भर्खरै :

बाँकेमा लेनिन र किम जन्म दिवस

बाँके । नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति कोहलपुरको आयोजनामा १४९ औँ लेनिन र १०७ आँै किम इल सुङ जयन्ती एवम् नववर्ष २०७६ को अवसरमा बनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले माक्र्सवाद विज्ञान भएको हुँदा कहिल्यै सुधार्नु वा परिमार्जन गर्नुनपर्ने बताउनुभयो । कामदार वर्गले सत्ता स्थापना गर्न र चलाउन सक्ने कुरा पहिलोपटक तत्कालीन सोभियत सङ्घमा का. भी आइ. लेनिनले प्रमाणित गर्नुभएको विषयमा उहाँले चर्चा गर्नुभयो । नेमकिपा बाँकेका उपाध्यक्ष गौरीकान्त आचार्यले विभिन्न कार्यक्रममार्फत कामदार जनतालाई राजनैतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा बाँकेका सचिव प्रकाश शाहीले प्रजग कोरियाले कोरियाली मजदुर पार्टी र कोरियाली जनताको अद्वितीय सङ्घर्षबाट देशको सार्वभौमिकता जोगाइराख्न सफल भएको र जुछे विचारधाराअनुसार जनता र सेना एक भई साम्राज्यवादसँग निरन्तर पुस्तौँसम्म लडिरहेको बताउनुभयो ।
आयोजक समितिका सदस्य जानकी गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा नेमकिपा नगर समिति कोहलपुरका अध्यक्ष अञ्जिरबहादुर शाही र नेक्रामसङ्घ, बाँकेका अध्यक्ष सीता शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा गौरा शाही र पूर्णलक्ष्मी देवकोटाले प्रगतिशील गीत र देउडा गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम आयोजक समितिका अध्यक्ष दीपालक्ष्मी हमालको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *