भर्खरै :

इजरायली फासीवादको सर्वत्र विरोध

इजरायली फासीवादको सर्वत्र विरोध

नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी महिला सङ्घले इजरायली फासीवाद, बर्बरता र जातीय सफायाको विरोधमा देशका विभिन्न जिल्ला, गाउँ र सहरमा विरोध जुलुस र सभा गरे । उक्त जुलुस र सभामा जनवर्गीय सङ्गठनहरूले प्यालेस्टिनी नरसंहारबारे जनतालाई दीक्षित गर्न अपिल पनि वितरण गरेका थिए ।
प्यालेस्टिनी जनताले आफ्नो स्वतन्त्र प्यालेस्टिनी भूमि, देश र राज्यको लागि सयौँदेखि इजरायली यहुदी शासकहरू, बेलायती र अमेरिकी साम्राज्यवादसँग लड्दै आएका थिए । हिटलरले जर्मनीबाट लखेटेर ज्यान जोगाउन भागेर आएका यहुदी शासकहरूले आज प्यालेस्टिनी जनतालाई आफ्नो देश प्यालेस्टिनबाट जबरजस्ती निकाल्दै छन्; प्यालेस्टिनीहरूको हत्या र नरसंहार गर्दै छन् । १ सय वर्षअगाडि ६/७ प्रतिशतमात्र भएका यहुदीहरू आज ३०/४० प्रतिशतभन्दा बढी भइसकेका छन् । सन् १९४७ मा थोरैमात्र प्यालेस्टिनी भूमि ओगटेर बसेका यहुदीहरूले गाजा र पश्चिम किनारको थोरै भूमिबाहेक सबै प्यालेस्टिनी भूमि ओगटेर बसेका छन् । उनीहरूले प्यालेस्टिनी जनतालाई बलपूर्वक देश निकाला गरेका छन् । प्यालेस्टिनी युरोपलगायत विभिन्न देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । इजरायली सरकारले प्यालेस्टिनी भूमिको नाम निसाना नै सिध्याउने दुष्प्रयास गर्दै छ । गत असोज ५ गते इजरायली प्रधानमन्त्री नेतत्याहुले संयुक्त राष्ट्र सङ्घको महासभामा मध्यपूर्वको नयाँ नक्सा देखाएका थिए । त्यसमा प्यालेस्टिनको नक्सा नै थिएन । प्यालेस्टिनको लडाकु सङ्गठन हमासले असोज २० गते त्यसको जवाफ प्रत्याक्रमण गरेर दियो । त्यसैको निहँुमा उनीहरूले २१ हजार प्यालेस्टिनी जनताको बम वर्षा गरेर हत्या गरिसकेका छन्; अस्पताल, विद्यालय, आवासगृहहरू ध्वस्त पारिसकेका छन् । उनीहरू प्यालेस्टिनीहरूको जातीय सफाया गर्न अगाडि बढिरहेका छन् । प्यालेस्टिनी जनताको नरसंहार गर्दा पनि, अस्पताल, विद्यालय, भवनहरूमा बम वर्षा गरेर ध्वस्त गर्दा पनि नेपाली शासक किन देख्दैनन् ? किन बोल्दैनन् ? उनीहरू किन बुँख्याचाजस्तै बसेका हुन् ? नेपाली जनताले प्रश्न गरिरहेका छन् ।
प्यालेस्टिनी जनताको नरसंहार र जातीय सफायाको कारक अमेरिकी साम्राज्यवाद हो । यो कुरा विश्वका जनताले थाहा पाइसकेका छन् । । त्यसैले यसको विरोध विश्वभरबाट भइरहेको छ । संसारका अधिकांश देशका सहरहरूमा त्यहाँका जनताले विरोध, सभा, जुलुस ¥याली प्रदर्शन गरी पीडित प्यालेस्टिनी जनताको पक्षमा साथ र समर्थन दिइरहेका छन् । इजरायली शासकहरूले मच्चाइरहेको प्यालेस्टिनी नरसंहार रोक्न संयुक्त राष्ट्रसङघको महासभामा विश्वका १९३ वटा सदस्य देशहरूमध्ये १२० सदस्य देशहरूले गाजापट्टीमा मानवीय सहायता पु¥याउने र नागरिकहरूको सुरक्षा गर्ने युद्धविरामको प्रस्ताव पारित गर्न भएको मतदानमा १९३ मध्ये १५३ देशहरूले समर्थन दिएका थिए । यसरी अमेरिका र इजरायल विश्वबाट एक्ँिलदै गएका छन् भने प्यालेस्टिनी जनताको पक्षमा साथ र समर्थन दिने देश र जनता विश्वमा बढ्दै छन् । विश्वका जनताको नजरमा उनीहरू राक्षस र दानवजस्ता भएका छन् । उनीहरू हिटलर, मुसोलिनीहरूका नयाँ संस्करणको रूपमा देखिन थालेका छन् । यसरी नै विश्वमा देश र जनताको साथ, समर्थन सहयोग बढ्दै जाने हो भने उनीहरूले हिटलरको जस्तो नियति भोग्न नपर्ला भन्न सकिँदैन ।
साम्राज्यवादी देश र त्यसका कठपुतली देशहरूले प्यालेस्टिनी जनता र लडाकु हमासले इजरायली शासकहरूलाई दिएको प्रत्याक्रमणलाई आतङ्कवादी हमला भनेर ओठमुख सुक्ने गरी चिच्याए पनि विश्वका न्याय र स्वतन्त्रता चाहने जनताले स्वाभाविक र गौरवपूर्ण कदमको रूपमा लिएका छन् । यो कदम देशभक्त, न्याय र स्वतन्त्रता चाहने जनताको लागि स्वाभाविक मानिन्छ । होइन भने जोसुकैले अन्याय, अत्याचार गरे पनि, हस्तक्षेप, आक्रमण, बम वर्षा गरे पनि, अमानवीय नाकाबन्दी गरे पनि टुलुटुलु हेरेर बस्ने बुँख्याचाजस्तो, जिउँदो लासजस्तो हुने । आज नेपालका शासक दल, त्यसका नेताहरूलाई त्यही रूपमा देशभक्त नेपाली जनताले हेरिरहेका छन् ।
पहिलो विश्वयुद्ध (सन् १९१४–१८) को उत्तराद्र्धमा बेलायतले प्यालेस्टिनी क्षेत्रमा युरोपका यहुदीहरूलाई बसोबास गरायो । सन् १९४७ सम्ममा प्यालेस्टिनको लगभग एकतिहाइ जनता यहुदी थिए भने उनीहरूले ओगटेको भूमि ६ प्रतिशतमात्रै थियो । बेलायती उपनिवेशकालमा राष्ट्रसङ्घलाई अघि सारेर अमेरिका र बेलायतले सन् १९४७ नोभेम्बर २९ मा यहुदी र अरब राष्ट्रमा विभाजन गराए । प्यालेस्टिनको ५६.४७ प्रतिशत भूभागमा यहुदी राज्य स्थापना गरे भने ४४.५३ प्रतिशत भूभाग प्यालेस्टिनलाई छुट्याए । यो अन्याय र हस्तक्षेपलाई प्यालेस्टिनी जनताले ठाडै अस्वीकार गरे । बेलायती साम्राज्यवादले सन् १९४८ जून ४ मा राष्ट्रसङ्घलाई दबाब दिएर यहुदीहरूको अलग इजरायल देशलाई मान्यता दियो । बेलायती र अमेरिकी साम्राज्यवादको सहयोग पाएको इजरायलले लाखौँ प्यालेस्टिनीहरूलाई विभिन्न देशमा शरणार्थी हुन बाध्य पा¥यो ।
आज इजरायली शासकहरू हमासको प्रत्याक्रमणलाई निहुँ बनाएर, त्यसको बहानामा प्यालेस्टिनी जनतालाई नै नामेट पार्न जातीय सफाया गर्न अगाडि बढ्दै छन् । इजरायली कृषिमन्त्रीले महिना दिनअगाडि हामी गाजामा मक्बा (Makba) गर्दै छौँभने । नक्बा भनेको नरसंहार हो । कार्तिक १० गते अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेर आफू साथमा रहेको बताएर इजरायली शासकहरूलाई प्यालेस्टिनी जनताको जातीय सफाया गर्न होस्याउँदै छन् किनभने त्यो इजरायलमा अमेरिकाको लगानी हो । प्यालेस्टिनी जनताको नरसंहार गराएर उनी आम्दानी गर्दै छन् । उनलाई विश्वको तेलको भण्डार लुट्नु छ । यहाँ टेकेर, स्प्रिङ बोर्ड बनाएर मध्यपूर्व, युरोप, एसियामाथि हस्तक्षेप गर्नु छ; अशान्ति मच्चाउनु छ । रुस र चीनलाई शान्ति र विकासबाट, अनि विश्वका जनताको न्यानो माया, साथ, समर्थन र सहयोगको लागि रुस र चीनको अगाडि बढिरहेको हातलाई रोक्नु छ । उनलाई यस क्षेत्रमा जसरी पनि सधैँ अस्थिरता कायम गर्नु छ । त्यसैले साम्राज्यवादी, उपनिवेशवादी, फासीवादीहरूको बर्बर कदमको विरोधमा, नरसंहार र जातीय सफायाको विरोधमा विश्वका जनताले प्यालेस्टिनी र प्यालेस्टिनी जनताको पक्षमा साथ र समर्थनमा आवाज उठाउनु आवश्यक छ । मित्र देशलाई खाएको बाघले हामीलाई खान सक्छ । त्यसको लागि सबै नेपाली जनता सचेत हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *