भर्खरै :

नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाउँदा देश नै नरहला !

–सुरज सिंह
देशभक्त बुद्धिजीवीहरूले विदेशीलाई नागरिकता कसरी दिलाउन सकिन्छ भनी शासक दलका नेताहरूले गरेका कसरत नै राष्ट्रघाती कसरत भएको बताइरहेका छन् । तिनीहरूले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाएर भविष्यमा देश नै नरहने अवस्थामा बल पु¥याइरहेको पनि बोलिरहेका छन् । तर, शासक दलका नेताहरूले यसमा न आरोपको खण्डन गर्न सकिरहेका छन् न त चित्तबुझ्दो जवाफ नै दिन सकिरहेका छन् । नेपालजस्तो भूराजनीतिकरूपमा संवेदनशील, भौगोलिक र जनसाङ्ख्यीकरूपमा छिमेकी देशहरूभन्दा सानो र सीमित स्रोत–साधनमात्र भएको देशमा विदेशी नागरिकहरूलाई कुनै पनि प्रकारको नागरिकता दिनु देशको सार्वभौमिकताको पक्षमा र मूलवासी जनताको हितमा हुन सक्दैन ।
नागरिकताबारे छलफल हुँदा कतिपयले विश्व नै सानो गाउँजस्तो भइसकेको बेलामा नेपालले नागरिकतामा कडाइ गर्न नहुने तर्क गर्छन् । देशभक्ति त कता हो कता आफ्नो स्वाभिमान, परिचय, भेषभाषाप्रति पनि आस्था नभएका तथा अवसर पाएमा सबैथोक बिर्सेर विदेशमा बस्न जान लालायित अवसरवादी र केही अबुझ मानिसहरू यस्ता तर्क गरिरहेका छन् । यस्तै मानिसलाई ढाल बनाएर विदेशी शक्तिसामु सिधा उभिएर कुरा गर्न नसक्ने हाम्रो देशका शासकहरू कसरी विदेशी शक्तिलाई खुशी पार्न सकिन्छ ? कसरी तिनीहरूको मागलाई पूरा गर्नसकिन्छ ? र कसरी विदेशीलाई हाम्रो देशको स्रोतसाधनमा ढलीमली गराउन सकिन्छ त्यहीमात्र ध्याउन्नामा लागेका छन् । खुकुलो नागरिकता विधेयक त्यसैको सिलसिला हो । जन्मसिद्ध, बसोबासका आधारमा र वैवाहिक आधारमा अङ्गीकृत नागरिकतामा खुकुला प्रावधानहरू प्रस्तावको अर्थ देशलाई विदेशीको हातमा सुम्पने प्रपञ्चबाहेक केही होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *