भर्खरै :

एक पन्थ दो काज संस्कृति संरक्षण गर्दै स्थानीय उत्पादन उपभोगमा वृद्धि

भक्तपुर नगरपालिकाले आफ्ना क्षेत्रको सांस्कृतिक बाजागाँजाको संरक्षणको गर्ने क्रममा गत शनिवार नगरव्यापी धाँ बाजा प्रतियोगिताको कार्यक्रम राम्रो लाग्यो । यस किसिमका प्रतियोगिताले बाजागाजाको मात्र नभई स्थानीय भेषभुषा तथा सांस्कृतिक गतिविधि तथा कार्यक्रम क्षेत्रमा आर्थिक कारोवारसमेत वृद्धि ल्याएको देखियो । सहभागी टोलीहरूको पहिरन र भेषभुषा (दौरा सुरुवालको कपडा तथा भादगाउँले कालो टोपी आदि) र त्यसमा आवश्यक अन्य वस्तुहरूको कारोवारमा वृद्धि भएकोले स्थानीय संस्कृति तथा सम्पदाको संरक्षणको उपयुक्त माध्ययमको रुपमा आयोजक संस्था तथा देशका अन्य स्थानीय सरकारले यो कार्यलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।
– राम छुस्याकी, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *