भर्खरै :

सडक दुर्घटनाको प्रमुख कारण मादक पदार्थ

–राजकुमार श्रेष्ठ, चित्तवन
शुक्रवार बिहानको समय होे । गैंडाकोटबाट मुग्लिङतर्फ आउँदै गरेको १२ चक्के ना ७ ख ५०७ नम्बरको मालबाहक गाडी रोकी नारायणगढ बजारको मेनरोडमा प्रहरीले ड्रात्रलाई गाडीबाट ओर्लन भन्दै थियो । ड्रात्र गाडीबाट ओर्लन सकिरहेको थिएन । प्रहरीको सहायताले ड्रात्र गाडीबाट ओर्लियो । ड्रात्रको अवस्था देख्दा बुझ्दा शरिर नै धान्न सकिरहेको थिएन । बिहान बिहानै ड्रात्रले मादक पदार्थ सेवन गरी मेन रोडमा गाडी हाँकेर आएको रहेछ । गाडीको अवस्था असन्तुलनमा देखेपछि प्रहरीले पछ्याएको रहेछ । समयमै प्रहरीले चाल पाएर सम्भावित दुर्घटना हुनबाट बचियो ।
मेनरोड लगायत नारायणगढको मध्य सहरमा यसरी मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने यो घट्ना प्रतिनिधिको रुपमा मात्र हो । लामो दूरीमा चल्नेदेखि लिएर नारायणगढमै चल्ने कति लोकल म्याजिक, मिनीबसलगायत सवारी साधनहरू मादक पदार्थ सेवन गरी चलाइरहेका हुन्छन् । जसको कारण थप सवारी दुर्घटना हुन पुगिरहेको छ । ट्राफिक सचेतना कार्यक्रमको खिल्ली यी घटनाहरूले उडाइरहेको देखिन्छ ।
ट्राफिक सचेतना कार्यक्रम प्रभावकारी नभएको हो या समस्याको मूल जरो पत्ता लगाउन नै नसकको हो, चासोको विषय बन्न पुगेको छ । हाम्रो समाजमा ट्राफिक प्रहरी पनि घूस खानेमा मुछिन्छ । ट्राफिक प्रहरी प्रहरीमा भर्ना हुँदादेखि डियुटी हुँदासम्म घूसमा चलेको सुन्न सकिन्छ । घूस दिएर जागिर खाएका प्रहरीले आफ्नो डियुटीमा परिस्थिति मिलेमा घूस नखाला भन्न सकिन्न । मादक पदार्थ सेवन गरेका, अपरिपक्व व्यक्तिहरू ड्रात्र बन्दा सवारी दुर्घटना हुन जान्छ । त्यस्ता ड्रात्रहरूसँग ट्राफिक प्रहरीले केही पैसा लिएर छोडिदिने, सजाय कडा नभैदिनाले घट्ना बढ्न जान्छ । मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउनेलाई आजीवनको लागि लाइसेन्स नदिने, अयोग्य गरिदिने हो भने सवारी दुर्घटना घट्न जाने आम जनमानसको बुझाइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *