भर्खरै :

इजरायली आक्रमणमा थप दुई पत्रकारको मृत्यु

गाजापट्टी, २२ पुस (एएफपी) । इजरायली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।
एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।
हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुनुहुन्छ र हालैको एक आक्रमणमा उहाँ पनि घाइते हुनुभएको छ । युद्धको सुरुआती साताहरूमा एउटा छुट्टै इजरायली आक्रमणमा उहाँकी पत्नी र दुई छोराछोरी मारिएपछि उहाँ घाइते हुनभएको थियो । थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गर्नुभएको थियो ।
न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्टसका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबिच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *