भर्खरै :

खानेपानीको हाहाकार

खानेपानीको हाहाकार

तपाईँको पत्रिकामार्फत जनताको समस्या राख्न गइरहेकी छु । गर्मीयामसँगै दिनानुदिन खानेपानीको हाहाकार बढ्दो छ । नगरकोटबाट आउने खानेपानी व्यवस्थित नहुँदा कमलविनायक, नगाँचा, भोलाछेँलगायतका स्थानमा खानेपानीको चरम अभाव भइरहेको छ । यहाँ मेलम्ची र बोडेको पनि पानी आउँदैन ।
ट्याङ्कीमा भएको पानी व्यवस्थित वितरण गरे केही हदसम्म समस्या कम हुन्छ । तर, पानी खोल्ने कर्मचारीको बदमासीको कारण हामी उपभोक्ताले दुःख पाइराखेका छौँ । पानी आउने दिनमा हाम्रो टोलमा पानी नपठाई अन्यत्र पठाइरहेको कुरा अफिसका हाकिमलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएन ।
खानेपानी अफिसका हाकिम आफैँ कसैको लहलहैमा लागेर वा पैसा खाएर हाम्रो टोलमा पानी नपठाएको हो कि ? होइन भने हामीले महिनै पिच्छे पैसा (महशुल) तिरेका छौँ । महिनैपिच्छे महशुल तिरे पनि पानी खान पाइरहेका छैनौँ । हाम्रो यो बाध्यता खानेपानी संस्थानले किन बुझ्दैन ? जनताले पानी पाए नपाएको बरोबर निरीक्षण गर्नुपर्ने हाकिमहरू हाम्रो टोलमा कहिल्यै आएको थाहा छैन । हामीले तिरेको महशुलले तलब भत्ता खाएका हाकिमहरूले जनताको दुःख बुझ्नुपर्छ कि पर्दैन ? जनतालाई पानी नखुवाउने भए खानेपानी कार्यालयको के औचित्य ?
जहाँ समस्या त्यहीँ उपाय भन्ने भनाइ हाम्रो टोलको लागि सत्य नभएको हुँदा तपाईँको पत्रिकामार्फत खानेपानी कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *