‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
साहित्यकार,गीतकार एवं पूर्वप्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नारायणकुमार आचार्य, पिता स्व. अमृतलाल आचार्य र माता शीतलादेवी आचार्यका माइलो छोराको २०१० साल भदौ ३ गते कलैया न.पा. १ बारा जिल्लामा भएको थियो । उहाँको विवाह श्रीमती गुह्येश्वरी आचार्यसँग भएको थियो । उहाँका डा.निभिषकुमार र डा.प्रशन्नकुमार गरी दुई छोराहरू छन् । हाल उहाँ गोकर्णेश्वर न.पा. वडा नं. ५ चामुण्डा देवीस्थानमा बस्नुहुन्छ । अध्ययनको सिलसिलामा उहाँले वि.स.२०७१ सालमा समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।
उहाँले वि.स २०२६ सालमा कविताबाट साहित्यिक लेखन यात्राको प्रारम्भ गर्नुभएको थियो । २०३० भदौ ११ गते नेपाल प्रहरी सेवामा नियुक्ति भएका उहाँले २०६२ भदौ ११ मा एसएसपी पदमा अवकाश प्राप्त गर्नुभएको थियो । उहाँले विभिन्न समयमा तालिम तथा गोष्ठीहरूमा सहभागिता जनाउनुभएको थियो । उहाँका विभिन्न लेख, रचनाहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइरहेका छन् । उहाँको २०५७/१/१५ गते ‘मेरी आमा’ पहिलो क्यासेट, सीडी र ‘मनभित्रका आवाजहरू’ कवितासङ्ग्रह एकै पटक लोकार्पण भएको थियो । त्यसैगरी २०५७/१२/१९ र २०६१/१/०५ गते ‘तिम्र्रो सम्झना र मनभित्रका आवाजहरू’ क्यासेट सीडीहरू विमोचन भएको थियो । विद्यार्थी जीवनदेखि नै कविता र गीतहरू प्रकाशित गर्दै आउनुभएका सम्मानित आचार्य विभिन्न समयमा अन्य आधुनिक गीतहरू रच्नमा व्यस्त हुनुहुन्छ । ‘विश्व सम्पदा जोगाउने हाम्रो रहर, कला संस्कृतिले सुसज्जित यो सहर, यो नगर भक्तपुर, नेपालीको धरोहर’ बोलको गीत उहाँले २०५६/५७ सालतिर भक्तपुरमा जिल्ला प्रहरी कार्यालय भक्तपुरको सुरक्षा प्रमुख (एसपी) भई काम गर्दा लेख्नुभएको थियो ।
Leave a Reply