युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
सम्माननीय कमरेड किम जोङ उनले गत वर्षको डिसेम्बरमा कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको नवौँ विस्तारित पूर्ण बैठकमा नयाँ वर्ष २०२४ मा कोरियाली मजदुर पार्टी र कोरियाली जनताको अगाडिको बाटो स्पष्टरूपमा सङ्केत गर्नुभएको थियो ।
उहाँले हरेक कालखण्डमा र विकासशील क्रान्तिको हरेक चरणमा आफ्नो दुर्लभ वैचारिक–सैद्धान्तिक बुद्धिको प्रयोग गरेर समाजवादी शक्ति निर्माणको बाटो उज्यालो गरी विजयतर्फ डो¥याउनुभएकोमा कोरियाली जनताप्रति उच्च प्रशंसा र हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
विगत एक दशकमा उहाँले आफ्ना उत्कृष्ट वैचारिक–सैद्धान्तिक गतिविधिहरूद्वारा वैज्ञानिक सङ्घर्षका रणनीतिक र रणनीतिक नीतिहरू तय गर्नुभयो र पार्टी र राज्यलाई विजय र गौरवको बाटोमा डो¥याउनुभयो ।
उहाँले कोरियाली क्रान्तिको सदैव विजयी रणनीतिलाई सङ्केत गर्ने अमर कार्यक्रम किमिल्सुङ्गिज्म–किमजोङ्गिलिज्मसँग सम्पूर्ण समाजलाई जोड्ने कार्यक्रमलाई अगाडि बढाउनुभयो ।
कोमपाको सेल सचिवहरूको चौथो सम्मेलन (जनवरी २०१३) मा गरिएको आफ्नो समापनमा र अन्य अमर क्लासिक कार्यहरू, जसमा जनताको हितका लागि निःस्वार्थ, समर्पित प्रयासहरू कार्यकर्ताहरूको अजेय शक्तिको अस्तित्व र स्रोत हो । कोरियाली मजदुर पार्टीले महान् किमिल्सुङ्गिज्म–किमजोङ्गिलिज्म मूलतः जनता प्रथम सिद्धान्त हो भनी शास्त्रीय सूत्रीकरण ग¥यो ।
राजनीतिलाई समाजवादको आधारभूत राजनीतिक मोडको रूपमा निर्माण गर्नु राष्ट्रपति किम इल सङ र अध्यक्ष किम जोङ इलको महान् ध्येयलाई सदाका लागि जनता–प्रथम सिद्धान्तको पवित्र इतिहास लेख्ने उहाँको अटल इच्छाको अभिव्यक्ति हो । उहाँहरूले आफ्नो जीवनभर जनताको हितमा आफूलाई समर्पित गर्नुभयो ।
उहाँले जनतामा जुछे–उन्मुख दृष्टिकोण एक लोकप्रिय दर्शन, कोरियाली शैलीको समाजवादको फाइदा र अपराजयताको विचार र राष्ट्रिय शक्तिलाई न्याय गर्ने मापदण्ड त्यहाँका जनताको हाँसो हो भन्ने विचार प्रस्तुत गर्नुभयो । जुछे–उन्मुख दृष्टिकोणले स्थिररूपमा जनताको स्वाभिमान र हितलाई पूर्णरूपमा रक्षा गर्न जनता–प्रथम राजनीतिको गहिराइलाई विकास गरी उनीहरूका लागि निःस्वार्थ, समर्पित हुने प्रयास गर्छ । राजनीतिलाई पार्टीको अस्तित्व वा पतन र समाजवादको विजय वा असफलताको निर्णायक आधारभूत मुद्दा र मुख्य राजनीतिक मोडको रूपमा अघि सारिएको हुनाले पार्टी र राज्यका गतिविधिहरू जनताको हितमा समर्पित सेवाका साथ सञ्चालन हुन थाले र जनताहरूप्रतिको उत्कट प्रेम र स्नेहमा आधारित कोरियाली शैलीको समाजवादको अपरिवर्तनीय शक्तिलाई थप बलियो बनाएको थियो ।
किम इल सङले आत्मनिर्भरताको शक्तिलाई पूर्णरूपमा खेलेर कोरियाली जनताको प्रयासबाट कोरियाली क्रान्ति सम्पन्न गर्ने पहिलो सिद्धान्त अगाडि बढाउनुभयो र यसरी हाम्रो राज्यको युगीन आत्मनिर्भरता र समृद्धिको नयाँ युगको सुरुवात गर्नुभयो ।
कोमपाको सातौँ महाधिवेशन (मे २०१६) ले स्थायी रणनीतिक रेखाको रूपमा पहिले आत्म–विकासको भावनालाई स्पष्ट पारेको थियो जसले आफ्नै आधारमा आर्थिक वृद्धि सुनिश्चित गर्न ऐतिहासिक कोशेढुङ्गाको रूपमा परिचित भयो ।
विकासशील क्रान्ति र समाजवादी निर्माणका आधारभूत आवश्यकताबाट अगाडि बढ्दै कोमपाको सातौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आत्मनिर्भरताको उदात्त झन्डामुनि समाजवादी शक्ति निर्माण गर्ने कोमपाको अटल राजनीतिक कार्यदिशा भएको पुष्टि ग¥यो ।
कोमपाको ऐतिहासिक आठौँ महाधिवेशन (जनवरी २०२१) को गतिको रूपमा, आत्मनिर्भरतालाई विकासको उच्च ट्राय्कमा राखिएको छ अर्थात् राष्ट्रव्यापी, योजनाबद्ध र वैज्ञानिक आत्मनिर्भरतालाई प्रमुख मन्त्र बनाइएको छ । महाधिवेशनले राष्ट्रिय आर्थिक विकासको लागि नयाँ पञ्चवर्षीय योजना अघि सारेको छ र त्यसको कार्यान्वयनको लागि सङ्घर्ष र आत्मनिर्भरतामा अडिग रहनुपर्नेमा जोड दिएको छ ।
आठौँ पार्टी केन्द्रीय समितिको छैटौँ, सातौँ र आठौँ पूर्ण बैठकहरू र अन्य महत्वपूर्ण पार्टी बैठकहरूले कोरियाली शैलीको समाजवादी निर्माणमा ठुलो परिवर्तन ल्याउन र क्रान्तिको सफल प्रगति सुनिश्चित गर्न रणनीतिक नीतिहरू स्पष्ट पारेका छन् ।
गुणस्तर र परिमाणको हिसाबले आणविक शक्तिलाई द्रुतगतिमा बढाउने विचार, बाह्य सम्बन्ध विस्तार र विकास गर्ने विचार र कृषिलाई प्रमुख लक्ष्यका रूपमा राखेर राष्ट्रिय आर्थिक विकासका १२ प्रमुख लक्ष्यहरू प्राप्त गर्ने आजका शक्तिशाली कार्यक्रमहरू हुन् । पार्टीका निर्णयहरू कार्यान्वयन गर्न सिङ्गो पार्टी, सिङ्गो देश र सबै जनता लागेका छन् ।
कोमपाको केन्द्रीय कार्यकर्ता प्रशिक्षण विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई आफ्नो ऐतिहासिक व्याख्यानमा किम जोङ उनले राजनीतिक, सङ्गठनात्मक र वैचारिक निर्माण र अनुशासन र कार्यशैली निर्माणलाई नयाँ युगमा पार्टी निर्माणको लाइनको रूपमा स्थापित गर्नुभयो र स्पष्ट सङ्केत गर्नुभयो । तिनीहरू कोमपालाई आशाजनक पार्टीमा निरन्तर विकास गर्नका लागि शक्तिशाली वैचारिक–सैद्धान्तिक हतियार हुन् ।
गत वर्ष उहाँले कृषि विकासको रणनीति र सर्वजन देशभक्ति आन्दोलनलाई महत्व दिने विचारसहितको नौलो विचार र सिद्धान्तहरू प्रस्तुत गर्नुभयो । यसरी उहाँलाई यसलाई ठुलो परिवर्तनको वर्ष र राज्य विकासको नयाँ युग बनाउनुभयो ।
डिसेम्बर २०२३ को पूर्ण बैठक कोमपाको आठौँ पार्टी महाधिवेशनले देशभक्तिको भावनाका साथ एकताबद्ध भएर तोकेका लक्ष्यहरू प्राप्त गर्न, नयाँ विजयका लागि थप गतिशीलरूपमा सङ्घर्ष गर्ने विचारले सबै जनताको जोशलाई बलियो बनाउँछ र उनीहरूलाई निरन्तर चमत्कारहरू सिर्जना गर्न र अगाडि बढ्न प्रोत्साहित गर्दछ । यो नयाँ वर्षको मार्चमा निस्किएका सबै जनताको अटल विश्वास हो कि किम जोङ उनको असामान्य वैचारिक सैद्धान्तिकताको छेउमा जुछेको समाजवादी उद्देश्य पूरा गर्ने स्थायी ब्यानर प्रदान गर्दा उनीहरूको भविष्य उज्यालो छ । विचारधारा र आफ्नो देशलाई समृद्धिको बाटोमा लैजान्छ ।
– ‘केसीएनए’ बाट
अनुवाद : प्रकाश
Leave a Reply