भर्खरै :

सुर्खेतमा कोणसभा

सुर्खेत, ९ वैशाख । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कोणसभा सम्पन्न भयो ।
कोणसभामा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका सचिव धनेन्द्र विकले पुँजीवादीहरुले लोकतान्त्रिक गणतन्त्रको कुरा उठाइरहेको बेला नेमकिपाले समाजवादी गणतन्त्रको प्रचार अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
समाजवादी व्यवस्थाको साँचो अर्थ बहुमत मजदुर किसानसमक्ष पु¥याउन समाजवादी प्रचार अभियान चलाइरहेको चर्चा गर्दै उहाँले देशमा कलकारखाना स्थापना गरी रोजगार बढाउनुभन्दा युवाहरु विदेशमा पठाई रेमिट्यान्सले देश चलाउने दलाल मानसिकताबाट सरकार अगाडि बढेको बताउनुभयो ।
नेमकिपा वीरेन्द्रनगर नगर समितिका उपाध्यक्ष गणेश खड्काले भेनेजुयलामा प्रगतिशील सरकार भएको देख्न नसकेर साम्राज्यवादी अमेरिकाले दादागिरी देखाइरहेको उल्लेख गर्दै नेपालमा पुँजीवादी राज्यसत्तालाई प्रतिस्थापन गर्न बहुमत मजदुर किसान सचेत बन्नुपर्ने बताउनुभयो । कोणसभामा नेमकिपा वीरेन्द्रनगर नगर समितिका सचिव निरकबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *