भर्खरै :

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ३

प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – ३

यहुदीवादले आन्दोलनको घाँटी निमोठ्यो
प्रधानमन्त्री नेतन्याहुले के गरे ? के उनले ‘आफ्ना जनता’ को माग पूरा गरे ? गरेनन् ! उनले आन्दोलनको घाँटी निमोठे । उनले यहुदीवादी विचारधारालाई आफ्नो काम गर्न दिए । आन्दोलनकारीहरूले ‘देशभक्तिपूर्वक’ व्यवहार गर्न आह्वान गरे । यसको अर्थ उनले यहुदीहरूलाई उक्साए । खासमा उनले ‘वास्तविक शत्रु’ विरुद्ध लड्न (अर्बपतिहरूको नियन्त्रण गरेको) इजरायली सरकारको पक्ष लिन भने । वास्तविक शत्रु भनेर उनी प्यालेस्टिनीहरूलाई भन्दै थिए । हमासले इजरायलका निहत्था सर्वसाधारणमाथि रकेट प्रहार ग¥यो कि त्यसले नेतन्याहुजस्ता इजरायली नेताहरूलाई विद्रोही यहुदी कामदारवर्गको लगाम कसिलो बनाउन सघाउ पुग्छ ! नेतन्याहुले श्रमजीवीवर्गको जनआन्दोलनको घाँटी यहुदीवादको सनासोले निमोठे । कसरी ?
‘लाखौँजनको पदयात्रा’ अगस्ट ८ को हमलालगत्तै सुरु भयो । त्यस हमलामा प्यालेस्टिनीहरूले ८ इजरायलीको हत्या गरे । जवाफमा इजरायलले तुरुन्तै हवाई हमला ग¥यो । प्यालेस्टिनी हमलाको प्रतिवादमा आन्दोलनकारीहरूले त्यो शनिबार आन्दोलन हुने तर त्यसमा मौन मैनबत्ती ¥याली गर्ने निधो गरे । सभामा कोही नबोल्ने भयो, कुनै सङ्गीत नबज्ने भयो । यही क्षणबाट आन्दोलनका प्रवक्ताहरूको अभिव्यक्ति धर्मराउन थाल्यो । उनीहरूले देशभक्ति र भावुक कुराहरू गर्न थाले । ‘वास्तविक शत्रु अथवा प्यालेस्टिनीहरूको त्रास’ ले इजरायली कामदार जनताको आन्दोलनलाई तितरबितर पा¥यो ।
‘लाखौँजनको पदयात्रा’ आन्दोलनको उत्कर्ष थियो । त्यसको भोलिपल्ट ‘द गार्जियन’ पत्रिकामा एउटा लेख छापियो । लेखमा प्यालेस्टिनीहरूको ‘हाउगुजी’ देखाएर कसरी प्यालेस्टिनी जनताको द्वेषपूर्ण जातीय विस्थापन अघि बढाइयो भन्ने छर्लङ्ग देखाइएको थियो । इजरायली कामदारवर्गका जनताको विराट आन्दोलनलाई दबाउन इजरायली अर्बपति शासकवर्गले यसरी यहुदीवादको प्रयोग गरे । अखबारले लेख्यो :
इजिप्ट–इजरायल सीमामा केही लडाकुहरूले आक्रमण गर्दा आठ इजरायलीहरूको मृत्यु भयो । यसपछि बिस्तारै फल्दै–फुल्दै गइरहेको साप्ताहिक जनआन्दोलन दुई हप्ताका लागि स्थगित गरियो । केही पर्यवेक्षकहरूले जनआन्दोलनले आफ्नो गति गुमाएको बताए ।
त्यति ठुलो सङ्ख्यामा सहभागी र समर्थक कमाउँदा पनि आन्दोलनले ठोस नतिजा दिन सकेन, आफ्ना माग पूरा गराउन सकेन । इजरायली पत्रिका ‘हारेत्ज’ ले पाँच वर्षपछि सो आन्दोलनबारे एउटा लेख छाप्यो । लेखमा आन्दोलनको ‘सकारात्मक उपलब्धि’ बारे प्रकाश पार्न खोजिएको छ । लेख भन्छ :
“त्यसबेला सरकार चलाएका नेताहरू आज पनि सरकारमा छन् । आन्दोलनले अर्थतन्त्र र समाजसम्बन्धी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आधारभूत सोचमा समेत फेरबदल ल्याउन सकेन । राज्यको कुल गार्हस्थ उत्पादनबाट जति खर्च नागरिकहरूको सार्वजनिक सेवामा छुट्याइन्थ्यो, त्यसमा अलिकति पनि फेर्न सकेन । यी आँकडा जस्ताको तस्तै रहे ।”
इजरायलका कामदार वर्गीय यहुदीजनलाई अर्बपति यहुदी शासकहरूको दमनमा सङ्घर्ष गर्न नदिनु नै यहुदीवादको वास्तविक अभीष्ट हो । प्यालेस्टिनका गैरयहुदी (प्यालेस्टिनीहरू) को क्रूर र हिंस्रक जातीय सफाया गर्नु यसको अर्को अभिष्ट हो । यस्तो जातीय सफायाबाट ‘फर्जी शत्रु’ पैदा हुन्छ । यही शत्रुलाई देखाएर इजरायलका यहुदी कामदारहरूलाई तर्साउन र लगाममा राख्न सकिन्छ । यसप्रकार इजरायली शासकहरूको शोषण र दमनको रथ चलिरहन्छ ।
इजरायलका यहुदी कामदार जनता ‘वास्तविक शत्रु’ प्यालेस्टिनीहरूलाई साङ्घातिक शत्रु ठानेर तर्सेसम्म त्यहाँ अर्बपति शासकहरूको रजाइँ चल्नेछ । उनीहरूले निर्बाध रूपमा यहुदी कामदारहरूलाई चुसिरहनेछन् । इजरायली शासक वर्गलाई मनमनै नरुचाए पनि यहुदी कामदारवर्गले सत्तालाई चुनौती दिन सक्ने छैन । इजरायली कामदारवर्गले शोषक वा शासकहरूलाई आफूलाई ‘वास्तविक शत्रु’ बाट रक्षा गर्ने संरक्षक ठानिरहनेछ ।
प्यालेस्टिनीहरू आफ्ना वास्तविक शत्रु होइनन्, बरु वास्तविक शत्रुविरुद्ध सहयोगी मित्र हुन् भनेर नजानेसम्म इजरायलका साधारण यहुदी जनताले इजरायली शासकवर्गको अत्याचार भोगिरहनुपर्नेछ ।
यहुदीवादको यो कामदार वर्गविरोधी चरित्र वा अभिष्टबारे मूलधारको मिडियामा सितिमिति चर्चा हुन्न । कहिलेकाहीँ परोक्ष कुरा मात्र राखिन्छ । ‘द क्रिश्चियन साइन्स मोनिटर’ मा छापिएको एउटा लेखमा यस्तै परोक्ष सन्दर्भ उप्काइएको छ । खतरनाक फर्जी हाउगुजी समाचारमा नदेखिँदा इजरायलका श्रमजीवी जनता आफ्ना शासकहरूविरुद्ध खुला रूपमा सङ्घर्षको मैदानमा आउने गरेको सो लेखमा बताइएको छ ।
‘द क्रिश्चियन साइन्स मोनिटर’ को उक्त लेख भन्छ :
प्यालेस्टिनी हिंसा शिथिल भयो कि इजरायली जनताको ध्यान दैनिक जीवनका समस्याहरूतिर तानिन्छ ।
नेतन्याहुले आफूलाई जिम्मेवार आर्थिक नेताको रूपमा कठोर पारेका छन् । उनी विश्व अर्थतन्त्रअनुरूप इजरायली अर्थनीतिलाई उदारीकरण गर्नुपर्नेमा दृढ छन् । यसका लागि उनले सामाजिक उपकारको क्षेत्रमा खर्च कटौती गरेको र सरकारी कम्पनीहरूको निजीकरण गरेको पनि जनताले बिर्सेका छैनन् । यस शताब्दीको पहिलो दशकको आधाआधीसम्म तत्कालीन वित्तमन्त्री नेतन्याहुले देशको अर्थतन्त्रमा उदार नीति लागु गरेका थिए ।
“घरघडेरीमा महँगी छाउनु एउटा लक्षण मात्र हो । आर्थिक वृद्धि र बेरोजगारीमा ठूलो साइनो छ । वास्तविक समस्या के भने हामीकहाँ जनताको आयआर्जनमा विकराल असमानता छ ।” मोमी दाहानले भने । उनी हिब्रु विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर हुन् ।
उनले पनि प्यालेस्टिनी हिंसा तुलनात्मक कम हुँदा इजरायलमा यस्ता मुद्दा उठ्ने गरेको स्वीकार गरे । उनले भने, “सुरक्षा स्थिति सामान्य हुँदा इजरायली समाजका सबै समस्याहरू सतहमा आउँछन् । यहाँ कोही मानिसहरू ६ अङ्कको तलब थाप्छन् । अर्कोतिर सरसफाइ महिला वा खजान्चीहरूलाई आफ्ना लालाबालाको पेट भर्न पनि धौधौ हुन्छ । यो थिति देख्दा–देख्दा मानिसहरू वाक्क भइसकेका छन् ।”
सन् २०११ को जुलाइमा ‘द क्रिश्चियन साइन्स मोनिटर’ पत्रिकामा एउटा समाचार छापियो । इजरायली जनताले के कति कारणले गर्दा आफ्ना शासकहरूको शोषणमा ध्यान दिन पाए भन्ने विषयमा थियो त्यो समाचार । त्यसबेला इजरायल–प्यालेस्टिन हिंसाको डर कम थियो ।
पत्रिका लेख्छ :
“दिक्कलाग्दो शान्ति प्रक्रियाका झन्झटिला वार्ताहरू र इजरायल–प्यालेस्टिनी हिंसामा कमीका कारण इजरायलमा पुनः जनताका आजीविकाका विषयहरू सतहमा आएका छन् ।”
“यहाँ जतिबेला पनि कब्जाकै कुरा चल्छ । तर, वास्तविक कब्जा गाजा वा पश्चिम किनारमा भएको छैन । आर्थिक कब्जा सबभन्दा चर्को छ ।” अमित एदलरले भने । उनी फेसबुकमार्फत जनसङ्गठन गर्ने लेखक र वक्ता हुन् । उनले भने, “यो सब हाम्रो ध्यान मोड्नलाई गरिन्छ । हामी वास्तविक मुद्दामा केन्द्रित हुन चाहन्छौँ । वास्तविक मुद्दा आर्थिक हो ।”
सिक्काको अर्को पाटो पनि छ । त्यो के भने ‘इजरायल–प्यालेस्टिन हिंसा’ चर्किँदा त्यसले जनजीविकाका मुद्दाहरू ओझेल पार्छ ।
चेमी शालेभले हारेत्ज पत्रिकामा इजरायली सरकारले बिडिएस आन्दोलनका समर्थकहरूलाई जेलमा कोचेर राखेको विषयमा एउटा लेख लेखे । (प्यालेस्टिनी जनताले चलाएको बिडिएस आन्दोलन भन्नाले बहिष्कार, लगानी फिर्ता र आर्थिक प्रतिबन्ध भन्ने बुझिन्छ ।) सो आन्दोलनका समर्थकहरूलाई जेलमा कोचेर इजरायल सरकार जनताबिच डरको माहोल पैदा गर्न चाहन्छ । बिडिएस आन्दोलनकारीहरूले इजरायली सरकारविरुद्ध ‘वास्तविक खतरा’ तेस्र्याएको देखाउन भारी मात्रामा आन्दोलनकारीहरूलाई थुनिएको स्पष्ट छ । जति धेरै प्यालेस्टिनीहरूलाई थुन्न सक्यो, इजरायली जनतालाई उति बढी तर्साउन सकिने इजरायलका शासकहरूले बुझेका छन् ।
चेमी शालेभ लेख्छन्, “नेतन्याहु र उनका सहयोगीहरू इजरायली जनताले सुरक्षित महसुस गर्दा मलिन हुन्छन् । जनता तर्सिँदा र एक्लिँदा, अन्जानमा जथाभावी अरूको बद्ख्वाइँ गर्दा उनीहरू रमाउँछन् ।”
२००१ सेप्टेम्बर ११ मा अमेरिकाको विश्व व्यापार केन्द्र र पेन्टागन रहेको न्युयोर्कका दुई भवन विस्फोट भए । मुसलमान आतङ्ककारीहरूले गरेको भनेको उक्त विस्फोटमा परेर झण्डै ३ हजार सर्वसाधारणले ज्यान गुमाए । त्यो घटनालाई राम्ररी सम्झिने उमेरका अमेरिकीहरूलाई थाहा छ, त्यसबेला अमेरिकी जनतालाई देशभक्तिको भावना उर्लिएको थियो । सरकारको विरोध गर्नु पाप बनेको थियो र सरकार ‘हाम्रो सरकार’ बनेको थियो किनभने त्यसले ‘आतङ्ककारीहरू’ बाट आफ्नो रक्षा गरिरहेको जनतामा भान परेको थियो । सेप्टेम्बर ११ को त्यो घटनाले साधारण जनतालाई ‘अमेरिकी झन्डा वरपर’ ल्याएको थियो । सेप्टेम्बर ११ अगाडि विश्वभरि नै आन्दोलन चरमचुलीमा थियो । केही मिडियाले त्यो विश्वव्यापी लहरलाई ‘पुँजीवादविरोधी आन्दोलन’ भनेका थिए । तर, सेप्टेम्बर ११ पछि त्यो आन्दोलन छुमन्तर भयो, हरायो ।
इजरायल सरकारले पनि ‘प्यालेस्टिनी द्वन्द्व’ लाई सेप्टेम्बर ११ को हमलाजस्तै देखाइरहेको हुन्छ । आफूविरुद्ध श्रमजीवीवर्गको सङ्घर्ष चर्कियो कि ऊ ‘प्यालेस्टिनी द्वन्द्व’ बढाइहाल्छ । यसकारण, ‘प्यालेस्टिनी द्वन्द्व’ नसल्टिएको हो । मूलतः यो द्वन्द्वको सहाराले इजरायली शासक वर्गले आफ्नै जनताउपर नियन्त्रण, दमन र शोषण जारी राख्छ ।
‘द नेसन’ पत्रिकामा सन् २०१४ मा एउटा लेख छापियो । शीर्षक थियो – इजरायलले हावा दिने युद्ध मेसिन । लेखिएको थियो – प्रधानमन्त्री नेतन्याहुले राष्ट्रिय सुरक्षा सङ्कटलाई बढावा दिन्छन् र कहिलेकाहीँ आफैँ अन्तहीन सङ्कट पैदा गर्छन् । यसले गर्दा सेना र नयाँ बस्तीवासीले त जित्छन्, तर अरू सबै हार्छन् ।

–बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *