विजयको ७३ औँ वार्षिकोत्सव तथा पितृभूमि मुक्ति युद्धमा लडेका सैनिकहरूको सम्मानमा परेड
- श्रावण १३, २०८३
भक्तपुर, २२ बैशाख । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर नपा वडा नं ४ को आयोजनामा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका तर्फबाट भक्तपुर नगरपालिका प्रमुख पदका उम्मेदवार एवम् नेमकिपा केन्द्रीय सचिव सुनिल प्रजापतिले नेमकिपाले निर्वाचन घोषणा पत्रमा उल्लेख भए अनुसार भनपालाई देशकै नमूना नगरको रुपमा विकास गर्दै शिक्षा, स्वास्थ्य, खेलकूद, कला र संस्कृति जस्ता क्षेत्रमा अतुलनीय योगदान पुरयाउँदै आइरहेको हुनाले वास्तविक अर्थमा जनताको प्रजातन्त्र ल्याउन सबै नगरवासीहरुले नेमकिपाका सम्पूर्ण उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन सक्रियरुपमा साथ र सहयोग गर्न आग्रह गर्नु भयो ।साथै आदर्श समाज निर्माणका लागि लाई सही विचार र सन्तुलित ब्यवहारमा जोड दिदै समाजलाई वुद्धिजीविकरण गर्नु पर्ने धारणा सकारात्मक रहेको बताउनु भयो । एनजिओ र आइएनजिओले अपार्दशी र अनियमितता गरी युवा पुस्तालाई भ्रष्ट बनाउन खोजिएकोप्रति सबै जनता सचेत हुन आग्रह गर्नु भयो ।
भक्तपुर नगरपालिका उप–प्रमुख पदका उम्मेदवार एवम् आर्किटेक्ट रजनी जोशीले भक्तपुर नगरमा पुन निर्माणमा परम्परागत र मौलिक शैलीलाई कायम राख्दै नगरका सडक पेटी, फोहरमैला ब्यवस्थापनलाई समयानुकूल ब्यवस्थित गरी पुर्नप्रयोग गर्न सकिने मौलिक प्रविधिलाई जोड दिंदै डकर्मी, सिकर्मी, ल्होकर्मी आदि सबैमा लोपान्मुख सीप र शैलीको विकास योजना सहित अगाडि बढ्न स्थानीय चुनावमा आफ्ना अमूल्य मत दिनु पर्ने विचार ब्यक्त गर्नु भयो ।
भक्तपुर नगरको दुईतिर बग्ने दुई वटा खोलाको प्रदुषण नियन्त्रण गर्न उपचार पोखरीको बन्दोबस्त गर्नेमा ध्यान दिइनेमा चर्चा गर्दै उहाँले नेमकिपाले गरेका सकारात्मक कामप्रति विरोधीहरुले पूर्वाग्रही आँखाबाट आधारहीन खेदो खन्ने काम गरिरहेको बताउनुभयो ।
प्रजापतिले भन्नुभयो,‘हामी अरु पार्टीहरुले जस्तै हावामा पानी जहाज चलाउने कुरा गर्दैनौं । जनताको साथसल्लाहमा जनताको हितमा काम गरेर देखाउने छौं ।’
नेमकिपा ४ नं वडा समन्वय समितिका संयोजक पशुपति प्रजापतिको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा भनपा ४ बाट नेमकिपाका वडाध्यक्ष पदका उम्मेदवार कुमार चवाल, समन्वय समिति सदस्य उपेन्द्र सुवाल, सचिव हरि सुवाललगायतले नेमकिपाले गरेको योगदानबारे बोल्नु भयो । त्यस्तै कार्यक्रममा पार्टीका अग्रजहरुको सल्लाहकार समिति गठन गरिएको थियो ।
शुक्रबार नै नेपाल क्रान्तिकारी शिक्षक सङ्घको आयोजनामा पनि उम्मेदवार परिचयात्मक कार्यक्रम भएको छ । विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरुको सहभागितामा भएको कार्यक्रममा भक्तपुर नपाका लागि नेमकिपाका प्रमुख उम्मेद्वार सुनिल प्रजापतिले व्यवस्थित योजना र जनताको एकता भए कुनै पनि क्षेत्रको विकास गर्न लामो समय नलाग्ने बताउनुभयो ।
भक्तपुर नगरको दुईतिर बग्ने दुई वटा खोलाको प्रदुषण नियन्त्रण गर्न उपचार पोखरीको बन्दोबस्त गर्नेमा ध्यान दिइनेमा चर्चा गर्दै उहाँले नेमकिपाले गरेका सकारात्मक कामप्रति विरोधीहरुले पूर्वाग्रही आँखाबाट आधारहीन खेदो खन्ने काम गरिरहेको बताउनुभयो ।
प्रजापतिले भन्नुभयो,‘हामी अरु पार्टीहरुले जस्तै हावामा पानी जहाज चलाउने कुरा गर्दैनौं । जनताको साथसल्लाहमा जनताको हितमा काम गरेर देखाउने छौं ।’
कार्यक्रममा उपप्रमुखका उम्मेदवार रजनी जोशी, भक्तपुर वडा नं ९ का वडाध्यक्ष उम्मेदवार रवीन्द्र ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply