भर्खरै :

अमेरिकी साम्राज्यवाद मुर्दावाद ! यहुदी जातिवाद मुर्दावाद ! प्यालेस्टिनीहरूको जातीय सफाया बन्द गर !!

अपिल
बेलायतलाई एक समय संसारमा सूर्य नअस्ताउने साम्राज्य भनिन्थ्यो । अङ्ग्रेजहरूले संसारभरि उपनिवेश फैलाएका थिए । २० औँ शताब्दीमा बेलायतको दबदबा घट्दै गयो ।
बेलायतले धेरै देशमा ठुलाठुला घाउ छोडेर गयो । हाम्रै छिमेकी देश भारत र चीनबिच सीमा समस्याको बीउ रोपेर झगडा लगायो । भारतलाई तीन टुक्रा बनायो । प्यालेस्टाइनको समस्या पनि बेलायतले नै बनाएको गहिरो घाउ हो ।
आजभन्दा झण्डै १०० वर्षअघि प्यालेस्टाइनमा सबै धर्मका मानिसहरू मिलेर बसेका थिए । युरोपमा त्यसबेला ‘विश्व यहुदी महासङ्घ’ नामको यहुदी जातिवादी ९श्ष्यलष्कत० सङ्गठन बन्यो । त्यस सङ्गठनलाई बेलायतले प्यालेस्टाइनका जनतालाई नसोधी ‘यहुदीहरूको देश’ बनाइदिन्छौँ भनेर वचन दियो । पहिलो विश्वयुद्धपछि ३० वर्षसम्म बेलायतले त्यहाँ यहुदी बस्ती बसाल्दै गयो । १५ हजारभन्दा बढी प्यालेस्टिनी जनता मारेर तथा ५०० भन्दा बढी गाउँ ध्वस्त पारेर सन् १९४८ मा इजरायल स्थापना भयो । ‘संयुक्त राष्ट्रसङ्घ’ ले प्यालेस्टाइनलाई दुई टुक्रा पारेर इजरायल बनाउन मद्दत गरेको थियो । त्यसैले प्यालेस्टाइनको घाउ चर्काउने अर्को पक्ष बेलायती दबाबमा रहेको संयुक्त राष्ट्रसङ्घ हो ।
इजरायलको पहिलो प्रधानमन्त्रीले भन्यो, “प्यालेस्टिनी अरबीहरू, देश छोडेर भाग ¤” इजरायलका शासकहरू जातिवादी ९च्बअष्कत० छन् । उनीहरू अर्को जाति वा धर्मका मानिसलाई घृणा गर्छन् । तिनीहरूले साढे ७ लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई बेघर बनाएर ‘घर फर्किन नपाउने कानुन’ बनाए । अहिले आधाभन्दा बढी प्यालेस्टिनीहरू परदेशमा बाँच्न विवश छन् । आधा प्यालेस्टिनी गाजापट्टी र पश्चिम किनारामा इजरायलको खुला जेलमा कैदीजस्तै बाँच्न विवश छन् । इजरायलले बर्सेनि प्यालेस्टाइनमाथि बमबारी गर्दै आएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले गत असोज ५ गते संयुक्त राष्ट्रसङ्घको महासभामा मध्यपूर्वको नयाँ नक्सा देखाए । त्यसमा प्यालेस्टाइनको नक्सा नै थिएन । प्यालेस्टिनीहरूको राजनीतिक र लडाकु सङ्गठन हमासले असोज २० गते त्यसको जवाफ दियो । यही बहानामा प्यालेस्टिनी जनतालाई नै नामेट पार्न जातीय सफाया (Genocide) गर्ने योजनामा इजरायल छ । इजरायलको कृषिमन्त्रीले केही दिन अगाडि “हामी गाजामा नक्बा गर्दै छौँ” भन्यो । नक्बा (Nakba) भनेको नरसंहार हो ।
नेपाल अङ्ग्रेजहरूसँग लडेको देश हो । आज देशघाती एमसीसी सम्झौतामा फसाएर हाम्रा नदीनालाको बिजुली विदेशमा लग्ने षड्यन्त्र भइरहेको छ । प्यालेस्टिनीहरूसँग घरको चाबी छ, घर यहुदी जातिवादीहरूले खोसेका छन् । नेपालीसँग नदीनाला छन् तर त्यसको बिजुली भारतीय एकाधिकार पुँजी र साम्राज्यवादीहरूले खोस्दै छन् । अर्कोतिर नेपालीलाई विभिन्न जात र धर्ममा बाँड्न जातिवादी सोचले काम गर्दै छ । भारतका फासीवादी तथा विस्तारवादी नेता नरेन्द्र मोदीले ‘अखण्ड भारत’ को नक्सामा नेपाललाई पनि गाभे । हिन्दू फासीवाद पनि यहुदीवादजत्तिकै हानिकारक छ ।
संरा अमेरिकाको आर्थिक र सैनिक सहयोग प्राप्त गरी यहुदी जातिवादीहरूले ६ हप्ताभित्र गाजामा २५,००० टनभन्दा बढी बम खसाले र १४,५०० भन्दा बढीको हत्या गरे । हरेक १० मिनेटमा एक बालबालिका मारे । ५,६०० भन्दा बढी बालबालिका तथा ४,००० भन्दा बढी महिला मारे । अस्पताल र विद्यालयमा बमबारी गरे । करिब ३४–३५ हजार प्यालेस्टिनी घाइते भइसकेका छन् । भग्नावशेषमा पुरिएका हजारौँलाई अझै निकाल्न सकिएको छैन । यस्तो स्थितिमा यहुदी जातिवादीहरूले खाना, पानी, औषधि, इन्टरनेटलगायत सम्पूर्ण अत्यावश्यक वस्तुको आपूर्ति बन्द गरे । ५०,००० गर्भवती महिला आवश्यक स्वास्थ्य सेवाको अभावमा छटपटिँदै छन् । यहुदी जातिवादीहरूले करिब ५० प्रतिशत भौतिक संरचना ध्वस्त पारे । २ सत्न्दा बढी चिकित्सक–नर्स मारे । दर्जनौँ पत्रकारहरू मारे । युद्धकै बीच ‘लर्न एन्ड अर्न’ को नाउँमा पठाइएका १० नेपाली युवाहरूको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । युद्धग्रस्त भूमिमा नेपाली युवा पठाउने नेपालका प्रधानमन्त्री, मन्त्री, उच्च अधिकारी र म्यानपावर कम्पनीहरू यसका दोषी हुन् ।
अरुको पीडामा पशु पनि खुसी हुन्न । हामी सचेत मानव हौँ । तसर्थ, साम्राज्यवाद र जातिवादको विरोध गर्नु हाम्रो दायित्व हो । प्यालेस्टिनी जनताको स्वतन्त्रता तथा स्वाधीनताको लडाइँप्रति हरेक शान्तिप्रेमी नेपालीले ऐक्यबद्धता जनाउँदै छन् । हमास र इजरायल सरकारबिच चार दिनको युद्धविराम भयो । यो युद्धविराम स्थायी शान्तिमा बदल्न जरूरी छ । अमेरिकी सरकारले प्यालेस्टाइनको सार्वभौमिकतालाई स्वीकार गर्न आवश्यक छ । यो न्यायपूर्ण सङ्घर्षमा हातेमालो गर्नुहुन सम्पूर्ण संवेदनशील विद्यार्थी, शिक्षक तथा अभिभावकलाई हार्दिक अनुरोध गर्दछौँ ।
२०८० मङ्सिर ८
विद्यार्थी हित समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *