अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
इस्लामाबाद, ८ अप्रिल । पाकिस्तानको परराष्ट्र मन्त्रालयले आइतबार भारतका सहायक उच्च कमिसनरलाई बोलाएर पाकिस्तानविरुद्ध केही सैनिक कारबाहीको योजना रहेको गुप्तचरी सूचना भएकोले त्यसो नगर्न भारतलाई चेतावनी दिएको छ ।
पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता मोहमद पैसलले स्थानीय उर्दू टीभी च्यानल डन न्युजमा इस्लामाबाद सरकारको विरोध र आपत्तिको खबर गर्न सहायक उच्च कमिसनरलाई मन्त्रालयमा बोलाएको पुष्टि गरे ।
“कुनै पनि खाले गलत क्रियाकलापलाई लिएर भारतलाई पाकिस्तानले खबरदारी गरेको छ ।” प्रवक्ताले भने । भारतले पाकिस्तानविरुद्ध कुनै पनि खाले सैनिक कारबाही गरेको अवस्थामा पाकिस्तान चुप लागेर नबस्ने उनको भनाइ थियो ।
पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेशीले एक पत्रकार भेटघाटमा भारतले पाकिस्तानविरुद्ध अप्रिलको तेस्रो साता केही सैनिक कारबाहीको तयारी गरिरहेको खबर रहेको बताएलगत्तै भारतका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर त्यस्तो चेतावनी दिइएको हो ।
“म जिम्मेवार पदमा छु । म जे भनिरहेको छु त्यसको लागि म जिम्मेवार छु र यहाँ मैले बोलेका कुरा अन्तर्राष्ट्रिय मिडियाले सम्पे्रषण गर्छन् भन्नेमा म जानकार छु । हाम्रो गोप्य सूचना स्रोतअनुसार भारत नयाँ योजना बनाइरहेको छ । पाकिस्तानविरुद्ध अर्को हमलाको मौका खोजिरहेका छन् ।” पाकिस्तानी मन्त्रीले भने ।
उनले कदाचित भारतले आफ्नो योजना कार्यान्वयनमा ल्याए यो क्षेत्रकै शान्ति र स्थायित्वमा खलल पुग्ने बताए । पाकिस्तानले त्यस्तो कुनै अप्रिय घटना हुन नदिन अन्तर्राष्ट्रिय समुदायलाई पनि भूमिका खेल्न उनले आग्रह गरे । “गैरजिम्मेवार व्यवहारप्रति ख्याल राख्नुहोला र भारतलाई कुनै अप्रिय कारबाही गर्नबाट रोकौँ ।” उनले भने ।
भारतनियन्त्रित कास्मिरमा गएको फेब्रुअरी १४ मा भएको आत्मघाती हमलामा परी कम्तीमा चालिस जना भारतीय सुरक्षाकर्मी मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ ।
उक्त हमला पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपयुक्त समयमा त्यसको जवाफ फर्काइने बताएका थिए ।
Leave a Reply