भर्खरै :

अस्पतालहरूको क्यान्टिन अनुगमन

अस्पतालहरूको क्यान्टिन अनुगमन

भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा शुक्रबार भक्तपुर नगरका अस्पतालहरूमा रहेको क्यान्टिनहरूको अनुगमन भयो ।
अनुगमनमा पहिलाभन्दा तुलनात्मक रूपमा सरसफाइमा प्रगति भए पनि सन्तोषजनक नरहेको र क्यान्टिनका ठाउँहरू साँघुरो रहेको संयोजक गोराले बताउनुभयो ।
टोलीले भक्तपुर अस्पताल, सहिद धर्म भक्त मानव अङ्ग प्रत्यारोपण अस्पताल र क्यान्सर अस्पतालमा रहेको क्यान्टिनहरूको अनुगमन गरेको थियो । टोलीले क्यान्टिनको गुणस्तर कायम गर्न सुझावहरू दिएको छ । अनुगमनमा भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, घरेलु तथा साना उद्योग सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *