भर्खरै :

केही नर्सको दुव्र्यवहारले नर्स पेशालाई नराम्रो भन्न मिल्दैन

साजन पैmजू
हेमाटोलोजीस्ट एवं लेखिका देविका दनेखुका स्वास्थ्यसम्बन्धी लेखहरू यस मजदुर दैनिकमा प्रकाशित हुँदै आएका छन् । ती लेखहरूले स्वस्थ भएमा सबथोक पाइन्छ र स्वास्थ्य नभएमा केही पनि पाइँदैन भन्ने भनाइलाई टेवा पु¥याएका छन् । पाठेघर मुखको क्यान्सरबारे केही कुरा भन्ने उहाँको लेख गत असोजमा ८ गते मजदुर दैनिकमा छापिएको थियो । त्यस लेखले प्राणघातक रोग क्यान्सरबारे जानकारी गराउनुको साथै त्यसबाट बच्ने उपायहरूबारे प्रस्ट पारेको थियो ।
३०–३५ वर्ष पहिलेको कुरा हो । एकजना समाजका लब्ध प्रतिष्ठित व्यक्तिले नर्स नपढ्ने र नपढाउने भनेर चिने जाने जतिका बहिनी, नाताकुटुम्ब र साथीभाइहरूलाई भनेका थिए । उक्त भनाइले आप्mनै खुट्टामा बञ्चरो हानेको थियो । त्यसबेला आपूmलाई त्यो कुरो गलत थियो भन्ने लागेको थियो । तर उसको व्यक्तित्वको अगाडि म निरिह भएँ । केही नर्सहरूले दुव्र्यवहार गरे भन्दैमा नर्स नपढ्ने र नपढाउने भनेर हिंड्नु कतिको जायज हो ? उसले त केही नर्सहरूले बिरामीहरूलाई दुव्र्यवहार गरे पनि आपूmहरूले राम्रो व्यवहार गर्ने र आदर्शको एउटा नमुना बन्ने सिकाउनुपथ्र्यो ।
आज, धेरै बहिनी र भाइहरूले नर्स र स्वास्थ्यसम्बन्धी शिक्षा पढेर ठाउँ–ठाउँमा पुगेको देखेर मलाई धेरै खुसी लागेको छ । देविका देनेखुले जस्तै स्वास्थ्यसम्बन्धी विभिन्न लेखहरू लेखेर जनतालाई सचेत र सजग पार्नु राम्रो हो ।
– 

Leave a Reply

Your email address will not be published. Required fields are marked *