भर्खरै :

प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने

– कुमार चौलागाईं
काठमाडौँ, २५ । प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रदेश नं. ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो ।
कूल ६ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा) का महासचिव शैलेन्द्र राउतले जानकारी दिनुभयो ।
प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्यूरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ । पुरुष खेलाडीतर्फको एक्यूरेसीमा ‘टिम एक्यूरेसी’ र ‘इन्डिभिजुअल एक्यूरेसी’ तथा क्रसकन्ट्रीतर्फ ‘टिम क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल क्रसकन्ट्री’ सञ्चालन हुने महासचिव राउतले जानकारी दिनुभयो । महिलातर्फ भने ‘इन्डिभिजुअल क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल एक्यूरेसी’ मा प्रतिस्पर्धा हुनेछ ।
प्याराग्लाइडिङमा प्रदेश नं १ बाट ९, प्रदेश ३ बाट ११, गण्डकी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट चार खेलाडी सहभागी हुनेछन् भने भने विभागीय टोली नेपाल आर्मीबाट १४ खेलाडी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *