भर्खरै :

जनताको सेवा गर्ने लक्ष्यमा दृढ मंगललक्ष्मी

-नीरज
झण्डै तीस वर्षअघि १९ वर्षको उमेरमा पनौतीबाट विवाह गरी भक्तपुर आउँदा मंगललक्ष्मी शाहीलाई लागेको थिएन– कुनै दिन चुनाव लड्नेछु र जनताको प्रतिनिधि बन्नेछु । तर हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मंगललक्ष्मी भक्तपुर नगरपालिका वडा नं २ बाट निर्विरोध वडा सदस्य पदमा निर्वाचित हुनुभयो ।
निर्वाचित भएदेखि उहाँको दिनचर्या बद्लिएको छ । गुजाराको लागि चलाइएको सानो मासु पसलको व्यस्ततामै दिन बित्ने गथ्र्यो उहाँको । तर वडा सदस्य हुनुअघि चुनावको बेला वडाका चोक–चोकमा हुने भेला र भेटघाटमा उहाँ सक्रियतापूर्वक लाग्नुभयो । जित्न त उहाँ निर्विरोध जित्नुभयो तर अरु सबै विजयी उम्मेदवारसँगै उहाँ पनि विजयी ¥यालीमा सहभागी बन्नुभयो । हजारौं जनताले निकै उल्लास र विश्वासका साथ जनप्रतिनिधिहरुप्रति सम्मान दर्शाएको देख्दा मंगललक्ष्मीलाई आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार बनाएको छ । ‘नसोचेजस्तै भयो । विजय ¥यालीमा सहभागी बन्दा निकै खुशी महसुस भयो ।’, उहाँले भन्नुभयो ।
मंगललक्ष्मीले जीवनमा सधैं देखिरहने गरेको एउटा पाटो आर्थिक अभाव हो । कक्षा ८ पढ्दा पढ्दै पढाई छोड्नुप¥यो, माइतको आर्थिक समस्याको कारण । पढाई छोडेर आफ्नो वरपर जे काम हात लाग्थ्यो, त्यही गर्नुप¥यो । सानै उमेरमा विवाह भयो । श्रीमानतिर पनि समस्या त्यही आर्थिक अभावको थियो । तर आफूले जस्तै कठिनाई झेले पनि आफ्ना तीन फुलजस्ता छोरीलाई उहाँ धेरै पढाउन चहानुहुन्छ । तीनै छोरीहरु बासु उमाविमा पढ्दैछन् । ‘उनीहरुले राम्रो पढोस् भन्ने लाग्छ’, मंगललक्ष्मीले भन्नुभयो ।
वडा सदस्यमा उम्मेदवार दिने प्रस्ताव शुरुमा आउँदा मंगललक्ष्मीलाई अप्ठ्यारो लागेको थियो । आफूले नजानेको विषयमा एकै पटक हामफाल्दा आउने समस्याबारे उहाँ सजग हुनुहुन्थ्यो । तर टोल–छिमेकमा कुनै पनि सामाजिक गतिविधिमा अग्रसर हुने अग्रजहरुबाटै उहाँलाई जनताको प्रतिनिधि बन्न उम्मेदवारीको प्रस्ताव आउँदा उहाँलाई नकारात्मक जवाफ दिन गाह«ो लाग्यो । त्यसमाथि समाजलाई आफूले सक्दो सेवा गर्नु पर्छ भन्ने भावनाका कारण पनि उहाँ सकारात्मक उत्तर दिन अघि सर्नुभयो ।
उम्मेदवार बने यता वडाबासीबीच मंगललक्ष्मी निकै परिचित हुनुभएको छ । हिजोभन्दा आज हाँसेर आत्मियताका साथ बोल्नेहरु धेरै छन् । प्रतिकूलता नआएको होइन । ‘प्रतिकूलताको के कुरा गर्नु ? धेरै आए ।’ तर समाजका सबैले आफूलाई माया र विश्वासका साथ व्यवहार गरेको देख्दा ठूलो भरोसा भयो ।
राजनीति मंगललक्ष्मीको लागि नयाँ विषय हो । तर उहाँको श्रीमानले हरेक पाइला–पाइलामा दिनुभएको साथका कारण मंगललक्ष्मीलाई पछाडि हेर्नु परेन । परिवार र समाज नै सबै कुराको लागि शक्ति हुने रहेछ । आज मंगललक्ष्मीसँगै ती दुवै आफ्नै साथमा छन् । त्यसकारण हरेक प्रतिकूलता छिचोल्दै अघि बढ्नमा उहाँ दृढ हुनुहुन्छ ।
चुनाव प्रचारको क्रममा उहाँले धेरै नयाँ कुरा सिक्नुभयो । उम्मेदवार भएर ठाउँ–ठाउँमा बोल्नुपर्ने तर उहाँलाई बोल्न भने पछि मुटु नै धक्क भएर आउने । तरै पनि अरु उम्मेदवारसँगै उहाँले धेरै ठाउँमा गएर आफ्नो परिचयसम्म दिन कहीं छुटाउनुभएन ।

मंगललक्ष्मी आज जनताको प्रतिनिधि बन्नुभएको छ । कम्तीमा पाँच वर्ष उहाँ जनताका हरेक दुःख–सुखलाई साथमा लिएर अघि बढ्नु नै धर्म बनेको छ । हिंड्दा अनेकन समस्या आउने कुरामा उहाँ जानकार हुनुहुन्छ । तर यो समाजको लागि केही गर्ने यो यात्रामा अब मंगललक्ष्मी पछाडि हट्न पक्षमा हुनुहुन्न ।

जनप्रतिनिधि भएर मंगललक्ष्मीका धेरै योजना छैनन् । नेमकिपाको उम्मेदवार हुनुको नाताले पार्टीले जारी गरेको घोषणापत्र अनुसार नै काम गर्दै जाने उहाँको पनि सोच हो । पाँच वर्षमा घोषणापत्रका सबै कुरा पूरा गर्न सके जनताको धेरै सेवा हुनेछ । ती सबै योजना कार्यान्वयनका क्रममा उहाँको विशेष ध्यान भने फेरि पनि महिला दिदीबहिनीहरु नै हुनेछन् । ‘पढेलेखेका महिला दिदीबहिनीहरु त केही न केही गरेर जीवन चलाउनुहोला । तर मजस्तै बीचमै पढाई छोड्नु परेका दिदी बहिनीहरुको लागि सीपमुलक तालिमको बन्दोबस्त गर्न सके कम्तीमा जीवन चलाउन सजिलो हुने थियो ।’ आफू सिलाई तालिम जाँदा हिसाब कमजोर हँुदा सिक्न निकै गाह«ो भएको अनुभव सुनाउँदै मंगललक्ष्मीले सजिलो व्यवहारिक तालिमको बन्दोबस्त गर्नुपर्ने धारणा राख्नुभयो ।
झण्डै तीस वर्षअघि भक्तपुरमा पाइला टेक्दा देखेको समाज र आजको समाजमा धेरै अन्तर अनुभव गर्नुभएको छ–उहाँले । पनौतीमा पनि छुवाछुत नभएको होइन । तर त्यहाँ पानी लिन जाँदा तथाकथित पानी नचल्ने समुदायको गाग्रीदेखि आफ्नो गाग्री पर सारिन्थ्यो । तर भक्तपुरमा एउटै ढुङ्गामा समेत गाग्री राख्न नदिएको देख्दा आश्चर्यमा पर्ने गरेको मंगललक्ष्मीको अनुभव छ । आज समाजमा धेरै परिवर्तन आइसकेको छ । हिजोको पुस्तामा केही अवशेष बाँकी रहे पनि नयाँ पुस्ताले त्यो सामन्ती विचार पूर्णतः त्यागिसकेको आजको यर्थाथ हो ।
मंगललक्ष्मी आज जनताको प्रतिनिधि बन्नुभएको छ । कम्तीमा पाँच वर्ष उहाँ जनताका हरेक दुःख–सुखलाई साथमा लिएर अघि बढ्नु नै धर्म बनेको छ । हिंड्दा अनेकन समस्या आउने कुरामा उहाँ जानकार हुनुहुन्छ । तर यो समाजको लागि केही गर्ने यो यात्रामा अब मंगललक्ष्मी पछाडि हट्न पक्षमा हुनुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *