नेपाली जनताले युद्धको विरोध गर्नु जरुरी छ
- आश्विन २६, २०८१
काठमाडौँ, २२ पुस । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आतिथ्यमा २६ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा मन्त्री बस्नेतले नेपालले हरेक वर्ष केही न केही प्राकृतिक विपत्ति व्यहोरिरहेको हुँदा नेपालको सुदूरपश्चिम क्षेत्र जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पको लागि ३ वटै तहका सङ्घ, प्रदेश र स्थानीय तहहरूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् जोखिमबाट बचाउन जनजेतनामूक कार्यक्रमहरूको माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिने र विपद्पश्चात् उद्वार, राहत र पुनःनिर्माणलाई तीव्रता दिन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प सुरक्षा दिवसको नारालाई भन्दा कामलाई बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले हालै गएको जाजरकोट, पश्चिम रुकुम र अछाममा गएको भूकम्पमा भएको क्षति, रोकथाम र हालसम्म भएको प्रगतिबारे सबैलाई जानकारी दिनुपर्ने तथा २०७२ सालको भूकम्पपश्चात् भएको पुनःनिर्माणको प्रगति समीक्षा बैठकमा हुनुपर्ने बनाउनुभयो । उहाँले सन् २००८ मा जनवादी गणतन्त्र चीनको सिचुआन प्रान्तमा गएको भूकम्पपश्चात् ३ वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गरेको र सन् २०२३ मा टर्कीमा गएको भूकम्पमा कमजोर संरचनाका कारण संरचना भत्केको हुँदा ती कमजोर संरचना निर्माण गर्ने ठेकेदारहरूलाई कारबाही गरेको स्मरण गराउँदै नेपालको सन्दर्भमा भने सरकारले कुनै कारबाही नगरेको तथा पुनःनिर्माणमा तदारुकता नदेखाएकोमा बताउनुभयो ।
प्रमुख प्रजापतिले भूकम्प सुरक्षा दिवसकै अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा माघ २ गते हुन गइरहेको भूकम्पसम्बन्धी प्रदर्शनी र माघ ५ गते हुन गइरहेको भूकम्प गोष्ठी हुने जानकारी दिनुभयो । त्यसलाई उक्त कार्यक्रममा समावेश गर्ने बैठकले निर्णय ग¥यो ।
बैठकमा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले २६ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह आयोजना गर्ने जिम्मेवारी प्रदान गरिएकोमा धन्यवाद व्यक्त गर्दै सो कार्यक्रमलाई भव्य रूपमा सफलतापूर्वक सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो ।
बैठकले ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २०८० माघ २ गते हुने २६ औँ भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकामा आयोजना गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा पुस २६ देखि माघ १६ गतेसम्म हुने विभिन्न कार्यक्रमहरूलाई सफल बनाउन गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, सहरी विकास मन्त्रालयका सचिव सरजुकुमार वैद्य, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, ३ वटै सुरक्षा निकायका प्रमुखहरू, एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शन नेपाललगायतले आ–आफ्ना विचार राख्नुभएको थियो ।
Leave a Reply