युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
(आज) जनवरी १३ मा नयाँ नेतृत्वको लागि थाइवानमा निर्वाचन हुँदै छ । लाइ चिन–ले (वर्तमान ‘उपराष्ट्रपति’) र होउ यु–हीबिच चर्को प्रतिस्पर्धा हुँदै छ । लाइ युद्ध मूलभूमि चीनविरुद्ध युद्धको पक्षमा छन् भने होउ अस्पष्ट यथास्थितिको पक्षमा छन् । यही यथास्थितिका कारण दशकौँदेखि चीनमा शान्ति कायम भएको छ । तेस्रो प्रतिस्पर्धी को वेन–जे हुन् । उनले हाउलाई जाने भोटहरू तानेर ‘निर्वाचन’ बाट लाइ चिन–लेलाई जिताउने सम्भावना छ । जस्तो सन् २००० को अमेरिकाको राष्ट्रपति ‘निर्वाचन’ मा राल्फ नाडरले एल गोरको भोट तानेर जर्ज डब्लु बुसलाई अमेरिकी राष्ट्रपतिमा ‘निर्वाचित’ गराएका थिए । यसकारण, सन् २००३ मा अमेरिकाले इराकमाथि हमला गरेको थियो । हुनसक्छ २००१ सेप्टेम्बर १ को आक्रमणमा पनि बुश र साउदी अरबको मिलेमतो थियो । केही वर्षअघि यो कुरा पुष्टि गर्ने गोप्य दस्ताबेजहरू बाहिर आएका छन् । बुशले आक्रमणको लागि सद्दाम हुसेन र बिन लादेनलाई दोष दिए, त्यो आरोप नै सन् २००१ मा अफगानिस्तानमाथि र सन् २००३ मा इराकमाथि आक्रमणको ‘कारण’ बन्यो ।)
लाइ चिन–ले ‘उपराष्ट्रपति’ उम्मेदवारमा स्याओ बि–खिमलाई उठाएका छन् । उनी ‘संरा अमेरिकाका लागि थाइवानी प्रतिनिधि’ हुन् । मानौँ, थाइवान चिनियाँ प्रान्त नभएर स्वतन्त्र देश हो किनभने यो पदलाई ‘संरा अमेरिकाको लागि थाइवानी राजदूत’ को रूपमा हेरिन्छ । यसकारण, ताइवानका निवर्तमान ‘उपराष्ट्रपति’ ले चुनाव जितेको खण्डमा थाइवान संरा अमेरिकी सरकारको खल्तीमा जानेछ । अमेरिका अहिले चीनविरुद्ध युद्धमा जान चाहन्छ । यसको लागि लाइले थाइवानलाई स्वतन्त्र देश घोषणा गर्नेछन् । यसको जवाफमा चीनले थाइवानमा हमला गर्नेछ । तब संरा अमेरिकाले चीनमाथि हमला गरेको स्थितिमा तेस्रो विश्वयुद्ध सुरु हुने निश्चित छ ।
सन् १९७२ फेब्रुअरी २७ यता यथास्थितिको अवस्था छ । अमेरिकी सरकारले त्यसबेला चीनसँग एउटा सम्झौता गरेको थियो र यो सम्झौता अद्यापि कायम छ । सो सम्झौतामा अमेरिका र चीनले ‘चीन एउटै हो र थाइवान चीनको अङ्ग हो’ भनी सहमति गरेका थिए । तर, ट्रम्प र बाइडेनको नेतृत्वमा अमेरिकी सरकारले थाइवानलाई चीनबाट अलग्गिन उक्साउन थाल्यो । यो उक्साहट झन्झन् चर्किँदो छ । साथमा अमेरिकी मिडियामा ‘विदेश मामिला विज्ञ’ कहलिएकाहरूले थाइवानलाई चीनबाट अलग्याउन बाइडेन सरकारले गरिरहेको भड्काउपूर्ण चलखेलको पक्ष लिँदै छन् । उनीहरूले अमेरिकी जनतालाई थाइवान वास्तवमा एउटा स्वतन्त्र देश हो भनी विश्वास दिलाउन हरसम्भव उपाय गर्दै छन् । उनीहरूको उद्देश्य थाइवानलाई अमेरिकी साम्राज्यको एउटा उपनिवेश बनाउनु हो ।
शनिबार हुने ‘निर्वाचन’ मा लाइ चिन–ले विजयी भए भने अमेरिका र उसका ‘अकस’ गठबन्धनका साझेदारहरूले चीनविरुद्ध युद्ध गर्ने खतरा हुरहुरी बढ्नेछ । यो खतरा इतिहासकै चरम चुलीमा पुग्नेछ । चीनको राष्ट्रिय सुरक्षामा अहिले एउटै खतरा मडारिएको छ – अमेरिकी आक्रमणको खतरा । लाइ चिन–ले विजयी भएको खण्डमा अमेरिका–चीन सम्बन्धमा तत्काल परिवर्तन आउनेछ । चीनमाथिको खतरा अकासिनेछ । छिनभरमै चीनले पनि बुझिहाल्नेछ । वास्तवमा लाइ चिन–ले ‘निर्वाचित’ भए भने चीन र अमेरिकाबिच युद्ध हुने सम्भावना बढ्नेछ । धेरैले यो युद्ध अब नहुने भनिरहेको बेला युद्ध अनिवार्य नबने पनि युद्धको सम्भावना भने बढ्नेछ । त्यसप्रकारको ‘चुनावी’ विजय एउटा रूपान्तरणकारी मोड बन्नेछ ।
(एरिक जुएज खोज इतिहासकार हुन् । ‘अमेरिकी साम्राज्यको दुस्टता : हिटलरको मरणोपरान्त विजय र समाज विज्ञान किन बदलिन जरुरी छ ?’ उनको पछिल्लो पुस्तक हो । पुस्तकमा दोस्रो विश्वयुद्धपछि संसारलाई अमेरिकाले कसरी मुट्ठीमा राख्यो र अमेरिका एवम् उसका साझेदार देशका अर्बपतिहरूको दास तुल्यायो भन्ने विषयमा चर्चा गरिएको छ । विश्वको सम्पत्तिमाथि हैकम जमाउन यिनीहरूको सङ्गठित शक्तिले कसरी ‘समाचार’ माध्यमलाई मात्र नभई सर्वसाधारण जनतालाई छल्न समाज ‘विज्ञान’ लाई पनि नियन्त्रणमा राखेका छन् भन्ने कुरा उक्त पुस्तकले उजागर गरेको छ ।)
स्रोत : ग्लोबल रिसर्च
अनुवाद : सम्यक
Leave a Reply