भर्खरै :

छोपिएका सिद्धान्तमा हिउँ पग्लेपछि विचारहरू टुसाएर उम्रने छन् 

(विभिन्न प्रसंगमा समय–समयमा बुद्धिजीवी, कार्यकर्ता र समर्थकबीच उठिरहने जिज्ञासा र प्रश्न मजदुर दैनिक र श्रमिक साप्ताहिकले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) समक्ष लिएको प्रश्नको जवाफ प्रस्तुत छ–सं)
तपाईंहरूले जुम्ला, हुम्ला, कालीकोट, मुगु, डोल्पाजस्ता दुर्गम जिल्लाहरूमा समेत पञ्चायती कालरात्रीमा पार्टीको स्थापना गर्नुभयो र कामदार वर्गको शासन समाजवाद तथा एक वर्गविहीन, शोषणविहीन र राज्यविहीन समाजको स्थापनाबारे प्रचार–प्रसार गर्नुभयो, तर आज तपाईंका कति कार्यकर्ताहरू ती क्षेत्रबाट पुँजीवादी सरकारहरूका मन्त्री भए, कतिले तपाईंहरूकै शिक्षा र दीक्षाबाट राजनीतिक कार्यकर्ता बन्ने सुअवसर पाए, आज तिनीहरू तपाईंहरूसँग छैनन् । के यसलाई माक्र्सवादी सिद्धान्त अव्यावहारिक र अवैज्ञानिक भन्न मिल्ला ?
– औद्योगिक समाजको सुरूदेखि नै पश्चिमी देशहरूमा विभिन्न प्रकारका समाजवादी र साम्यवादी विचार एवं चिन्तनहरूबाट विकसित हुँदै एक वैज्ञानिक समाजवादसम्म विकास भएको माक्र्सवाद एक तर्कपूर्ण, वैज्ञानिक र ऐतिहासिक विश्लेषणबाट परिमार्जित दर्शनमा आधारित सिद्धान्त स्थापना भयो । तत्कालीन युरोपको परिवेशमा विकास भएको माक्र्सवाद नेपालको दुर्गम जिल्लाहरूमा बुझ्न र आत्मसात् गर्न निश्चय पनि सजिलो विषय थिएन, कहिलेकाहीं त्यस गम्भीर र उच्च विचारलाई ‘शुभलाभ’को समाजमा बुद्धिविलासको रूपमा पनि लिएको अनुभव हुन्छ । तर समाजवाद र साम्यवादका विचारहरू ती हिमाली भेगमा जाडोमा हिउँले छोपिएका बिउहरूजस्तै छरिए । छोपिएका सिद्धान्तमा हिउँ पग्लेपछि ती विचारहरू टुसाएर उम्रने छन् ।
तर वर्ग सङ्घर्षको आन्तरिक र खुला सङ्घर्षलाई साधारण कामदार जनताले आत्मसात् गर्ने क्षमताको विकास नहोउञ्जेल सामन्ती र पुँजीवादी तत्वहरूले आफ्नो काल आफ्नै दैलोमा देखेर त्यसको विरोधमा लाग्नु अनौठो होइन । केन्द्रदेखि तल्लो तहसम्मका सबै प्रतिक्रियावादीहरू मिलेर त्यो दुर्गम क्षेत्रमा माक्र्सवादी गतिविधिलाई ‘कोपिलामै उखेल्ने’ उद्देश्यले साम, दाम, दण्ड र भेदको प्रयोग गर्नु पुँजीवादी राज्यसत्ताको ‘धर्म’ नै बनाइयो ।
आजका एमाले र माओवादी केन्द्रका अनेक हाँगाबिंगाले माक्र्सवादलाई सैद्धान्तिकरूपले खण्डन गर्न नसकेपछि माक्र्सवादको झण्डा बोक्ने नेमकिपाको विरोध गर्नु र जरैदेखि उखेल्न खोज्नु ‘रातो झण्डाको विरोध गर्न रातो झण्डा उचाल्नेहरू’ ले गरेको षड्यन्त्र हुन् भनेमा फरक पर्ने छैन ।
माक्र्सवादी–लेनिनवादी र माओ त्सेतुङ विचारधारा मान्ने राजनैतिक दलहरूलाई यसरी व्याख्या गर्न मिल्ला ?
– व्याख्या मनगढन्ते होइन बरू तथ्यमा आधारित भएर गर्नु वैज्ञानिक हुन्छ । कार्ल माक्र्स र एंगेल्सले कम्युनिष्ट लिगमा कम्युनिष्ट घोषणापत्र निर्माण गर्ने बेला सैद्धान्तिक बेमेलहरूलाई एउटा एउटा केस्रा छुट्याएर विलिहेम वेत्लिङ (ध्ष्जिभmि ध्भष्तष्लिन) (जर्मनीका दार्शनिक वेत्लिङ समाज परिवर्तनमा सर्वहारा वर्गको भूमिका अस्वीकार गर्थे । उनी क्रान्तिकारी बुद्धिजीवीलाई घेणा गर्थे । समाजका चोर, डाँकालाई पनि क्रान्तिकारी परिवर्तनमा समाहित गर्नुपर्ने विचारका उनी पक्षपाती थिए ।) हरूका खोटा विचारहरूलाई अगाडि राख्नुभयो । तर भएको संगठनलाई ध्वस्त गर्ने र पुँजीपति तथा प्रतिक्रियावादी राज्यसत्ताको हित हुने काम उहाँहरूले गर्नु भएन ।
नेपालमा कर्णाली अञ्चलमा विचारलाई मान्दा संगठन तथा विचार बोक्नेहरूलाई शारीरिक र मानसिकरूपले ‘निर्मूल’ पार्ने दुस्साहस गरे, षड्यन्त्र गरे – प्रतिक्रियावादी शासन सत्तासँग मिलेर । त्यो क्रम आज पनि चालू छ ।
२०४५ सालको भदौको कालरात्रीमा पनि पुँजीवादी राज्यसत्तासँग मिलेर नेमकिपालाई ‘समुल नष्ट’ गर्न खोजेकै थिए ।
क्रान्तिकारी संसदवादको प्रयोगको बेला कम्युनिष्ट भनिने पुँजीवादी दलहरूले नै पुँजीवादी दलहरूले गर्न नसकेका विरोध गरे र क्षति पु¥याए । त्यो क्षति व्यक्ति र संगठनको थिएन बरू झन् माक्र्सवाद र लेनिनवादमाथि व्यावहारिकरूपले प्रहार थियो । तर नेपालमा माक्र्सवादी संगठन फलामबाट इस्पात बन्दै गयो । संशोधनवाद मजदुर आन्दोलन र कम्युनिष्ट आन्दोलनभित्रको पुँजीवादी विचार हो । आज सत्तामा रहेका एमाले र माओवादी केन्द्र तथा त्यसका हाँगाबिङ्गा सारमा पुँजीवादी शासक दलहरू नै हुन् – नेपाली काङ्ग्रेस, राप्रपाहरू र मधेशवादी दलहरूजस्तै ।
यसकारण नेमकिपाले तिनीहरूसँग वैचारिक र सैद्धान्तिक सङ्घर्ष गर्दैछ ।
ती सबै राजनीतिक दलहरूलाई आलोचना गरिरहनु हुँदा पञ्चायती तानाशाहीको विरोधमा प्रजातन्त्रको निम्ति किन नेमकिपा सङ्घर्षमा सँगै होमियो ?
– यसबारे सन् १८४८ मा प्रकाशित माक्र्स र एंगेल्सले तयार गर्नुभएको कम्युनिष्ट घोषणापत्रमा प्रस्टै छ – पुँजीपति वर्गको सामन्तवादसँगको सङ्घर्षमा कम्युनिष्टहरूले पुँजीपति वर्गको साथ दिनेछन् र सामन्तवादको हारसँगै मजदुर वर्गले पुँजीपति वर्गको विरोधमा सामन्त वर्गको विरोधमा सङ्घर्ष गर्दाका हरेक उपायलाई प्रयोग गर्ने छन् । पञ्चायती व्यवस्थाको विरोधमा होस् वा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको नाकाबन्दीको विरोधमा होस् नेमकिपाले सिद्धान्तनिष्ठ र इमानदारीपूर्वक सन्तुलित सङ्घर्षलाई अगाडि बढाउने काम गर्दै आएको छ ।
नेमकिपाले बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरीमा पनि संगठन विस्तार गरेको हो तर स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनमा सा¥है कम मत प्राप्त ग¥यो । नेमकिपाका कार्यकर्ताहरूले गरेको मेहनत र दुःखको फल यही हो भनी जनता प्रश्न गर्छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
नेपालको तराई २००८ सालदेखि २०११–१२ सालसम्म किसान आन्दोलनको आँधीबेहरी ल्याउने सशक्त भूमि हो । नेपालको कम्युनिष्ट आन्दोलनको तत्कालीन नेतृत्वकै कारण अर्थात संशोधनवादी वा पुँजीवादी दृष्टिकोणले नै किसान आन्दोलनलाई स्थगित ग¥यो ।
त्यही विश्वासघातको कारण तराईमा नेपाली काङ्ग्रेसले धेरै लामो समय शासन ग¥यो । साथै भारतीय एकाधिकार पुँजीको हस्तक्षेप र सहयोगमा नै मधेशवादी सामन्ती तथा पुँजीवादी दलहरू सतहमा देखिएका हुन् ।
नेमकिपा तराईका पुरानै किसान आन्दोलनको सकारात्मक र नकारात्मक शिक्षालाई आधार बनाएर अगाडि बढेको हो, अगाडि बढ्दै जाने छ । पुँजीवादी निर्वाचनमा नेपालमा मात्र होइन पश्चिमी देशहरू र भारत एवं अन्य छिमेकी देशहरूमा पनि पैसाको खोलो बगाएर, धार्मिक, जातिय, भाषिक र क्षेत्रीय साम्प्रदायिकता फैलाएर चुनावलाई कामदार जनताको विरोधमा प्रयोग गर्छन् । २०७४ को निर्वाचनमा
२०१५ सालको महानिर्वाचनपछिको सबभन्दा बढी अनियमितता, धाँधली र पुँजीवादी विकृति देखियो । २–४ वटा निर्वाचनले मात्रै देश र संसारको राजनैतिक परिवर्तनको सङ्घर्ष टुंिगन्न । एकपछि अर्को पुस्ताले पनि कामदार वर्गको विजय नभएसम्म
सङ्घर्ष गर्दै जानेछ, जसरी घरमा पुरानो पुस्तापछि नयाँ पुस्ताले घर सम्हाल्ने गर्छ । तर समाजमा आउने ठूल–ठूला परिवर्तनले घर–घरमा पनि परिवर्तन ल्याउँछ ।
नेमकिपाले चितवन, लुम्बिनी, नेपालगञ्जदेखि धनगढीसम्म र पूर्वमा मोरङसम्म पनि काम ग¥यो, तर त्यसको प्रतिफल त खँदिलो देखिएन नि ! यसलाई कसरी लिनुहुन्छ ?
चितवनको किसान आन्दोलनलाई एमाले र माओवादी केन्द्र अर्थात पुँजीवादी दलहरूले नै भाँजो हालेका थिए र आज त्यहाँ पुँजीवादी दलहरूकै बोलवाला छ, तर पुरानो सङ्घर्षका बीउ बाँकी नै छन्, मलजल गर्दै जाँदा चितवनमा जस्तै पश्चिमका अन्य जिल्लामा पनि कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको आँधीबेहरी आउने छ । दैलेख, सुर्खेत र धनगढीसम्मै नयाँ पुस्ता सङ्घर्षको ‘सारेगम’को अभ्यास गर्दैछन् । खेतमा भएका मल खेर जानेछैन, नयाँ बालीलाई त्यसले हराभरा बनाउनेछ र सङ्घर्ष पहिलेभन्दा अझ सशक्त र सचेत हुँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *