भर्खरै :

कलेजमै बैङ्कको काउन्टर खोल्ने हो कि !

कलेजमै बैङ्कको काउन्टर खोल्ने हो कि !

भक्तपुर नगरपालिकाले देश र जनताको सेवाभावका साथ ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप पोलिटेक्निक, शारदा क्याम्पस र ख्वप कलेज अफ ल आदि शिक्षण संस्थाहरू खोलेर जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कार्य सराहनीय छ । तर, त्यहाँ अध्ययनरत विद्यार्थीहरूले मासिक शुल्क वा अन्य किसिमको आर्थिक कारोबार नेपाल बैङ्क लि.सँग मात्र गर्नुपर्ने कारण कठिनाइको सामना गर्नु परिरहेको छ । भर्नाको बलामा अन्तिम दिनतिर विद्यार्थीको चाप बढी नै हुने हुँदा यस चापलाई ध्यान दिएर कलेजको लागि छुट्टै काउन्टरको व्यवस्था गरिदिए राम्रो हुनेछ । त्यसो नगरी दिँदा विद्यार्थीहरूले कलेज भर्ना प्रक्रियामा धेरै समस्या भोगिरहेका छन् । नेपाल बैङ्क लि. कलेजभन्दा धेरै टाढा हुनु पनि अर्काे समस्या हो । विद्यार्थीहरूको यो समस्यालाई ध्यानमा राखेर कलेजले अन्य बैङ्कहरूलाई कलेजमै काउन्टर खोलिदिन लगाउन आवश्यक छ । अन्य बैङ्कहरूले नेपाल बैङ्क लि. ले भन्दा राम्रो सेवा दिइरहेका धेरै उदाहरणहरू छन् । अन्य बैङ्कहरूले कलेजको खाता चल्तीमा मात्र नभई बचतमा पनि खाता खोल्न दिएर केही प्रतिशत ब्याज दिइरहेको देखिन्छ । यसले कलेजलाई आर्थिकरूपमा फाइदा नै हुने देखिन्छ ।
तसर्थ, आर्थिक कारोबारमा भइरहेको यो विद्यार्थीको समस्यालाई ध्यानमा राखेर कलेज प्रशासनले कलेजमै काउन्टर तथा एटीएम सेवा दिने बैङ्कको शाखा खोल्न लगाउने विषय सोच्न जरुरी भएको छ । आशा छ, कलेज प्रशासनले यस विषयमा ध्यान दिनेछ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *