भर्खरै :

इच्छामरण

-प्रधान

केही बुद्धिजीवी र सुकिला लुगा लगाएका मानिसहरू चिया र कफि खाने रेष्टुराँको दुई टेबलमा आश्चर्य, खुलदुली र जिज्ञासामिश्रित भावमा कुरा गर्दै थिए –‘७५ वर्षे एक चर्चित राजनीतिक व्यक्तित्वको विषयमा ¤’ राजनीतिशास्त्रका एक सहप्राध्यापकले विषय उठाएका थिए –‘अचेल देश र समाजको निराशाजनक परिस्थितिको कारण कोही बेलायत पस्ने, कोही अमेरिका वा क्यानाडा जाने र अब त चीनमा पनि अनेक चिनियाँ विश्वविद्यालयमा गएर काम गर्ने र अनुसन्धान गर्ने नयाँ लहर सुरु भएको छ ।
‘‘भर्खरै ‘चिनियाँ दैनिक’ ले सन् २००२ मा स्विट्जरल्याण्डका रसायनशास्त्रमा नोवेल पुरस्कार प्राप्त गर्ने कार्ट वेथ्रिक दम्पती र नेदरल्याण्डका बर्डनार्ड एल. फेटिगा दम्पतीलाई पनि साङ्घाइमा स्थायी बसोबासको परिचयपत्र प्रदान गरियो । बर्डनार्डले रसायनशास्त्रमै सन् २०१६ मा नोवेल पुरस्कार प्राप्त गरेका थिए । हालै ७ जना अन्य देशका सम्मानित विशेषज्ञहरूले स्थायी बसोबासको परिचय प्राप्त गरे ।’’ (चाइना डेली, ३ मे, २०१८)
नेपालका एक समाचार विश्लेषकले अनुमान गरे –‘शम्भु श्रेष्ठ निराशाले होइन, कुनै निश्चित प्रयोजनले कतै एकान्तमा काम गर्दै होलान् । ५–६ महिना अघिको एक टीभी अन्तर्वार्तामा व्यवस्थितरुपले कोरिया पुनःएकीकरणको उद्देश्यमा सन् १९५४ मा जेनेभा सम्झौताअनुसार ३८ सौं ‘समानान्तर रेखा वा अक्षांशमा पानमुनजोमको दक्षिणतिर शान्ति गृहमा दुई कोरियाका नेताहरू बडा सौहार्दतापूर्वक हात मिलाई अङ्गालो मारेका थिए र सँगै रात्रीभोजमा सामेल थिए । त्यस घटनाले उत्तर र दक्षिण दुवै कोरियाली जनता सा¥है खुशी देखिन्थे, टीभीमा देखाएअनुसार कति ज्येष्ठ कोरियालीहरूको आँखा रसाएका थिए र कति कोरियाली महिलाहरू आपसमा अ·ालो हाली भकानिरहेका थिए । कोरियाली आफन्तहरू झण्डै ६४ वर्षदेखि छुटिएर बसेका थिए । एक–आपसमा चिन्दैनथे र बरोबर पत्र–व्यवहार र तस्बिरको आदान–प्रदानले मात्रै आपसमा चिनाजानी गर्थे । त्यसबेला शम्भूजीको अन्तर्वार्ता अत्यन्त यथार्थपरक र गम्भीर लागेको थियो ।’
एक हास्य कलाकारले चिया खाँदै अलि हाँसो मिसिएको अन्दाजमा भने – ‘मैले सुनेअनुसार केही लेखक र विद्वानहरू बिनाखवर कतै एकान्तमा गएर पुस्तक लेख्न गुप्तवास बस्थे रे ¤ हो, न हो, शम्भूजी पनि कुनै एक नयाँ विषय लिएर फुत्त आउने हुन् कि ?’
आफ्नो कफीको कपलाई टेबलमा राख्दै एक कथाकारले हास्य कलाकारको अनुमानको समर्थन गर्दै भने – ‘धेरै मात्रामा कुनै रचनाको निर्माण गर्न अलप भएको हुनुपर्छ, शम्भूजी । अस्ति पत्रपत्रिका हेर्दा पो थाहा भयो, साथीहरूको टेलिफोन नउठाउँदा वा घरमा भेटघाटमा जाँदा परिवारका सदस्यहरूको पनि चिन्ता र गम्भीरताबारे छापिँदा पो त थाहा भयो । कत्ति दिन त फोन नउठाउँदा धेरैले फोनमा सम्पर्क नभएकोमा गुनासो गरे, कतिले त टेलिफोन कार्यालयले बरोबर फोन मर्मत नगरेको, तार चुँडिदा पनि वास्ता नगरेको गुनासो गरे ।’
शम्भु अचानक हराउँदाका विषयको चर्चा परिचर्चालाई नजिकैको टेबुलका जिज्ञासुहरू पनि त्यसबारे आ–आफ्नो जानकारी, भेटघाट र अनुमानबारे कुराकानी गर्दैगए ।

दासयुगमा दास मालिकहरूले विभिन्न भाषा–भाषिका दासहरूलाई एकै ठाउँमा राख्दैनथे र कुराकानी तथा हाउभाउमार्फत् समेत चिनापर्ची गराउँदैनथे ।
सम्भवतः दासहरूले एक आपसमा भाषा जानेको भए इतिहासमा उल्लेख भएका अझ ठूल–ठूला दास विद्रोहभन्दा ठूल–ठूला सफल दास विद्रोहहरू हुन्थे । तिनीहरूको माझमा शत्रुताको विजारोपण गर्न दास लडाकुहरूलाई अर्थात ग्लाडिएटरहरूको भिडन्तको खेल खेलाउँथे । खेलकै सिलसिलामा एक बहादुरले अर्को बहादुरलाई मार्न लगाउँथे । हेर्दा मनोरञ्जन तर व्यवहारमा दास विद्रोह दबाउने एउटा मेसो थियो भन्ने भर्खर तीन महिना अगाडि एउटा पत्रिकामा मैले एक लेख पढेको थिएँ ।
त्यसमा लेखिएको थियो – भारतमा वेन राजाको बध तथा भारतमा दास विद्रोहबारे सा¥है कम लेखिएको छ भने स्पार्टाकस दास विद्रोहबारे राम्रै लेखिएको छ ।’
विश्वविद्यालयको एक पार्कमा साँझपख आ–आफ्ना आवासमा जानुभन्दा अगाडि प्राध्यापकहरू कुराकानीमा व्यस्त थिए । लेख हेर्ने प्राध्यापकले आफ्नो भनाइ राखेपछि अन्य प्राध्यापक साथीहरूले त्यस लेखको बारे थप्दै गए –‘शम्भुजीको तर्कले मलाई एकछिन घोत्लिन बाध्य पा¥यो । उनी अगाडि लेख्दै गए – सामन्तवादको उदयपछि पनि राजा–रजौटाहरू एक–आपसमा लड्थे र मर्थे, अनि एक अति बलियो, चलाख वा कुटिल राजाले एक–आपसमा राजा–रजौटाहरूलाई भिडाउँथे, सबैलाई काट–मार गराउँदै पछि आफै महाराज र सम्राट बन्थे । रामायण, महाभारतदेखि पृथ्वीनारायण शाहसम्मको कथा यस्तै देखियो ।
अङ्ग्रेजहरूले भारतका राजा–महाराजाहरूलाई आपसमा भिडाउँदै गए अर्थात् इष्ट इण्डिया कम्पनीले भारतीय राजाहरूलाई बेलायती भूतपूर्व सैनिकहरू दिन्थे, हतियार दिन्थे र भिडाउँथे । अङ्ग्रेजहरूले सबै भारतीय राजाहरूका बलिया पक्ष र कमजोर पक्ष थाहा पाउँदै भिडाउँदै गरेर आखिर भारतमा २०० वर्ष राज्य गरे । यसरी भारतीय जनताको रगत र पसिनाले बेलायती महारानीको मुकुटलाई चम्कायो ।
प्राध्यापकहरू ती तर्क आपसमा मुखामुख गर्दै गम्भीर भएर सुन्दै थिए । शम्भुजीको लेख हेर्ने प्राध्यापकले सुनाउँदै गए –‘पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूबाट ३०० बन्दूक प्राप्त गरेको र उपत्यकाका नेवार राजाहरूलाई कुटिलताकै नीतिले आपसमा भिडाए तथा बेलायती बन्दूकले एक एक गरेर काठमाडौं कब्जा गरेको विषयमा जर्मनी इतिहासकारहरू बताउँछन् ।’
अङ्ग्रेजहरूले आफू सबैसँग लड्न नसक्ने हुँदा पृथ्वीनारायण शाहलाई नै पहिले सबैलाई जित्न दिए र पछि नयाँ नयाँ हतियारसँगै नेपालको थप अध्ययन पछि आक्रमण गरी सुगौली सन्धि गरे । नेपाल बेलायतको अर्धउपनिवेश बन्यो । तर आज पनि साम्राज्यवादीहरूले धर्म, जात, भाषा र क्षेत्रको भेदभाव गरी उत्तर र दक्षिण भियतनाम, उत्तर–दक्षिण कोरिया, हिन्दू र मुसलमान, सुन्नी र सिया भन्दै अफगानिस्तानदेखि इराक, लिविया, सिरियामा आक्रमण गर्दैछन् । इरान र इराक, कुवेत र इराकपछि अब साउदी अरब र कतारलाई भिडाउन हतियार बेच्दैछन्, इजरायल र प्यालिस्टाइन भिडाउँदै छन् – दास मालिकहरूले ग्लाडिएटरहरूलाई भिडाएजस्तै । त्यस्तै ओलम्पिकमा संसारका युवाहरूलाई भिडाउँदै छन् । हिजो ज्यानको बाजी र आज मनोरञ्जनको नाटक हुँदैछ । नयाँ पुस्ताले भिन्न भिन्न देशहरूबीचको शत्रुता कायमै राख्ने सम्भावना बाँकी छ ।
यही विषयमा इतिहासका एक प्राध्यापकले भने –‘हो, इतिहासको कुनै सरल रेखा छैन, तर शम्भुजीका एक–दुईटा रचना मैले पनि केही वर्ष अगाडि पढेको थिएँ । उनका सबै तर्कहरूसँग सहमत हुन गा¥हो भए पनि खण्डन गर्न भने सजिलो छैन । लेख्ने शैली पढुँ पढुँ लाग्ने खालको छ ।’
एक महिला प्राध्यापकले भनिन् –‘शम्भुजी मात्रै होइन राजनैतिक नेता, लेखक, पत्रकार र प्राध्यापकहरूको समेत ज्यानको कुनै ठेगान छैन । भारतको सुभाषचन्द्र बोशको पत्तो आजसम्म लागेको छैन, साथै नेपालकै डोरबहादुर विष्टको पत्ता लागेको छैन, टाढा किन जाऔं, भारतकै कति पत्रकारको दिउँसै ज्यान गएका छन् भने रूस्दी र ब·ाली लेखिका तसलिमा नसरिनको ज्यानको खतरा बाँकी नै छ, नेल्सन मण्डेलापछिका सम्भावित दक्षिण अफ्रिकाका दोस्रो नेता क्रिस हानीको हत्या उनकै घर–आँगनमा भयो । मानिसको ज्यानको न ठेगान हुन्छ, न त मर्ने ठाउँको । ट्रिपर आतड्ढ र गुण्डागर्दीले गर्दा घर नपुगेसम्म कुनै पनि नागरिकको सुरक्षा छैन ।

शम्भुजीको अनेक हल्ला चलिरहेकै थियो । एक थरिले भन्थे – घरमा छोरा–छोरी र परिवारसँग मिल्न नसकी एक रात उनी घरबाटै गायब भए ।
दुई वर्ष अगाडि एक हल्ला चल्यो, उनी एक फकिरको भेषमा भारतको हरिद्वारमा एक मन्दिरमा दर्शनशास्त्रको छलफल गर्दैछन् ।
अर्को हल्ला चल्यो – छोरा–छोरीलाई शम्भुजीका किताबहरू, कागजपत्र र पत्रपत्रिका भरिएका दुईटा कोठा मन परेको थिएन । घर–परिवारका मानिसहरू त्यसबाट वाक्क भइसकेका थिए र एक दिन उनी केही दिन पूर्वमा बसी फर्कदा सबै दुर्लभ र महत्व बोकेका पुस्तक, रेकर्ड राखिएका पुराना पत्रपत्रिका र लेखहरूको फाइलहरू चाना–बुजा पोको पारी घर–घरमा पत्रु भाँडा–कुँडा र कागज तौलेर किन्नेहरूलाई बेचिदिएछन् । घर फर्कंदा कोठाहरू खाली देखेपछि र वास्तविकता थाहा पाउँदा उनी घरबाट निस्केको कसैलाई पत्तो भएन । घरका मानिसहरूले पनि खोजी गरेनन् ।
टोलका चिया पसलमा छिमेकी युवाहरू कुरा गर्दै थिए – शम्भुबाकहाँ लेखक, कवि, कलाकार, नेता र बुद्धिजीवीहरूको भेटघाट र छलफल चलिरहन्थ्यो, अनेक जात र समस्या भएका मानिसहरू पनि आइरहन्थे, तर परिवारका सदस्यहरूलाई झ्याउ लाग्थ्यो र पाहुनाहरूलाई एक कप चिया पनि समयमा दिन सक्दैनथे । आफ्ना पुराना घर–खेतबाट आउने पैसा कमी हुँदै गयो, समयमा पैसा दिन नसक्दा काम गर्ने मानिसहरू पनि आउन छोडे । केही महिना नाम ढाँटेर धर्मशालामा पनि बसे । कान्छा छोरा–बुहारी अष्ट्रेलिया गएर बसे, छोरी र आमा घरमा छन् र जेठो छोरो र बुहारी पश्मिाञ्चलको एक कलेजमा प्राध्यापन गर्छन् ।
अर्कोले थप्यो –शम्भु अड्ढल छोरा–छोरीलाई दुःख दिन चाहनु हुन्नथ्यो ।
राजनैतिक क्षेत्रमा एक वर्ष अगाडि सुस्त सुस्त कुराकानी हुन्थ्यो उनी भियतनाम, लावस र कम्बोडियाको एक–एक महिनाको अध्ययन भ्रमणमा थिए र पछि क्युवाको क्रान्तिको इतिहासमा केही लेख्दै थिए । हाइटीको विषयमा नेपाली शान्ति सेनाका जवानहरूको कुराकानीबारे एक साथीलाई पत्रमा लेखेका थिए – हाइटीको निर्वाचनमा शान्ति सेनाका गोर्खालीहरूले घर–घरमा मत खसाल्न बोलाउन जान्थे, हाइटीबासी मत खसाल्न जान मन पराउन्नथे । कारण बुझ्दा तिनीहरू बताउँथे – हामीले मत दिएका व्यक्तिहरूलाई जित्नै दिंदैनन्, जिते पनि ३ महिनापछि ती नेताहरू मारिन्छन् वा पक्राउ गरी जेल पठाइन्छ । त्यसैले मत दिनुको कुनै अर्थ छैन ।
कुनै कुनै घरमा मतदान गर्न बोलाउन जाँदा घरका मानिसले कटाक्ष गर्दै भन्थे – यहाँ होइन अमेरिकाबाट मानिसहरू ल्याएर मत खसाल्न लगाऊ, तिनीहरूले मत दिन्छन्, आदि । तर त्यहाँ ११ प्रतिशतमात्र मत खस्छ, संरा अमेरिकाले जुन उम्मेदवारलाई जिताउन चाहन्छ, जिताउँछन् ।
विश्वविद्यालयको एउटा विदेशी पत्रिकामा एउटा समाचार ६ महिना अगाडि छापिएको रहेछ, नेपालीहरूको ध्यान गएको रहेनछ –
टोरन्टो । नेपालका प्रधानमन्त्री र सभामुखको निम्ति प्रस्तावित हुने राजनीतिज्ञ शम्भू उपनामका एक नेता क्यानाडामा एक वर्षदेखि आफ्नो आत्मकथा लेख्दै थिए । यहाँ उनी आफ्ना केही नेपाली र क्यानेडेली प्रगतिशील साथीहरूसँग कहिंलेकाहीं चिया पार्टी र रात्रीभोजमा देखिन्थे । तिनले एक स्थानीय पत्रिकालाई उत्तर दिएका थिए – हाइटीका जनता मतदानलाई बहिष्कार गर्छन्, नेपालमा जनता मत दिन जान्छन् तर मतपत्रमा आफ्ना उम्मेदवारको नाम र चुनाव चिह्नसमेत हुँदैन । कर्मचारीहरूले चाहेको व्यक्तिलाई जिताउँछन् । कर्मचारी युनियन एक प्रकारको जातिवादी संस्थाको रुपमा छ । नेपालीहरू हाइटीका जनताभन्दा धेरै आशावादी छन् ।
अर्को प्रश्नको उत्तरमा उनले भने– नेपालमा समाजवादी र कम्युनिष्ट शब्द सा¥है बद्नाम भइसकेको छ । नेपालमा ‘समाजवादी’ को अर्थ भारतीय एकाधिकार पुँजीको एजेन्ट र पश्चिमी साम्राज्यवादीहरूको हिमायती ठानिन्छ । ठूल–ठूला गुण्डा, तस्कर, घर–जग्गाका खुँखार व्यापारी, ठूल–ठूला ठेकेदार, कालाबजारिया, कर चोर वा भ्याटमारा, भ्रष्टाचारी र अपराधीलाई ‘कम्युनिष्ट’ र ‘माओवादी’ को नाम दिइएको छ । सरकार भनेको हत्यारा, ठग र फटाहाहरूको जमातको रूपमा चिनिन्छ ।
संरा अमेरिका सद्भावनाविनाको शक्ति हो, त्यो स्वयं एक आतड्ढ हो । यसकारण संसारमा ऊ बद्नाम र एक्लो हुँदैछ । त्यस्तै नेपालमा हिजो काङ्ग्रेसजस्तै आज एमाले र माओवादी केन्द्र सद्भावनाविनाको एक शक्ति हो, जो स्वयं एक आतड्ढ हो । हत्या र हिंसा, जाल–झेल र विश्वासघातबाट उठेको शक्ति हो र एक आतड्ढ नै हो । एक जात हो र एक भाषाको ठूलो राष्ट्र अहँकारवाद हो ।
दुई महिना अगाडि उनले ‘स्वैच्छिक मृत्युपत्र’ मा हस्ताक्षर गरेका छन् । साथै उनले एउटा पत्र नेपालीहरूको नाममा लेखेका छन् –
प्रिय नेपाली दाजु–भाइहरू,
नेपालमा मैले ज्येष्ठ नागरिकहरूको सेवाको लागि ‘आदर निकेतनहरू’ को पक्षमा वकालत गरें, तर भविष्यमा त्यसको बन्दोबस्त होला, जहाँ पुस्तकालय पनि हुनेछ, जहाँ पुस्तक र पत्र–पत्रिका वाचन गरी सुनाउने सहयोगीहरू पनि हुनेछन्, टीभी, रेडियो त स्वाभाविक नै हुनेछ ।
नेपाल विदेशीहरूको निम्ति एकान्त ठाउँ हो । तर नेपालीहरूकै निम्ति शान्तिपूर्वक पढ्ने–लेख्ने ठाउँ पछि पछि बन्दै जानेछ । अस्तु ¤
– एक जिम्मेवार नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *