भर्खरै :

सामाजिक सञ्जाल र उपभोक्तावादी प्रदर्शन

विज्ञान र प्रविधिको प्रयोग बढेको छ । नेपालीहरु पनि इन्टरनेटको प्रयोगमा अगाडि बढेका छन् । इन्टरनेटको माध्यमले चल्ने सूचना –प्रविधिको प्रयोगमा÷उपभोगमा जनताको पहँुच बढ्नुु विकासकै एक सूचक मान्न सकिन्छ । तर नेपाली जनताले सूचना प्रविधिको प्रयोग सूचनाका लागि भन्दा बढी आत्मसन्तुष्टिको लागि प्रयोग गरिरहेको देखिन्छ । फेसबुक, टिवटर, इन्स्टाग्रामलगायतका प्रविधिको सदुपयोगभन्दा बढी दुरुपयोग गरिरहेका देखिन्छ । सूचना प्रविधिको प्रयोग गरेर व्यवसाय प्रवद्र्धन गर्ने, सम्पर्क बढाउने कार्यलाई त स्वाभाविकै मान्नुपर्ला । तर त्यसलाई ठगी र षड्यन्त्रमा फसाउने माध्यम बनाउने काम अपराध नै हो ।
सामाजिक सञ्जालमा पनि सत्यतथ्य सूचना सम्प्रेषण र साझा बनाउनेभन्दा आफ्ना व्यक्तिगत सफलता, खुसी, ऐश, मोजमस्ती प्रदर्शन गर्ने प्रवृत्ति बढेको छ । यो उपभोक्तावादी मानसिकता भएकाहरुको उपभोक्तावादी प्रदर्शन हो । सामाजिक सञ्जाल निर्माण गर्दाको उद्देश्य त्यो पक्कै थिएन । यस्ता उपभोक्तावादी प्रदर्शनले समाजमा इष्र्या, उदासिनता र अपराध वृद्धि गर्छ । सामाजिक सञ्जालमा देखेर आफूले त्यस्तो गर्न, त्यस्तै वस्तु पाउन नसक्नेहरुमा निराशा र उदासिनता जन्माउँछ । तीमध्ये कतिपय विभिन्नखाले आपराधिक कार्य गरेर ती वस्तु पाउन वा त्यस्तै सक्षमता हासिल गर्न उत्प्रेरित हुन्छन् । सामाजिक सञ्जालमा आफ्ना सबै व्यक्तिगत क्षणहरु र आफूसँग भएका बहुमूल्य वस्तु प्रदर्शन नगर्नु नै ठीक हुन्छ । त्यसबाट आपराधिक मानसिकताका व्यक्तिहरुबाट आफै सुरक्षित रहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *