भर्खरै :

सीआईएका ह्याकिङ उपाय प्रकाशितः विकिलिक्स

विकिलिक्सले, अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सिआइएले अनधिकृत रुपमा सूचनामा पहुँच पुर्‍याउने उपायहरू खुलासा गर्ने भनिएका हजारौं गोप्य कागजातहरू प्रकाशित गरेको छ ।
स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले स्मार्ट फोन र कम्प्युटरहरूबाट व्यक्तिगत विवरणहरूमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने सफ्टवेयरको विवरण दिन्छ ।
सीआइएका प्रवक्ताले उक्त कागजातमा उल्लेखित सामग्री र त्यसको आधिकारिकताबारे प्रतिक्रिया नजनाउने बताएका छन् ।
मालवेर भनिने ती उपायहरूमार्फत विन्डोज, एन्ड्रोयड, आइओएस, ओएसएक्स र लिनक्स कम्प्युटर प्रणाली तथा इन्टरनेट राउटरहरूबाट गोप्य विवरण लिने गरिएको बताइएको छ ।
केही सफ्टवेयरहरू सीआइएले आफैं बनाएको थियो भने श्यामसँग टीभी प्रणालीलाई निशाना पार्ने गरी ब्रिटेनको एमआइफाइभ संस्थाले खुफिया सफ्टवेयर निर्माण गरेको बताइएको छ ।
सीआइले श्यामसँगको स्मार्ट टीभीलाई लक्षित व्यक्तिका कुराकानी सुन्नका निम्ति प्रयोग गर्न मिल्ने बनाउन भनेर ब्रिटेनको गुप्तचर संस्थासँग काम गरेको बताइन्छ ।
ब्रिटेनको गृहमन्त्रालयका अधिकारीले त्यसबारे प्रतिक्रिया जनाउन नसक्ने बताएका छन् ।
सीआइएका प्रवक्ताले पनि त्यसको विवरणबारे पुष्टि गरेका छैनन् । आफूहरूले कुनै कागजातको आधिकारिकता वा विवरणबारे प्रतिक्रिया जनाउने नगरेको बताए ।
विकिलिक्सले भने आफ्नो स्रोतले सीआइएले आफूलाई प्राप्त ह्याकिङ अधिकार नाघेको त होइन भन्नेबारे बहस गर्न विवरणहरू उपलब्ध गराएको बताएको छ ।
बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेराले उच्च संवेदनशील प्राविधिक उपायका विवरणहरू दिने यी पछिल्ला सूचना सीआइएका लागि ठूलो समस्या हुनसक्ने देखिएको बताएका छन् ।
जुन संस्थाको काम अरु मानिसको गोपनियता चोर्ने हो उसैले आप्mनो गोपनीयता जोगाउन सकेन भन्ने पक्ष निकै लाजमर्दो भएको उनले बताए ।
–बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *