भर्खरै :

सिद्धि गणेश कप–२०७५ माउन्ट भ्याली स्कूललाई

भक्तपुर, २४ चैत । सिद्धि गणेश खेलकुद समितिद्वारा आयोजित सिद्धिगणेश कप आइतबार सम्पन्न भयो ।
प्रतियोगितामा माउण्ट भ्याली स्कूलले तथास्तु च्याम्पियन ब्वाइजलाई पराजित गरी रू. एक लाख पाँच हजार नगदसहित सिद्धि गणेश कप हासिल गर्न सफल भएको छ ।
विजेताहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले खेलकुद मित्रता र अनुशासनको साथै देशको सार्वभौमिकतासँग सम्बन्धित हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “खेलकुदले स्वस्थ बनाउने हुँदा सरकारले खेलकुदमैत्री वातावरण बनाई युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने नीति ल्याउनु आवश्यक छ ।” भनपा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले फूटबल खेललाई बढावा दिने सिद्धि गणेशले गरेको कदम सराहनीय भएको चर्चा गर्दै खेलाडीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतियोगितामा विजेता माउण्ट भ्याली स्कूलका आशिष लामाले दुई गोल र रामकुमार कुमालले दुई गोल गरी चार गोल गरेका थिए भने उपविजेता तथास्तु च्याम्पियन ब्वाइजको तर्फबाट अखिलेख कार्की, उमन बुढाथोकी र सुनिल तामाङले एक÷एक गरी तीन गोल गरेका थिए ।
चैत १६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा १६ समूहले भाग लिएका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी माउण्ट भ्यालीका आशिष लामा हुन सफल भए ।
सर्वोत्कृष्ट खेलाडी लामालाई प्रहरी नायव उपरिक्षक शशि शर्माले पुरस्कार प्रदान गर्नुभएको थियो । उपविजेता टीमलाई रू. ५५ हजार नगर पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *