भर्खरै :

सन्दर्भ : माओ त्सेतुङ जन्म दिवस – चिनियाँ सांस्कृतिक क्रान्ति र शिक्षा

सन्दर्भ : माओ त्सेतुङ जन्म दिवस – चिनियाँ सांस्कृतिक क्रान्ति र शिक्षा

चीनमा सांस्कृतिक क्रान्तिको बेला थियो । चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले सहरमा पढ्ने विद्यार्थीलाई गाउँ जाऊ, देश चिन, किसानबाट सिक भन्ने आह्वान गरे । विद्यार्थी दिनभर किसानको खेतीपातीको काममा सघाउँथे, कामको सिलसिलामा किसानबाट व्यावहारिक कृषि ज्ञान सिक्थे । साँझ किसानहरू एक ठाउँमा भेला हुन्थे, विद्यार्थी किसानलाई लेखपढ गर्न सिकाउँथे । सिक्ने र सिकाउने राम्रो जोडा मिल्थ्यो । किसान पनि गुरूको गौरव पाउँथे ।
एकदिन माओले गाउँ पुगेका विद्यार्थीबिच एउटा प्रयोग गरे । खेतीको काम गरी दिउँसोको खाजा खान आएका विद्यार्थी असिनपसिन थिए । ती विद्यार्थीको निम्ति टोकरीभरि स्याउ राखिएको थियो । विद्यार्थीबिच स्याउ खाने होडबाजी चल्यो, राम्रो र ठुलो स्याउ पाउन । तर, एउटा खाइलाग्दो विद्यार्थी अलग बसेको थियो । विद्यार्थीका यी सबै गतिविधि हेरिरहेका माओले कुनामा अलग्ग बसेका ती विद्यार्थीसँग सोधे, “तिमी किन स्याउ नलिई उभिइरहेको ? तिमीलाई भोक लागेको छैन ?” विद्यार्थीले जवाफ दियो, “म बलियो, मोटोघाटो छु । पहिले अरूले खाऊन्, म पछिमात्र खान्छु भनी उभिएको ।” माओका आँखा चम्किला भए, ओठ लाम्चा भए । माओले यस घटनाबाट एउटा सार निकाले, यस्तै एकजनामात्र युवा बाँकी रहँदासम्म चीनमा समाजवादको झन्डा फहरिरहनेछ ।
सांस्कृतिक क्रान्तिबारे भ्रम
माओ त्सेतुङको नेतृत्वमा भएको सांस्कृतिक क्रान्तिको विरोध र समर्थनका आवाज आज पनि उत्तिकै छ । प्रतिक्रियावादीहरूको विरोधको कारण न्यायप्रेमी जनतामा समेत सो क्रान्तिबारे भ्रम हुनु आश्चर्य होइन ।
सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिको निर्माणको १७ वर्षको बिचमा माओ त्सेतुङले अर्को एक क्रान्तिको आवश्यकता महसुस गरे । सर्प मरे पनि पुच्छर हल्लिरहन्छ भनेझैँ ‘प्रतिक्रियावादीहरूले टाउको उठाउने सम्भावना बाँकी नै थियो । सोभियत सङ्घमा संशोधनवादले जरा फैलाउन थालेको अवस्था हुन्छ । रुसी क्रान्तिका नेता लेनिनले भनेझैँ ‘सर्वहारावर्गको राज्यसत्ता कब्जा गरी समाजवादी व्यवस्था कायम गर्नु जति गा¥हो हुन्छ, त्यस समाजवादी व्यवस्थालाई टिकाइराख्न चलाउने सङ्घर्ष हजार गुना गा¥हो’ भइरहेको थियो चीनमा । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू शासक बन्नेबित्तिकै तानाशाह हुने खतरा बढ्दै थियो । नेताहरू समेत जनताबाट अलग्गिने सम्भावना जिउँदै थियो । भर्खर स्थापित नौलो जनवादी व्यवस्थाविरुद्ध साम्राज्यवादीहरूको देखिने र नदेखिने आक्रमण जारी थियो ।
प्राध्यापक माणिकलाल श्रेष्ठको शब्दमा ‘नयाँ कम्युनिस्ट समाजको लागि मानिसलाई योग्य पार्ने, आम श्रमिक जनतामा पुराना थोत्रा प्रतिक्रियावादी संस्कारलाई हटाएर क्रान्तिकारी भावना भर्ने र उनीहरूलाई पुँजीवादी कार्यदिशाको विरोधमा सर्वहारा क्रान्तिको कार्यदिशाको निम्ति लड्ने क्रान्तिकारीको रूपमा हुर्काउने क्रान्ति नै चिनियाँ सांस्कृतिक क्रान्ति’ थियो ।
सन् १९६६ देखि दस वर्षसम्म चीनमा सञ्चालित सांस्कृतिक क्रान्तिबारे लेखिएको ‘अपरिचित सांस्कृतिक क्रान्ति’ शीर्षकको शोधग्रन्थमा डोङपिङ हाङ लेख्छन्, “सांस्कृतिक क्रान्तिभन्दा अगाडि स्रोतहरूमाथि नियन्त्रण बढ्दै जाँदा विशेषगरी ग्रामीण इलाकामा कम्युनिस्ट अधिकारीहरू दिनप्रतिदिन भ्रष्ट, स्वेच्छाचारी र असहनशील बन्दै गएका थिए । अधिकारी र साधारण जनताबिचको तनाव बढ्दै थियो । जबकि कम्युनिस्टहरूको जनताको हितभन्दा अन्य छुट्टै राजनीतिक उद्देश्य हुँदैन र कोही पनि पार्टी सदस्यले आफूलाई जनताभन्दा माथि राख्नु हुँदैन भन्ने पार्टीको नीति थियो ।” सांस्कृतिक क्रान्तिको बेला प्रचार गरिएको विषयमा ‘जनताको सेवा गर’ भन्ने माओको लेख थियो । सांस्कृतिक क्रान्तिमा पार्टीभित्र आलोचना र आत्मालोचनालाई कडाइपूर्वक लागू गर्न खोजिएको थियो । साथै, क्रान्तिकारीहरू सबै समान हुन्छन्, तह र पदले तात्विक फरक पर्दैन, सहर र गाउँका नेता भनी भेद गर्नु उपयुक्त होइन भन्ने मान्यता स्थापित गर्न खोजिएको थियो ।
जन शिक्षाले उत्पादनको वृद्धि
सांस्कृतिक क्रान्तिको सर्वाधिक बहसमा आएको विषय थियो, शिक्षा । त्यसबेला माओको निर्देशनमा उल्लेख थियो, “सांस्कृतिक क्रान्तिको कार्यभार भनेको पुरानो शैक्षिक प्रणाली, शैक्षिक दर्शन र विधिमा सुधार गर्नु हो ।” चीनका करिब ८० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बस्थे । क्रान्तिमा माध्यमिक वा प्राथमिक तह उत्तीर्णलाई पनि शिक्षकमा नियुक्ति गरी शिक्षा प्रचारको अभियान अगाडि बढाइएको थियो । राम्रा शिक्षकको पर्खाइमा अरू थप पुस्ताले पढ्न नपाउने स्थिति नबनोस् भन्नेमा स्थानीय पार्टी समितिहरू सचेत थिए ।
ग्रामीण क्षेत्रमा विद्यालय खोल्ने लहर सृजना भयो । शिक्षा निःशुल्करूपमा उपलब्ध त थियो नै । शिक्षालाई उत्पादनसँग जोड्ने अभ्यास थालिएको थियो । किसानको कामको बेला ग्रामीण विद्यालयका विद्यार्थीलाई खेत लगिन्थ्यो । किसानको काममा सक्नेले सकेजति सहयोग गर्थे । कहिले नजिकैका उद्योगमा कामको निम्ति लगिन्थ्यो । श्रमप्रतिको आदरभाव जगाउनु, श्रमिकलाई माया गर्न सिकाउनु र उत्पादन बढाउनु नै यस्ता गतिविधिको उद्देश्य हुन्थ्यो ।
सांस्कृतिक क्रान्तिको सुरुमा मजदुर, सिपाहीँ र किसानलाई विद्यालय व्यवस्थापन समितिमा राख्ने अभ्यास गरियो । औपचारिक शिक्षा नपाएका वा विद्यालय शिक्षाको सामान्य अनुभव पाएका मानिसले कसरी विद्यालय सञ्चालन गर्ने होलान् भन्ने प्रश्न नउठेको होइन । किसान र मजदुरको अनुभव र सीप कुनै पनि विद्यालय वा विश्वविद्यालयको ज्ञानभन्दा कम थिएन । यसले गर्दा किसान र मजदुरप्रति विद्यार्थीको सम्मान बढ्यो । यसबाट कृषि तथा औद्योगिक उत्पादन त बढ्ने नै भयो ।
विद्यार्थीमा आलोचनात्मक दृष्टिकोण
सांस्कृतिक क्रान्तिले विद्यार्थीलाई आलोचनात्मक दृष्टिकोण राख्न उत्साहित ग¥यो । गलत कामको खण्डन गर्ने र सत्यको पक्ष लिने विद्यार्थी तयार पार्नु क्रान्तिको एक मुख्य अभिभारा थियो । शिक्षककै पनि गलत व्यवहार तथा गतिविधिलाई अस्वीकार गर्ने विद्यार्थी तयार गरिँदै थियो । शिक्षकले भनेकै भरमा ठीक मान्ने वा पुस्तकमा लेखिएकै भरमा सही मान्ने नभई हरेक विचारमाथि प्रश्न उठाउने विद्यार्थी तयार हुँदै थिए । विद्यालयको शैक्षिक वातावरण सुधारको निम्ति विद्यार्थी लाग्थे । कक्षा कोठामा प्रश्न सोध्ने र छलफल गर्ने वातावरण बनाइएको हुन्थ्यो । विद्यार्थीलाई पढाउन शिक्षकले अरू बढी पढ्नु पथ्र्यो । विद्यार्थीकै कक्षा प्रतिनिधि हुन्थे, कक्षामा गर्नुपर्ने सुधारका काममा प्रतिनिधिको सहयोग हुन्थ्यो । कक्षा प्रतिनिधिको काम आफ्ना साथीहरूको सुझाव सङ्कलन गर्नु पनि हुन्थ्यो । विद्यार्थीका छलफल तथा बहस कहिलेकाहीँ शिक्षकको निम्ति चुनौती बन्थ्यो । कमजोर शिक्षक त लज्जित हुनुपर्ने वातावरण पनि बन्थ्यो । कक्षा जीवन्त बनाउन विद्यार्थी र शिक्षकबिचको अन्तरक्रियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्थ्यो ।
विद्यार्थीलाई गाउँको माया
सांस्कृतिक क्रान्ति अगाडिको शैक्षिक प्रणालीले ग्रामीण इलाका दक्ष जनशक्तिशून्य बनाएको थियो । क्रान्तिमा शिक्षित युवा गाउँ नफर्किने वातावरण थियो । गाउँ र सहरबिचको भेद कम भइरहेको थिएन । सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य ज्ञान र सीप ग्रामीण इलाकामा पु¥याउनु थियो । गाउँको आवश्यकताअनुसारको शिक्षा दिनु क्रान्तिको एक महत्वपूर्ण लक्ष्य थियो । क्रान्तिका शिक्षित युवालाई गाउँ फर्काउने वातावरण मिलाइएको थियो । यसरी सहरी उच्च माध्यमिक विद्यालय उत्तीर्ण दसौँ लाख विद्यार्थी ग्रामीण इलाका छिरे । कलेज भर्ना हुनुभन्दा पहिले प्रत्येक विद्यार्थीले ग्रामीण इलाका अथवा कारखानामा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्ने बन्दोबस्त गरियो । गाउँबाट सहरमा पढ्न आएका विद्यार्थी अध्ययन सकाएर आफ्नै गाउँ जानुपर्ने व्यवस्था लागू गरिएको थियो । सहरबाट गाउँ आएका विद्यार्थीलाई गाउँका जनताले धेरै माया गर्थे । विद्यार्थीलाई कम्युनिस्ट पार्टी प्रवेश गर्नसमेत उत्साहित गर्थे । सेनामा भर्ती हुन चाहने विद्यार्थीलाई गाउँका जनता सिफारिससमेत गरिदिन्थे । यसरी गाउँ र सहरबिच राम्रो अन्तरक्रिया एवम् अन्तरसम्बन्धको विकास भएको थियो ।
सांस्कृतिक क्रान्तिको बेला द्रुतगतिमा विद्यालयको विस्तार भयो । इतिहासमा पहिलो पटक ग्रामीण क्षेत्रका केटाकेटीले राम्रो अध्ययन गर्ने अवसर पाएका थिए । सांस्कृतिक क्रान्ति चिनियाँ शिक्षामा अपूर्व विकासको अवधि थियो । निःशुल्क र अनिवार्य शिक्षाको सपना साकार भएको थियो । यसले ग्रामीण आर्थिक विकासमा अत्यन्तै सकारात्मक प्रभाव पारेको थियो ।
युग नायकहरूको जन्म
‘महाभारत’ युद्ध सुरु हुनुअघि कृष्णलाई आफ्नो पक्षमा लड्न अनुरोध गर्न अर्जुन र दुर्योधन संयोगवस एउटै समयमा भेट्न पुगे । कृष्णसमक्ष सबभन्दा पहिले दुर्योधन पुगेका थिए तर कृष्ण आराम गरिरहेकाले दुर्योधन कृष्ण उठ्ने प्रतिक्षामा थिए । त्यतिबेलै अर्जुन पनि आए, कृष्णको पाउतिर बसे । कृष्ण बिउँझिएपछि कुराकानी थालियो । कृष्णले आफू वा आफ्नो सेनामध्ये एक छान्नुपर्ने सर्त राखे । दुईमध्ये सानो भन्दै कृष्णले पहिला अर्जुनलाई छान्ने मौका दिए । अर्जुनले निहत्था कृष्णलाई रोजे भने दुर्योधन यादव सेना पाएकोमा खुसी थिए । अर्जुनले ‘नारायण नै नभई नारायणी सेना’ को अर्थ नरहने दृष्टिकोण राखेका थिए । महाभारत युद्ध भयो । अन्ततः कृष्णकै भरमा पाण्डव सेनाले कौरवलाई पराजित ग¥यो । महाभारत कथाका रचनाकारले राजनीतिक नेतृत्वको महत्व उजागर गर्न प्रस्तुत प्रसङ्ग नछुटाएको हुनुपर्छ ।
पुसको पहिलो र दोस्रो साता दुई कालजयी नेताहरू माओ त्सेतुङ र स्तालिनको जन्मदिवस पर्छ । माओ र स्तालिनको जन्मदिवस किन मनाइएको भन्ने जानीनजानी प्रश्न गर्ने पनि भेटिन्छन् । एउटा कम्युनिस्ट पार्टीको निम्ति एक व्यक्तिको जन्मदिवसले कतिको महत्व राख्छ ? क्रान्तिमा व्यक्तिको भूमिका कस्तो हुन्छ ? क्रान्तिमा नेताको भूमिका कस्तो हुन्छ ? क्रान्ति के व्यक्तिको सनक वा रहरमा हुन्छ वा अन्य कुनै कारण छ ? नेता नभए के क्रान्ति सम्भव छ ? यी प्रश्न स्वाभाविकै रूपमा उठिरहेको पाइन्छ ।
कोही महान् व्यक्तिको स्मरण गर्नुको अर्थ तिनको जीवन र दर्शनको मनन गर्नु हो । जन्म दिन एक अवसरमात्र हो, एकदिन सम्झेर पुग्छ भनी सोच्ने हो भने त्यो पनि अधुरोमात्र हुन्छ । वर्षमा एकपटक स्तालिन र माओका आस्था र विश्वास, त्याग र समर्पण, क्रान्तिकारी गतिविधिबारे चिन्तन गर्ने हो भने पनि कति मानिसलाई वर्षभरको निम्ति विशेष ऊर्जा मिल्नसक्छ । ती महान् व्यक्तित्वहरूको जीवनसङ्घर्षबाट जो कसैलाई पनि उत्प्रेरणा मिल्न सक्छ । जीवनका उतारचढावलाई हृदयङ्गम गर्न जान्नेले जीवनलाई सङ्घर्षको रूपमा बुझ्छ, सङ्घर्षमा रमाउने व्यक्ति कहिल्यै निराश हुँदैन ।
नेपालमा नेपाल मजदुर किसान पार्टीले विभिन्न गतिविधिसाथ स्तालिन र माओको जन्मदिवस मनाइरहेको समाचार आइरहेका छन् । एउटा कम्युनिस्ट पार्टीले स्तालिन र माओलाई सम्झनु स्वाभाविकमात्र होइन, आवश्यक पनि छ । समाचारहरूकै आधारमा पनि नेमकिपाले जन्मदिवसलाई व्यक्तिको स्तुति गाउने रूपमा नलिई तिनको योगदान र तिनबाट सिक्नुपर्ने पाठबारे पनि चर्चा–परिचर्चा गरिरहेको बुझ्न सकिन्छ । यी महान् गुरूहरूको जीवन र दर्शनबाट एक परिवर्तनकामी कार्यकर्ता कसरी उत्साहित हुनसक्छ भन्नेबारे छलफल चल्नु उचित र सान्दर्भिक छ ।
स्तालिन सर्वहारावर्गको मुक्ति आन्दोलनका अग्रणी नेताहरू माक्र्स, एङ्गेल्स, लेनिनपछिका सबभन्दा चर्चित नेता हुन् । स्तालिनले समाजवादी क्रान्तिको रक्षा र विकास गरे । दोस्रो विश्वयुद्धमा स्तालिनको नेतृत्वमा दुई करोड सोभियत जनताको सहादतमा फासीवादी हिटलरको साम्राज्यलाई परास्त गरेको इतिहास विश्वले भुल्न सक्दैन ।
सोभियत समाजवादले संसारमा पहिलो पटक मजदुरवर्गको राज्यसत्ताको सफल अभ्यास ग¥यो । सोभियत सङ्घमा उत्पादनका साधनहरू सामाजिकीकरण गरियो, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरियो, पानी, बिजुली, यातायात करिब निःशुल्क थियो, बेरोजगारी समस्या समाधान गरियो, वेश्यावृत्तिको अन्त गरियो । क्रान्तिले जनतामा आशा, जोश र जाँगर ल्यायो । क्रान्तिलगत्तैका तीन वर्षमै आयुदर ३२ बाट ४४ पुग्यो । सन् १९८७ सम्ममा पश्चिमा देशहरू बराबर अर्थात् आयुदर ६९ पुग्यो । सन् १९६० सम्ममा सबै नागरिक साक्षर भए । जनसहभागितामा शिक्षा योजनाहरू बने । शिक्षालाई उत्पादन श्रमसँग जोड्ने नीति लागू गरियो । शिक्षा देशको उत्पादनसँग प्रत्यक्ष जोडियो । विद्यालय तथा कलेजहरू खेत वा उद्योगसँग जोडिए । स्तालिनकै नेतृत्वमा विश्वमै नमुना आर्थिक योजनाहरू बने, पञ्चवर्षीय योजनाहरूको परिणामस्वरूप सोभियत सङ्घको द्रुत आर्थिक वृद्धि भयो । विज्ञान र प्रविधिमा अतुलनीय विकास भयो । अन्तरिक्षमा सबभन्दा पहिलो मान्छे पु¥याउने देश रुस बन्यो । दोस्रो विश्वयुद्धको क्रममा ‘अलाइड पावर’ का एक सदस्य संरा अमेरिकी तत्कालीन राष्ट्रपति रुजबेल्टले एक बैठकमा आफ्नो देशले एक भयङ्कर हतियार बनाएको जानकारी गराउँदा स्तालिन मुसुमुसु हाँसिरहेका थिए । त्यतिबेलासम्ममा रुसले पनि आणविक बम बनाउने काम गरिरहेको त्यसले सङ्केत गर्दथ्यो ।
सत्ताबाट फालिएको वर्ग चुप लागेर बस्दैन । प्रतिक्रियावादी वर्ग क्रान्तिपछिको सरकारका कमजोरीहरूबाट फाइदा उठाउँदै सेना, पार्टी, गुप्तचर विभागलगायत राज्यका मुख्यमुख्य अङ्गमा छिरे र सोभियत सङ्घ विघटन गर्ने षड्यन्त्र गरे । आज सोभियत सङ्घ विघटन भएको छ । सोेभियत समाजवादको हारपछि जनताले फेरि काम–माम–कपडाको समस्या भोग्नुपरेको छ । बिहान तलब लिनेबित्तिकै बजारमा गई सामान किनिहाल्नुपर्ने नत्र मुद्रा अवमूल्यन भई सामान किन्नै नसकिने बाध्यता आएको स्मरणले अहिले पनि मानिसलाई झस्काउँछ । पैसाको निम्ति मस्कोबाट हजाराँैं युवतीहरू युरोपका विभिन्न देश, अमेरिका, अफ्रिकामा पुगी आफ्नो शरीर बेच्न विवश बने । आर्थिक असमानता चुलिँदै छ, पश्चिमा विकृत संस्कृति जताततै व्याप्त छ, वेश्यावृत्ति बढ्दो छ, मानव तस्करी अनियन्त्रितरूपमा फैलिएको छ, प्रहरीभन्दा अपराधीको ‘शक्ति’ बढेको पाइन्छ । पुँजीवादी व्यवस्थाको सबभन्दा निन्दनीय पक्ष भन्नु शोषण नै हो, शोषण वैधानिक बनेको छ, संस्थागत बनेको छ ।
यता चीनले आफ्नै शैलीको समाजवादको अभ्यास गरिरहेको छ । आजको चीन हिजोको त्याग र समर्पणको जगमा उभिएको छ । ८५ वर्ष अगाडि माओको नेतृत्वमा सन् १९३४ मा एक वर्षको १० हजार किलोमिटरको ‘लामो हिँडाइ’ ले देशलाई मुक्त गरेको इतिहासलाई आजको चीनले बिर्सन सक्दैन । सन् १९७८ मा अपनाइएको सुधार र खुलापनको नीतिले मात्र चीनले आर्थिक समृद्धि हासिल गरेको भ्रम फैलाइएको पाइन्छ । तर, सन् १९४९ को क्रान्तिलगत्तै चीन समाजवादको रक्षाको निम्ति आत्मरक्षात्मक क्षमता बढाउँदै थियो । क्रान्तिको करिब १५ वर्षमा चीनलाई ऋणमुक्त बनाइएको थियो । सन् १९६० मा चीनबाट रूसी विशेषज्ञहरू फिर्ता बोलाउनुको साथै ३ सत्न्दा बढी सहयोग सम्झौता एकतर्फी रद्द गरेपछि आत्मनिर्भर अर्थतन्त्रको घोषणा नगरेको भए चीनले आजको प्रगति गर्न सक्दैनथ्यो । क्रान्तिपछि आर्थिक सङ्कट स्वाभाविकै थियो, दुःख थियो तर त्यो दुःख अस्थायी हुने माओको भनाइबाट जनता आश्वस्त थिए । सङ्कटको अवस्थामा माओ आफैँ मितव्ययी भई मितव्ययिताको आह्वान गर्नुभयो । सादा र सरल जीवन जनताको आदर्श बन्यो । विज्ञान र प्रविधि तथा औद्योगिक उत्पादनमा प्रगति नभएको भए सन् १९६४ मा चीनले आणविक परीक्षण गर्न सक्दैनथ्यो । लगत्तै चीनले सन् १९६४ मा पहिलो हाइड्रोजन बमको परीक्षण ग¥यो । यस्ता आणविक परीक्षण साम्राज्यवादी र रूसी संशोधनवादीहरूलाई हाँक थियो । तर, चीनले ‘चीन आणविक बमको पहिलो प्रयोगकर्ता हुँदैन’ भनी संसारभरका न्यायप्रेमी जनतालाई आश्वस्त पा¥यो ।
भनिन्छ, इतिहासको प्रत्येक नयाँ चरणमा नवीन मानव व्यक्तिको जन्म हुन्छ । समाज परिवर्तनशील छ, समाज सापेक्षरूपमा मानिसको चेतना फेरिन्छ । यसरी युगको आवश्यकता पूर्ति गर्न नयाँ मानिसको जन्म हुन्छ । उत्पादनका साधन र उत्पादन सम्बन्ध फेरिनेबित्तिकै सोहीअनुसारको मानिसको सांस्कृतिक चेतनाको निर्माण हुन्छ । स्तालिन होस् वा माओ वा कोही मानिसको चेतनामा तत्कालीन सामाजिक परिस्थितिले फरक पारेको हुन्छ । आवश्यकता नै आविष्कारको जननी हो भन्नुको कारण पनि त्यही हो । जसले समयको पदचाप प्रस्ट सुन्न सक्छ र समाजको युगान्तकारी परिवर्तनको नेतृत्व गर्छ, तिनै महान्को कोटीमा पर्छन् । यी महान् व्यक्तित्वहरू समयको आवश्यकता पूरा गर्न सबभन्दा अगाडि बढेका मानव हुन् । नेमकिपाका अध्यक्ष रोहितको एउटा भनाइ राख्नु यहाँ सान्दर्भिक छ, “व्यक्तिको व्यक्तित्व विकासमा वातावरण र अध्ययनको ठुलो प्रभाव परेको हुन्छ ।” गरिब तथा पिछडिएको समाजमा जन्मे –हुर्किएका यी महान् रणनीतिज्ञहरूको जन्म तत्कालीन परिस्थितिको परिणाम हो भन्दा फरक पर्दैन । क्रान्तिले क्रान्तिकारीलाई जन्म दियो । कसै न कसैले त्यो युगको आवश्यकता पूरा गर्नैपर्ने थियो, ती नहुँदा पनि अरू कसैले पनि त्यो काम गर्नैपर्ने हुन्थ्यो । प्रतिक्रियावादी सत्तामा परेको भ्वाङ वा चिराको पहिचान गर्ने दृष्टि भएका नेताको जरूरत थियो, माओ र स्तालिनले त्यसलाई पूरा गरे । तत्कालीन भौतिक परिस्थिति र त्यसलाई चिन्ने चेतनाले स्तालिन र माओलाई क्रान्ति नायक बनायो ।
क्रान्तिकारी नेताहरूले क्रान्तिको गतिमा वेग थप्छन्, त्यही गतिले क्रान्तिकारीको चेतना अझ माझिन्छ, फेरि अरू गति बढ्छ, ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भनेझैँ । क्रान्ति आफैँमा समाजको परिष्करण हो, क्रान्ति गतिशिलताको अर्को नाम बन्छ । क्रान्तिको परिस्थिति बुझ्ने क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टीको नेतृत्व नभई क्रान्ति सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *