आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
-हजातुल्लाह जिया
नाटोले आगामी सन् २०२४ सम्म अफगानिस्तानमा शान्ति र स्थायित्व कायम गर्न अफगानी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ । विश्व आतड्ढवादविरुद्ध चालु लडाईमा नाटोले अफगानी सरकारलाई आड दिइरहने पनि प्रतिबद्धता दोहो¥याएको छ । ब्रसेल्समा गत साता सम्पन्न दुई दिने नाटो सम्मेलनको क्रममा त्यस्तो प्रतिबद्धता दोहो¥याइएको हो ।
संरा अमेरिका नेतृत्वको नाटो मोर्चाले सन् २००१ मा अफगानिस्तानमाथि ‘आतड्ढवादविरोधी युद्ध’ को नाममा हमला गरेको थियो । अफगानिस्तानमा शासन चलाइरहेको तालिवान सरकारलाई सेप्टेम्बर ११ मा संरा अमेरिकामा भएको हमला पछि अपदस्थ गरेको थियो । संरा अमेरिकाका तात्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशले उत्तिबेला आतड्ढवादविरुद्धको लडाई ‘संसारभरबाट हरेक आतड्ढवादी भेटिएसम्म, नरोकिएसम्म र पराजित नगर्दासम्म’ नसकिने घोषणा गरेका थिए ।
तथापि उनी पछि संरा अमेरिकामा राष्ट्रपति बनेका बाराक ओवामाले सन् २०१४ डिसेम्बरमा युद्ध सकिएको र संरा अमेरिकी सेना लडाईमा भाग लिने जिम्मेवारी अन्त्य भएको घोषणा गरेका थिए । अफगानिस्तानमा आतड्ढवादी हमला जारी रहेकै समयमा ओबामा सरकारले त्यस्तो घोषणा गरेको थियो । संरा अमेरिकी सेनालाई आतड्ढवादविरुद्ध अफगानी सैनिक शक्तिलाई तालिम दिने काममा मात्र सीमित बनाइएको थियो । संरा अमेरिका नेतृत्वको नाटो सेनाको ठूलो हिस्सा अफगानिस्तानबाट फिर्ता भएपश्चात त्यहा“को सुरक्षा अवस्था खस्केको थियो । काबुल सरकारविरुद्ध आतड्ढवादी हमला अझ बाक्लो बनेको थियो ।
संरा अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘संसारबाट पूर्ण रुपमा’ अतिवादी आतड्ढवाद निर्मुलन गर्ने दाबी गरेका थिए । उनले विद्रोही समूहविरुद्ध हवाई आक्रमणको लागि आदेश दिएका थिए । त्यस्तो हमलालाई उनले भनेका थिए,‘हामी आतड्ढवादीलाई मारिरहेका छौं ।’ उनी युद्धबाट शान्तिको खोजी गरिरहेको दाबी गरिरहेका थिए ।
आतड्ढवादविरोधी लडाईले तालिवान शासनको अन्त्य ग¥यो । अफगानिस्तानमा एउटा प्रजातान्त्रिक र चुनावबाट जितेको सरकार त स्थापना ग¥यो । तर त्यहा“ विद्रोह भने सकिएन । अफगानी जनता आतड्ढवादी हमलाबाट होइन, संरा अमेरिकी सहयोग प्राप्त नाटोको हवाई हमलाका कारण बढी घाइते भएका छन्, मारिएका छन् । उदाहरणको लागि, गएको वर्षको शुरुका छ महिनामा मारिने सर्वसाधारणको सङ्ख्या सन् २०१६ को सो अवधिमा मारिएका सर्वसाधारणको सङ्ख्या ७० प्रतिशतले बढी भएको तथ्याड्ढ संरा अमेरिका स्वंयले सार्वजनिक गरेको छ ।
त्यसै गरी सन् २०१५ अक्टोबरमा अफगानिस्तानको उत्तरी कानडुज प्रान्तमा डाक्टर्स ह्वीटआउट बोडर्सले चलाएको एउटा अस्पतालमा संरा अमेरिकी नेतृत्वको हवाई हमला हु“दा २४ जना विरामी र १४ जना गैरसरकारी संस्थाका कार्यकर्ता मारिएका थिए ।
लामो समय चलेको लडाईका कारण धेरै सिपाहीं र सर्वसाधारण नागरिकको हत्या भएको तथ्यबीच यो लडाईले कुनै अपेक्षित नतिजा दिन सकेन । यो सत्य नाटोको लागि निकै तित्तो सत्य बनिरहेको छ । त्यो भन्दा खराब कुरा त के हो भने सन् २०१६ मा नाटो सेनाको उपस्थिति भएको समयमै अफगानिस्तानमा आफ्नै शैलीको इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आईएसआईएस) नामको संगठन जन्मियो ।
‘सुरक्षा समुदायको निर्माणःसमानता, समता र न्याय’ शीर्षकमा बेइजिङमा भएको सातौं विश्व शान्ति मञ्चमा गएको शुक्रबार बोल्दै अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कर्जाईले अफगानिस्तानमाा शान्ति र स्थायित्वको लागि संरा अमेरिका नेतृत्वको नाटो रणनीतिको विरोध गरे । उनले आतड्ढवादविरुद्ध लड्ने नाटोको लक्ष्यमाथि समेत शड्ढा गरे । ‘संरा अमेरिकाको उपस्थितिमै अफगानिस्तानमा नया“ आतड्ढवादी समूहको जन्म’ शड्ढा जन्माएको बताए । कर्जाईले बितेका १७ वर्षमा अफगानिस्तानका पश्चिमा सहयोद्धा देशहरूको प्रतिआतड्ढवादी कार्वाहीप्रति नै शड्ढा गर्नुपर्ने बताए ।
नाटो सेनाले आतड्ढवादविरोधी युद्ध सैनिक तरिकाले मात्र जित्न नसकिने निष्कर्ष निकालिसकेको छ । उनीहरूले तालिबान लडाकुहरूलाई वार्ताको टेबुलमा ल्याउनुपर्नेमा जोड दिन थालेका छन् । नाटोका महासचिव जनरल जेन्स स्टोल्टनवर्गले नाटो वार्तामार्फत् शान्ति सनिश्चित गर्ने पक्षमा रहेको र तालिबान पक्षलाई काबुल सरकारस“ग वार्तामा आउन समत आह्वान गरे ।
अफगानिस्तानमा कति पनि कम नभएको विद्रोही गतिविधि र बारम्बारको आतड्ढवादी हमलाले शान्ति वार्ताप्रति उनीहरूको कम चासो देखाएको छ । साथै विगत १७ वर्षदेखि नाटोले चलाउ“दै आएको आतड्ढवादविरोधी लडाई असफल भएको प्रमाणित गरिरहेको छ । सारमा अफगानिस्तानमा आज युद्ध अटुट शिलशिला बनेको र यो लडाईको सुरङ अन्त्य हुने कुनै प्रकाश देखिएको छैन ।
अफगानिस्तानमा आजभोलि अविश्वासको हावा लागेको छ । जनताले नाटो शक्तिप्रति विश्वास गर्न छोडिसके । नाटोको पछिल्लो ब्रसेल्स सम्मेलनबाट पनि हिंसा अन्त्य हुनेमा अफगानी जनताले विश्वास गर्न छोडिसके । संरा अमेरिकामा तीनै जना राष्ट्रपतिका रणनीतिले अफगानिस्तानको सुरक्षा सुनिश्चित गर्न सकेन । ‘संसारबाट आतड्ढवाद परास्त गर्ने’ डोनाल्ड ट्रम्पको कडा र धम्कीपूर्ण अभिव्यक्तिले अफगानिस्तानमा शान्ति स्थापना हुने र संरा अमेरिकाले युद्ध जित्नेमा केही आशाको सञ्चार भएको थियो । तर विद्रोहीहरूको ठूलो मात्राको आक्रमणले यो आशा पनि अन्ततः निराशामा बदलिएको छ । आज ट्रम्प अरु धेरै देशस“ग क्षेत्रीय मामिला र आर्थिक तथा राजनीतिक खेलमा संलग्न भएका छन् । उनको अहिलेको अभियान र उद्घाटन मन्तव्यहरूले विद्रोहीले कुनै पनि खतराको महसुस गरिरहेका छैनन् ।
विशेषतः अफगानिस्तानमा र बृहत् रुपमा क्षेत्रीय शान्ति स्थापनाको लागि सहयोग गर्न नाटो सेनाले नागरिक क्षति न्यूनतममा झार्नुपर्दछ । विद्रोही समूहलाई मानवतावादी कानुनको पालनाको लागि दबाब दिनुपर्दछ । युद्धरत दुवै पक्षलाई कुनै पनि ज·ली हमला रोक्ने प्रयास गर्नुपर्दछ । नाटोले कुनै तेस्रो पक्षमार्फत् शान्ति वार्ताको लागि पहल गर्नुपर्दछ । आतड्ढवादी सञ्जालको प्रतिरोध गर्न सबै देशको सक्रिय भूमिकामा ल्याउनुपर्दछ । आतड्ढवादीहरूले आफ्नो सुरक्षित आधार बनाएको क्षेत्रलाई ध्वस्त बनाउनुपर्दछ ।
लेखक अफगानी स्वतन्त्र पत्रकार हुन् ।
Leave a Reply