भर्खरै :

हरिराम जोशीको सङ्क्षिप्त परिचय

हरिराम जोशीको सङ्क्षिप्त परिचय

हरिराम जोशीको वि.सं. १९९२ चैत कृष्ण द्वितीय सोमबारका दिन माता हेमकुमारी जोशी र पिता भारथराम जोशीबाट न्हागल टोल ललितपुरमा भएको थियो । हाल उहाँ पोडिखेल, लगनखेलमा बसोबास गर्नुहुन्छ । उहाँ वि.सं. २००७/०८ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भई नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरी ललितपुर नगर कमिटीको प्रमुख भई नेपालको राजनीतिक आन्दोलनमा आबद्ध हुनुभएको थियो । उहाँले सन् १९६२ मा संस्कृति विषयमा एम.ए. गर्नुभएको थियो । उहाँ विक्रम संवत् २०१७/०१/०४ गते कदमकेशरी मास्केसँग वैवाहिक जीवनमा जोडिनु भएको थियो । उहाँले २०२३ साउन २३ गते नेपाल सरकारको निर्णयनुसार राष्ट्रिय सङ्ग्रहालयको रा.प.तृ. पदमा नियुक्ति भई २०५० फागुन २८ गते रक्षा मन्त्रालयको उपसचिव पदबाट सेवा अवधि पुगी अवकाश प्राप्त गर्नुभएको थियो । उहाँ नेपाल हेरिटेज सोसाइटीका मानार्थ सदस्य हुनुहुन्छ ।
‘हिन्दू देवी देवता’ नामक कृतिको लागि गुणराज पुरस्कारबाट पहिलो पटक पुरस्कृत भई हालसम्म विभिन्न उपाधि र विभिन्न विषयहरूमा उहाँ सम्मानित हुनुभएको छ ।
त्यसैगरी वि.सं.२०१० मा ‘समाजको विकास’ नामक प्रकाशित कृतिदेखि दर्जनाँै उहाँको कृति प्रकाशन भइसकेका छन् । सन् १९८१ देखि जोशी रिसर्च इन्स्टिच्युटको मुखपत्रको रूपमा अनुसन्धानमूलक त्रैमासिक जर्नल रोलम्बको प्रधानसम्पादक भई अविच्छिन्न रूपमा प्रकाशन गर्दै आइरहनुभएको छ । उहाँका विभिन्न कृतिहरू प्रकाशोन्मुख अवस्थामा पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *