भर्खरै :

ब्याडमिन्टन प्रतियोगिताका क्वार्टर फाइनल खेलहरु सम्पन्न

भक्तपुर, ३० फागुन । भक्तपुर नगरपालिका वडा नं. १ वडा खेलकुद समितिको आयोजनामा भइरहेको अन्तरवडा खेलकुद समिति पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता बिहीबार पनि जारी रह्यो । खेलकुदको माध्यमबाट युवाहरुलाई विकृति, विसङ्गति र कूलतबाट टाढा राखी समाजमा सभ्य र अनुशासित नागरिक तयार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिताको क्वार्टर फाइनल खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा २ वडा खेलकुद समितिका रविन लघू र राजु बासुकलाको जोडीले आयोजक समितिका रकि गरु र प्रज्ज्वल खत्रीको जोडीलाई पराजित गर्दै सेमिफाइनमा स्थान सुरक्षित गरेका छन् भने दोस्रो खेलमा वडा नं. ५ खेलकुद समितिका राजेश खाइतू र जीवन कवाको जोडीले ७ वटा खेलकुद समितिका राजेश लाखा र श्यामसुन्दर दुमरुको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए ।
सोही दिन भएको तेस्रो खेलमा वडा नं. ३ खेलकुद समितिका लक्ष्मीनारायण सुवाल र आनन्द हाडाको जोडीले आयोजक समितिका कृष्णप्रसाद शिल्पकार र समीर शिल्पकारको जोडीलाई र वडा नं. ४ खेलकुद समितिका रविन घेमसू र श्यामसुन्दर ख्याजूको जोडीले वडा नं. २ खेलकुद समितिका विष्णुकुमार बासुकला र राजेन्द्र सुवालको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेलहरु चैत १ गते बिहान ६ः३० बजेदेखि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *