भर्खरै :

तःमुँज्याको दबु आकर्षक

नेपालभाषा साहित्य तः मुँज्याको दबुको सजावट प्रत्येक वर्ष आ–आफ्नै ढङ्गले हुँदै आएको छ । फरक–फरकको टोल र बस्तीमा फरक–फरक ढङ्गले बनेको दबुको आ–आफ्नै मौलिक पहिचान भएकोले एकपछि अर्को आकर्षक बनेको हो । यो वर्षको तःमुँज्याको दबु पनि आकर्षक रह्यो । आधुनिक घरको बस्तीबीच बनेको मञ्चमा मौलिक शैलीको पाटी, घर र मन्दिरले थप आकर्षण बनायो । मञ्चको दायाँ बायाँ रहेको दुई कलात्मक प्रदेशद्वार अर्काे आकर्षण बन्यो
मञ्चको अर्को आकर्षण विश्व सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको प्रतिमा पनि हो । दबुको छाना र वरिपरि कार्ल माक्र्सको तस्बिर र उनका उद्धरणले दर्शकहरूको मन छोएको छ । नेपालभाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रममा कार्ल माक्र्सको सिद्धान्त र विचारको वक्ता र साहित्यमार्फत चर्चा परिचर्चा भएबाट माक्र्सको सिद्धान्त र विचार जनतासमक्ष पु¥याउन सहयोग मिलेको छ । मञ्चको सजावट र आकर्षणले उक्त स्थानमा त्यस्तै मौलिक शैलीको एउटा पाटी बनेको भए आधुनिक बस्तीभित्र पनि मौलिकता छिरेको अभ्यास गर्न मिल्ने पो हो कि !
माक्र्सको प्रतिमा बनाउने कलाकार धन्यवादका पात्र हुन् । तर सम्मेलनपछि माक्र्सको प्रतिमालाई कहाँ राख्ने, के गर्ने होला भन्ने उत्सुकता दर्शकदीघामा देखियो । कुनै स्थानमा माक्र्सचोक नामकरण गरेर स्थापना गर्ने कि भन्ने कानेखुसी पनि भयो । तर कसैले चाहंदैमा या इच्छाएको भरमा त्यतिकै माक्र्सचोक नामकरण गर्न पनि मिल्दैन । पुरानो नाउँलाई ढाकेर कहीं नयाँ चोकको नाम थप्दा इतिहास पनि मेट्न सकिन्छ । माक्र्सको प्रतिमा बिगार्न त मिल्दै मिल्दैन । बरु कहीं कतै सुरक्षित साथ राख्न पाए उपयुक्त हुनेछ । माक्र्सको द्विसत्वार्षिकी परेको स्मरणमा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रममा माक्र्सको योगदानको स्मरण गर्नु समय सान्दर्भिक छ । कम्युनिष्ट भनिने कम्युनिष्टको सरकारले पुँजीवादी बाटो लिइरहेको बेला तःमुँज्या, तःमुँज्यामा बोल्ने वक्ता र साहित्यकारहरूले माक्र्सको सिद्धान्त र विचारलाई केन्द्रित गर्ने काम बुद्धिमानी नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *