्चय र चलाखीले गर्दा कसरी ५ करोड ३० लाख डलर बराबरको खाद्यान्न, ओखती र स्वास्थ्य साधनहरूको बदला बिग्रेड द्दछण्ट (सुँगुरको खाडीका आक्रमणकारीहरू) का बन्दीहरू छुटाउन सम्भव भयो भन्ने उत्तेजनापूर्ण (Tense) कथा छ ।”


“ती बन्दीहरूको भविष्यबारे अन्योल छाइरहँदा डोनोभान र आफन्त समितिका प्रयासहरू सुरु भयो …. ।”
“क्यास्ट्रोसँग समितिको पहिलो बैठक १९६२ अप्रिल १० का दिन मिरामारस्थित बारेटो डे लोस हेरोसको घरमा भएको थियो । त्यसको चार दिनपछि ६० जना घाइते बन्दीहरूलाई मियामी फर्काइयो ।”
“छलफलमा डोनोभानको संलग्नताले रिहाइको प्रक्रियामा द्रुतता आयो ।”
“बारेटो डे लोस हेरोसको फोन टेप भएको थाहा पाएर डोनोभानले सञ्चारका लागि गोप्य कोडहरू प्रयोग गर्थे ।”
“डिसेम्बरको मध्यतिर सहमतिका लागि क्यास्ट्रो तयार भए र अमेरिकी रेडक्रसमार्फत क्युवामा ल्याउनुपर्ने खाद्यान्न र ओखतीको २३ पृष्ठ लामो सूची अमेरिकी पक्षलाई दिए । सहमतिका अन्तिम १० दिन निकै द्रुततापूर्वक काम भयो । १५७ वटा अमेरिकी कम्पनीहरूले सहयोग गर्ने वाचा गरी क्युवा पठाएका सामान सूचीसँग दुरुस्त भए नभएको जाँच्न डोनोभानले ६० जना वकिलहरूको टोली नै लिएर आएका थिए ।
“२३ डिसेम्बर १९६२ मा ४८४ बन्दीहरू बोकेर पहिलो पाँचवटा हवाइजहाजहरू मियामीका लागि उडे । भोलिपल्ट बाँकी ७१५ जना बन्दीहरू अरु नौवटा जहाजबाट मियामी फकाइए ।”
सो लेखको व्यहोरा मैले जस्ताको तस्तै उल्लेख गरेको हुँ । त्यसमा भएका कति विस्तृत सूचनाबारे म अनभिज्ञ नै थिएँ । तर, मलाई याद भएसम्मका कुराहरू लेखमा गलत लेखिएका थिएनन् ।
एइयेनागा डे जापाटा (Eienaga de Zapata) को धापिलो क्षेत्रसँग मेरो निकै पुरानो सम्बन्ध छ । सो धापिलो क्षेत्रको मध्य भाग लागुना डेल टेसोरोमा (Laguna del Tesora) ६ मिटरसम्मको गहिराइमा पाइने एक किसिमको ‘कालो माछा’ का बारे केही अमेरिकी पर्यटकहरूबाट सुनेर सो क्षेत्रबारे धेरै थाहा पाएको थिएँ । ती दिनहरूमा डचहरूले जस्तै समुद्री सतह घटाएर जमिन बढाउने र पर्यटन विकास गर्नेजस्ता योजनाहरूबारे हामी सोच्दै थियौँ ।
म विद्यालयमा छँदा नै हजारौँ गोहीहरूको वासस्थान सो क्षेत्र निकै प्रख्यात थियो । अव्यवस्थित शिकारले ती प्रजातिहरू लोप हुने अवस्थामा पुगेका थियो । त्यसको संरक्षण हुनु जरुरी थियो ।
त्यस क्षेत्रमा बसोबास गर्ने गोल बनाउने जनताका लागि केही गर्नुपर्ने दायित्व हाम्रो पहिलो प्राथमिकतामा पथ्र्यो । त्यही सिलसिलामा पिङ खाडीसँग मेरो सम्बन्ध विकास भएको थियो । निकै गहिरो त्यो खाडीमा कहीँ–कहीँ एक किलोमिटरसम्मको गहिराइ थियो । मैले त्यही फिनाले (Finale) र उनका छोरा किके
(Quique) लाई भेटेको थिएँ । मलाई पानीमुनि गएर माछा मार्ने सीप सिकाउने गुरुहरू उनीहरू नै बने । त्यस क्षेत्रका सबै भागहरूमा म गएँ र त्यसको कुना काप्चा सबै मैले राम्ररी थाहा पाएँ ।
आक्रमणकारीहरूले त्यहाँ पाइला टेक्दा सो धापमा तीनवटा सडक र केही संरचना बनिसकेको थियो । पर्यटनका लागि केही पूर्वाधारको विकास भइरहेको थियो र एउटा विमानस्थल पनि सुरु भइसकेको थियो । विमानस्थलको आसपास गिरोन (Giron) तटमा कब्जा जमाएर बसेको शत्रुसेनाको अन्तिम टुकडीलाई हामीले १९ अप्रिल १९६१ मा परास्त ग¥यौँ । यो प्रसङ्ग मैले अघि नै उल्लेख गरिसकेको छु । ३० घण्टाभन्दा कम समयमा सो काम फत्ते भएको थियो । अमेरिकी समुद्री सेना (Marine) ले नअल्मल्याएको भए हाम्रा ट्याङ्कहरूले १८ तारिखको बिहानै काम तमाम गर्ने थियो ।
त्यतिबेला पक्राउ परेका बन्दीहरूको रिहाइको बारे छलफल गर्ने क्रममा मैले डोनोभानलाई भेटेको थिएँ । उनका छोराले उल्लेख गरेजस्तै उनी चरित्रवान् भएको मैले पाएँ । मैले उनीलाई एकपटक माछा मार्ने बेलामा आमन्त्रण गरेको थिएँ र पौडीको लुगा र यन्त्रको बारे पनि मैले कुरा गरेको थिएँ । अरु विस्तृत कुराहरू मलाई राम्ररी सम्झना छैन, यसबारे मैले सोधखोज गर्नुपर्ने हुन्छ । दैनिकी लेख्नेबारे मैले कहिल्यै चाख दिइनँ र अहिले त्यो गल्ती भएको अनुभव गर्दै छु ।


उदाहरणका लागि त्यो बेला घाइते भएकाहरूको ठीक सङ्ख्या मलाई याद छैन । मेरो सम्झनामा रहेको भनेको हाम्रा ती सयौँ घाइते योद्धाहरूको हृदय हो । त्यतिबेला हामीसँग स्वास्थ्य सुविधा ओखती, सामग्री र विशेषज्ञहरूको अभावले तीमध्ये केहीले ज्यान गुमाउनुप¥यो । पहिलो खेपमा मियामी फर्काएका घाइते बन्दीहरूलाई राम्रो सेवा र पुनस्र्थापनाको आवश्यकता थियो, तर त्यो हामीसँग थिएन ।
१९५६ जनवरी १७ मा पहिलो मोर्चामा विजय प्राप्त गरेदेखि नै घाइते शत्रुहरूको हेरविचार गर्ने हाम्रो परम्परा बनेको थियो । यो तथ्य हाम्रो क्रान्तिको इतिहासमा अङ्कित छ ।
मार्क स्लेटरको प्रत्यक्ष सहयोगमा प्राविधिकरूपले राम्ररी लेखिएको म्याक्केनको पुस्तक ‘मेरा पुर्खाको विश्वास’ मा म्याक्केनले उल्लेख गरेका कुराहरू निम्न हुन् ।
“मलाई सधैँ कमजोर विद्यार्थीको आरोप लाग्ने गथ्र्यो । त्यसैले अङ्कहरू पनि मलाई थपेर दिइन्थ्यो । तर, म पूरै पढाइमा कमजोरभन्दा पनि केही विषयहरूमा मात्र पछि थिएँ । मलाई अङ्ग्रेजी र इतिहास मनपथ्र्यो र प्रायः ती विषयमा म राम्रो थिएँ । तर, गणित र विज्ञानमा मलाई चाख पनि कम थियो सफलता पनि कम हात लाग्थ्यो ।”
उनी अझ अगाडि भन्छन् :
“पढाइ सकिनु भन्दा केही महिनाअघि मैले प्रवेश परीक्षा दिएको थिएँ । त्यसमा आश्चर्यजनकरूपमा मैले राम्रो अङ्क ल्याएँ… गणितमा पनि ।”
“मलाई अहिले भन्न लाज लाग्छ तर मेरो “हल्ला गर्ने र बेवास्ता गर्ने” व्यक्तिका रूपमा परिचय पढाइको क्षेत्रमा मात्र सीमित थिएन । आदेश मान्ने, मेरा बानीको आनापोलिस (Annapolis) को काँठ क्षेत्रका बासिन्दा प्रत्यक्षदर्शी हुन् र सैनिक शिक्षालयका कतिपय अधिकारीहरूजस्तै मलाई मन पराउँदैनथे ।”
आफ्नो बाल्यकालको केही घटनाहरू उल्लेख गर्दै, म्याक्केन लेख्छन् :
“सानो तिनो उक्साइमा नै म पागलजस्तै हुन्थँे र पछि बेहोस भइ ढल्थेँ ।”
“त्यतिबेला चिकित्सकले मेरो उपचार गर्न सिफारिस गरेको तरीका अहिलेको बालबालिका हेरचाहको दृष्टिकोणले केही कडा थियो । मैले हल्ला गर्दै झगडा गर्न थाल्ने बित्तिकै नुहाउने टबमा चिसो पानी थाप्न र म बेहोस हुन आँटेपछि कपडासहित त्यसमा डुबाउन मेरा माता–पितालाई उनले भनेका थिए ।
दोस्रो विश्वयुद्धअघिको समयमा प्रयुक्त उपचारका विधिहरू बालबालिकाहरूमाथि प्रयोग गर्न अनुपयुक्त थिए भने अहिले लाग्न सक्छ । म्याक्केनले भनेझैँ परम्परागत उपचार विधिहरू हाम्रो यता पनि प्रयोग गरिन्थे† मेरो अवस्थामा त मेरा मातापितालाई ती तरिका सुझाउनेहरू चिकित्सक नभएर साधारण व्यक्तिहरू नै हुन्थे । ती मध्ये कतिपय त निरक्षर हुन्थे र परम्परागत उपचार विधिहरूमात्रै प्रयोग गर्थे ।
अनुवाद : सुवेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *