भर्खरै :

सरकारको आलोचना नगरे सरकार निरंकुश हुने

भक्तपुर, २२ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारको आलोचना नगरे सरकार निरंकुश हुने बताउनु भएको छ । परिवार पत्रिकाका पत्रकार रामकुमार जि.सी.संग कुराकानी गर्नुहुँदै उहाँले सशक्त र बलियो प्रतिपक्ष नभए सरकार निरंकुश हुने बताउनु भएको हो । सामान्य नागरिकको भन्दा राजनीतिक कार्यकर्ताको जीवन फरक हुने हुँदा राजनीतिक कार्यकर्ताहरुले गम्भीर विषयहरुमा राम्रो अध्ययन नगरे देश भोलि दुर्घटनामा पर्ने उहाँले बताउनुभयो ।
आफ्नो पारिवारिक र व्यक्तिगत जीवनशैलीबारे बताउनुहुँदै उहाँले अरुको जस्तो जाँड, रक्सी, चुरोट खाने, होटल र रेष्टुराँहरुमा धाउने बानी नभएको बताउनुभयो । सबैले सामान्य र सादा जीवनयापन गर्नुपर्ने सुझाउँदै त्यसो गरिए परिवारमा अनावश्यक आर्थिक बोझ नपर्ने बताउनुभयो । राजनीति आफ्नो निम्ति नभई देश र जनताको निम्ति गर्नुपर्ने बताउनुहुँदै उहाँले नेमकिपाले कहिले पनि सत्ता र सरकारको निम्ति आफ्नो सिद्धान्त नछोडेको बताउनुभयो ।
पारिवारिक जमघटमा विशेषतः राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक र राजनीतिक विषयहरुमै छलफल हुने गरेको बताउँदै उहाँले राम्रो संस्कृतिलाई जोगाउने र नराम्रो संस्कृतिलाई छोड्दै जानुपर्ने विचार व्यक्त गर्र्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *