भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
आधुनिकताको लहरमा नेपाली समाज पनि बिस्तारै रङ्गिँदै गएको छ । हाम्रा चाडपर्वहरू पनि यसको प्रभावबाट पर हुन सकेको छैन । यति हुँदाहुँदै पनि हाम्रो परम्परा संस्कृतिले समाजमा निकै राम्रो प्रभाव पारेको छ । नेपालीको पहिचान भनेको चाडपर्वहरू नै हुन् । विभिन्न जातजातिअनुसार विभिन्न चाडपर्वहरू मनाइने गरिन्छ । यस्तै पर्वहरूमा नेवार समुदायले मनाउने पर्व योमरी पूर्णिमाको बारेमा केही लेख्ने जमर्को गरेको छु । नेवारी समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेषगरी अन्नपूर्ण माताको पूजा गरिन्छ । अन्नपूर्ण मातालाई धर्ती माता पनि भनिन्छ । त्यसैले अन्नपूर्ण मातालाई खुसी पार्न मिठाइस्वरूप योमरी बनाउने गरिन्छ भन्ने भनाइ छ ।
नेवार समुदायमा योमरी एक विशेष परिकारको रूपमा पकाइन्छ । कृषिप्रधान देश भएको कारणले गर्दा बाली लगाउँदा र बाली भित्याउँदाको समयलाई महत्वपूर्ण अवसरको रूपमा मनाउने चलन विभिन्न जातजातिमा रहेको छ । नेवार समुदाय पनि धान बाली भित्याएपछि योमरी पूर्णिमा मनाउँछ । धान एक मुख्य बाली भएकोले किसानहरू यसलाई विशेष प्राथमिकता दिने गर्दछन् । सामान्यतया धान बाली भित्याएपछि नयाँ धानलाई कुटेर त्यसको चामलको पिठोबाट परिकार बनाइन्छ । यसमा चाकु र तिललाई पकाएर लेदो बनाई योमरीभित्र राखिन्छ । आजभोलि योमरीमा नयाँ स्वाद र इच्छाअनुसार खुवा, चिनी, मासुको किमा राखी बनाउने पनि चलन देखिन्छ । योमरीमा चाकुको प्रयोग गर्नुको कारण चिसो मौसममा चाकुले हाम्रो शरीरलाई न्यानो बनाउनुको साथै तागत पनि दिने भएकोले प्रायः चाकु प्रयोग बढी हुने कुरा बुढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेषगरी पुस महिनामा पर्ने हुनाले चिसो बढ्ने हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउने गर्दछ । नेपाली खानाका परिकार हेर्ने हो भने मौसमअनुसारका खानाको परिकारको चलन हाम्रो समाजमा चलेको छ । चाहे त्यो असारको १५ गतेको दही चिउरा, साउन १५ गतेको खीर, जनैपूर्णिमामा क्वाटी, माघे सङ्क्रातिमा घ्यु चाकु । विशेष अवसरमा मात्र बनाइने योमरी हाल व्यापारिक हिसाबले पनि बनाएर बेच्ने गरिन्छ । योमरी पूर्णिमाको अवसरमा घरका सबै सदस्यहरू एकै ठाउँमा जम्मा भई योमरी बनाउने गर्दछन् भने साना बालबालिका र युवाहरू घरघरमा गएर गीत गाउँदै योेमरी माग्ने गर्दछन् । यसलाई नेवारीमा ‘योमरी फोनेगु’ भनिन्छ । पहिला पहिला युवाहरू घर गएर गीत गाउँदै योमरी माग्न जाँदा त्यहीबिच प्रेम सम्बन्ध पनि फस्टाउने गर्दथ्थो । तर, आधुनिकताको लहरसँगै हाम्रा रीतिरिवाजहरूमा पनि परिर्वतन आएको छ । हाल आएर यस्तो चलन हराउँदै गएको छ । आजकल त बालबालिकाहरू पनि घर बाहिर निस्किएर रमाइलो गर्नेभन्दा पनि विभिन्न आधुनिक ग्याजेटहरूमा गेम खेल्न, सिनेमा हेर्न व्यस्त देखिन्छन् । त्यसैले आफ्नो संस्कृतिको संरक्षण हरेक जातजातिले आफैँ अगाडि बढी गर्नुपर्दछ । वास्तवमै हाम्रो चाडपर्व, जात्रा, भाषा, वेशभूषा रहे मात्र हाम्रो पहिचान रहन्छ ।
पहिले योमरी पूर्णिमाको दिन मात्र योमरी बनाएर खाने गरिन्थ्यो । आजभोलि मानिसहरूले यसलाई व्यावसायिकरूपमा बेच्ने गरेको पाइन्छ । कम लागतमा बढी नाफा हुने साथै स्वास्थ्यको हिसाबले पनि अत्यन्तै फाइदाजक रहेकोले यसलाई धेरै मानिसहरू खान रुचाउँछन् । नेवार समुदायको विभिन्न परिकार, रोटीहरूमा यो पनि विशेष रहेको छ । विभिन्न मेला जात्राहरूमा मानिसहरूले योमरी बनाएर बेच्ने गरेका छन् । सामान्यतया खाजाघरहरूमा एउटा योमरीको ५० देखि ८० रुपैयाँसम्म बेच्ने गरेको व्यवसायीहरू बताउँछन् । नेवार समुदायका जात्रा पर्वमा यो विशेष परिकारको रूपमा व्यवसायिकरूपमा बेच्ने गरिन्छ । स्थानीय सरकारले पनि नेवार समुदायको बसोबास रहेको ठाउँमा योमरी फेस्टीबल गर्ने गरेको छ । यसले गर्दा हाम्रो कला र संस्कृतिको पनि जगेर्ना भइरहेको छ । सामान्य खाजाघरदेखि ठुला रेस्टुरेन्टसम्म हाल योमरी पाइन्छ । यसको माग बढ्नुको कारण यो मौलिक र परम्परागत शैलीमा तयार गरिनुको साथै स्वस्थपरक रहेकोले हो ।
Leave a Reply