भर्खरै :

समयमा गाडी नआउँदा यात्रुहरू मर्कामा

समयमा गाडी नआउँदा यात्रुहरू मर्कामा

तेलकोटबाट कमलविनायक हुँदै गौशाला चावहिल नयाँ बसपार्क जाने गाडी दिनहुँ समयमा आउँदैन । समयमा नआउँदा तेलकोट, खरीपाटी, भद्रकाली, सुविधानगर, बाँसघारीका सर्वसाधारण जनता मारमा परेका छन् । बिहान कलेज पढ्ने, दिउँसो स्कूल, कलेज, अफिस जाने र आफ्नो दैनिक कामकाज गरेर घर फर्कने मानिसमा निकै समस्या छ । समयमा अफिस पुग्न नसक्नु, स्कूल कलेज समयमा पुग्न नसक्दा त्यहाँका जनताले दुःख पोखिरहेका छन् । आजभोलि त्यस क्षेत्रका जनताले भन्न थालिसके, जुनसुकै पार्टी चुनाव जिते पनि हाम्रो बाटोमा राम्रोसँग गाडी चलाएको छैन । जनताले कहिलेसम्म यो समस्या भोगिरहने ?
अहिलेको सरकारले यो समस्यालाई राम्रोसँग ध्यान दिनसकेको छैन । जनताको समस्यालाई समाधान गर्न नसक्ने सरकार कस्तो सरकार भन्ने प्रश्न जनताले उठाएका छन् । जनताको आँखामा छारो हाल्नेबाहेक यो सरकारले केही गर्नसकेको छैन । त्यसकारण, यसमा शासक दलका नेताहरू नै जिम्मेवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *