भर्खरै :

भैरवनाथको रथ जात्रा बिथोल्ने को ?!

तेज थापामगर
भक्तपुर नगर ऐतिहासिक र सांस्कृतिक नगर हो । यो नगर आठौँ शताब्दीमा स्थापना भएको मानिन्छ । यहाँका मठ मन्दिर पाटी पौवा, चोक, वही, पोखरी, ढुङ्गेधारा, दरबार आदिले भक्तपुर विश्व सम्पदा सूचीमा सूचीकृत नगर हो । त्यसैले भक्तपुर नगर नाचगानको सहर, नेपालको रोम सहर, सांस्कृतिक रत्न आदि नामले पनि चिनिन्छ ।
भक्तपुर नगरपालिकाले यहाँको कला–संस्कृति र मौलिकतालाई जोगाई राख्ने कष्ट साध्य कामलाई बलबुट्टाले भ्याएसम्म बचाउने कार्यमा लागिरहेकै हो । तर, बिहीबार बिस्काः जात्रा सम्पन्नसँगै भक्तपुरको सुकुलढोकामा छिटफुट झगडा र एउटा–दुइटा इँटा हानियो । गःहिटीबाट तानेर रथ तौमढी पुग्दा रथ बिसर्जन गरी देवता निकाल्न खोज्दा जबरजस्ती तानेर सुकुलढोका पु¥याइयो र त्यहाँ घरमा ठोकियो । त्यहाँ पनि जबरजस्ती तानिएपछि रथको छाना त्यहीं खस्यो, मान्छेलाई लाग्यो र झगडा पनि भयो । तर त्यो हुनुमा नगरवासीहरूको मात्र दोष देख्नु दृष्टिदोष हो । किनकि सामान्य हुलहुज्जत गरेको कामलाई भक्तपुर नगरवासीको बद्नाम हुने गरी फेसबुकमा धेरै कमेन्टहरू आएको देखियो ।
तर रथ तान्ने भक्तपुर नगरको रैथानेभन्दा पनि नगर बाहिरका, जिल्ला बाहिर धेरै छन् अझ भन्नु भने नेवारी संस्कृति नबुझेका जो कोही भक्तपुर नगरको बद्नाम गर्न जबरजस्ती रथ तान्ने, जाँड–रक्सी खाएर झगडा गर्ने र ढुङ्गामुद्दा गर्ने अनि बद्नाम नगरवासी हुनुपर्ने ? भक्तपुर नगरपालिकाले जात्रा व्यवस्थित गर्न नगर प्रमुखकै संयोजकत्वमा व्यवस्थापन समिति गठन गरी पटक–पटक बैठक, छलफल र भेलाहरू राखी शान्तिपूर्ण गर्न पहल गरेकोलाई राजनीतिक हिसाबमा भक्तपुरमा जात्रा शान्तिपूर्ण सफल भए नेमकिपाले जस पाउने भयो भनेर कुदृष्टिले हेर्ने मानिसहरूको कार्य हो यो जात्रा बिथोलिनुमा । चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *