सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
भक्तपुर, १३ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इजरायल सरकारले प्यालेस्टिनीहरूलाई आम नरसंहार गरिरहेको हुँदा संसारका देशभक्त जनताले प्यालेस्टिनीहरूको समर्थनमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
नगरपालिकाको गतिविधि र समसामयिक विषयमा जानकारी दिने उद्देश्यले भनपा वडा नं. ६ वडा समितिको आयोजनामा भएको सभामा उहाँले इजरायलमा नेपाली विद्यार्थीहरू मारिनु दुःखद भए पनि ती विद्यार्थीहरू पठाउने सरकार र म्यानपावर कम्पनीहरूले मृत्युको जिम्मेवारी लिनुपर्छ भन्नुभयो ।
जातीय हिंसा कस्तो हुन्छ अफ्रिकी देश रूवान्डा हेरे पुग्छ । त्यहाँ सन् १९९० को दशकमा हुनु र तुत्सी जातिबिचको युद्धमा १ वर्षमा १० लाख मान्छे मारिएको थियो । अहिले इजरायलमा त्यही इतिहास दोहोरिँदै छ, उहाँले भन्नुभयो ।
नगर प्रमुख प्रजापतिले भनपाले निर्वाचन घोषणापत्रअनुसार काम गरिरहेको स्पष्ट पार्दै भन्नुभयो, “जनप्रतिनिधिहरू जनताको सेवामा समर्पित भएर काम गर्दै छन् । विभिन्न पक्षले भनपाको काममा बाधा पु¥याइरहेका छन् ।”
उहाँले नगरपालिकाले सञ्चालन गरिरहेको देको मिबा इटापाके आवास योजना छिटो सम्पन्न गर्न आफूहरू लागिरहेको स्पष्ट पार्दै कतिपय मानिसहरू समस्या समाधान तिरभन्दा समस्या देखाएर आयोजना अगाडि बढाउन बाधा पु¥याउने कोशिश गर्दै छन् भन्नुभयो ।
जहाँ समस्या त्यहाँ समाधानको उपाय हुन्छ भन्दै उहाँले गुनासा अध्ययन समितिले समस्या समाधानको लागि निरन्तर प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।
भनपा वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा इटापाके आवास योजना किसानहरूकै हितमा भइरहेको बताउँदै जथाभावी नगरपालिकाविरूद्ध लाञ्छना लगाउनु गलत हो भन्नुभयो ।
उहाँले आवास योजनाबारे विस्तृत जानकारी दिँदै नगरपालिकाले नाफाको निम्ति नभई व्यवस्थित आवास योजना सम्पन्न गर्ने सोचले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
जनतालाई अन्याय पर्ला भन्नेमा हामी अत्यन्त सचेत छौँ, उहाँले भन्नुभयो ।
नगरसभा सदस्य गोविन्द दुवालले भक्तपुरमा अहिलेको विकास र प्रगति विगतमा किसान आन्दोलनको परिणाम हो भन्नुभयो ।
नेमकिपा ६ नं वडा इन्चार्ज गोपीकृष्ण चाँगुभारीले भक्तपुर परिवर्तन हुनुमा यहाँका जनताको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
सभापतिको आसनबाट भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडा बजेटबाट भएका विकास निर्माण र नगरस्तरीय योजनाबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोसनमैयाँ सुवालले भनपाले गर्दै आएको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणबारे जानकारी दिनुभएको थियो ।
Leave a Reply