अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)
पेचिङ
पेचिङ चीनको एक अत्यन्त प्राचीन नगर र राजधानी हो । पेचिङको प्राचीन नाम ‘येनचिङ’ हो । पछि मिङ वंशले यहाँ राज्य गरेपछि अथवा राजधानी बनाएपछि यसलाई पिपिङ अथवा ‘उत्तरी शान्ति’ भन्न थाले । १९४९ को पहिलो अक्टोबरमा पेचिङलाई नै नयाँ जनवादी सरकारको राजधानी घोषणा भयो र चिनियाँहरू अहिले पनि पेकिङलाई ‘पेचिङ’ भन्दछन् ।
स्थिति : पेचिङ ३९ डिग्री ५५’ उत्तरी अक्षांश र ११६ डिग्री २५’ पूर्व देशान्तरमा चीन महादेशको उत्तरतिर पर्दछ । यो समुद्र सतहबाट ४४.३८ मिटर उचाइमा छ । पेचिङको समतल मैदानको उत्तर, पूर्व र पश्चिमतिर पहाडहरू छन् ।
जनवादी चीनको यस राजधानी पेचिङलाई संसारले सांस्कृतिकरूपमा जान्दछ, जसको ३००० हजार वर्षभन्दा बढी लामो इतिहास छ । यो अति प्राचीन नगर भएको हुनाले अहिले पनि पुराना राजमहल, मन्दिर, दरबार र आमोदप्रमोद गर्ने ताल तलैया र बागबगैँचाहरू छन् । ती पुराना महल र मन्दिरहरूमा अहिले पनि प्राचीन कलाको उत्कृष्ट नमुनाहरू हेर्नलायकका छन्, जो चीनका कुशल कालीगडहरूले कुँदेका थिए । पेचिङ पुरानो सहर भएकोले ठाउँ ठाउँमा पुराना पर्खाल र ढोकाहरू छन्, जो पहिले सहरको सुरक्षाको दृष्टिले बनाइएका थिए । तर, पेचिङले युगसँगसँगै आफ्नो काँचुलीलाई फेर्दै आएको छ ।
पहिले आर्थिक र सांस्कृतिक दृष्टिले पेचिङ सा¥है पिछडिएको नगर थियो, जहाँबाट कुनै उत्पादन हुँदैनथ्यो । नगरमा नयाँ प्रकारको कलकारखाना र उद्योगको नामसम्म पनि थिएन । तर, १९४९ को जनक्रान्तिपछि पेचिङले आफूमा सुन्दरता अथवा अवर्णनीय सुन्दरतामात्रै थपेको होइन राष्ट्रिय अर्थतन्त्रको विकासको सँगैसँगै पेचिङले धातु शोधन कार्य, शक्ति (बिजुली, कोइला आदि), कलकारखानाको निर्माण, भवन निर्माण, रसायन, कपडा आदि हरेक क्षेत्रमा द्रुतगतिले विकास गरेको छ ।
क्रान्तिको समयमा पेचिङको औद्योगिक उत्पादनको मूल्य १७ करोड युआन (Yuan) थियो र जहाँ ७०,००० कामदारहरूले काम गर्थे । तर, १९५८ सम्ममा पेचिङको औद्योगिक र हस्तकला उत्पादनको मूल्य ४ अरब ६० करोड युआन पुग्यो जुन १९४९ को भन्दा २७ गुणा बढी थियो । कामदारहरूको सङ्ख्या ८,७०,००० भन्दा बढी पुग्यो जो १९४९ को भन्दा १२ गुणा बढी छ । क्रान्तिको समयमा पेचिङमा कुनै इस्पातको उद्योग थिएन । तर, पहिलो पञ्चवर्षीय योजनामा २८,००० टन उत्पादन गरे जो १९५८ सम्ममा, १,६०,००० टन पुग्यो । त्यसमा पनि १,२०,००० टन नयाँ तरिकाले उत्पादन गरेको थियो । १९४९ मा काँचो फलाम केबल २६,००० टनमात्रै उत्पादन हुन्थ्यो जो १९५८ मा ५, २०,००० टन पुग्यो । यो अङ्क १९४९ को भन्दा २० गुणा बढी छ । त्यस्तै, कोइलाको वार्षिक उत्पादन ११ लाख १८ हजार टन थियो । त्यसबेला उत्पादनको सबै काम हातले हुन्थ्यो र नयाँ सामानहरू थिएनन् । तर, क्रान्तिपछि नयाँ नयाँ मालसामान या कलपुर्जाहरूबाट काम लिनाले १९५८ सम्ममा ४० लाख ६० हजार टन उत्पादन गरे जो १९४९ को भन्दा ४ गुणा बढी छ । पेचिङमा अघि मेसिनका औजारहरू, रेडियोका सामानहरू, कपासका मालसामानहरू कहिल्यै उत्पादन भएको थिएन, तर अहिले मेसिनका कलपुर्जाहरू, रेडियोका सामानहरू, कपासका मालसामानहरूको अतिरिक्त रासायनिक, ऊनी, रेशमी, बिजुलीका सामानहरू आदि धेरै मात्रामा उत्पादन हुन थालेका छन् ।
क्रान्तिको समयमा जग्गामा सामन्तवादी स्वामित्व प्रथाले र पुरानो किसिमको खेती गर्ने तरिकाले उत्पादन सा¥है कम थियो । पटनी खाली २.८ प्रतिशत जग्गामा हुनसक्थ्यो । तर, १९५८ मा कम्युनको स्थापनापछि ४९० ट्याक्टर र अरु धेरै प्रकारका नयाँ नयाँ औजारहरू प्रयोगमा ल्याए र अरु सिँचाइको पनि व्यवस्था मिलाइयो । सालाखाला एक ‘माऊ’ (१ माऊ बराबर १/६ एकड वा करिब ३ रोपनी) मा ३१८ ‘क्याटिज’ (एक क्याटिज बराबर ५ पाउ एक छटाक) अन्न उत्पादन ग¥यो जो १९५७ को भन्दा ४७ प्रतिशत बढी र १९४९ को भन्दा दोब्बर थियो । १९५७ मा एक माऊमा २१६ क्याटिज उत्पादन भएको थियो । आवादी जग्गामा १/३ खण्डभन्दा बढी जग्गामा राम्रो पटनीको व्यवस्था भइसकेको छ ।
कपासको उत्पादन १९५८ मा एक माऊमा ६० क्याटिज उत्पादन गथ्र्याे । तर, १९४९ मा एक माऊमा १६ क्याटिजमात्रै उत्पादन भएको थियो । १९४९ को भन्दा १९५८ को उत्पादन यस हिसाबले ३ गुणाभन्दा बढी छ ।
सुख्खा हुनबाट बचाउन १९५८ मा कम्युनहरूले पानी जम्मा गर्ने ९० वटा साना र ठुला पोखरीहरूको निर्माण गरेका थिए । जुन पोखरीहरूको क्षमता २३ लाख ७० हजार माऊ खेत सिँचाइ गर्न सकिन्छ जब कि १९५७ मा ५ लाख ८० हजार माऊमात्रै सिँचाइ गर्न सकिन्थ्यो । पोखरीहरूको निर्माणले कृषि उत्पादनमा वृद्धि हुने र भविष्यमा सुख्खा र बाढीलाई पनि रोक्नेछ ।
भवन निर्माणमा क्रान्तिपछि पेचिङले धेरै राम्रो प्रगति गरेको छ । १९५८ मा १.३ गुणा बढी भवन निर्माण भयो, त्यसको मतलब हो २,७२,४०,००० वर्गमिटरभन्दा कम छैन । क्रान्तिभन्दा पहिले २१,९०,००० वर्गमिटर सडक पिच गरेको थियो जब कि १९५९ सम्ममा १,०८,१०,००० स्क्वायर मिटर सडक निर्माण गरे ।
१९४९ मा मजदुर र अरु अफिसमा काम गर्ने कामदारहरूको सङ्ख्या ४,३०,००० थियो र १९५८ मा १६,२०,००० पुग्यो । औद्योगिक कामदारहरूको सङ्ख्या क्रान्तिको समत्न्दा ७० प्रतिशत बढेको छ र किसानहरूको आम्दानी २०० प्रतिशत वृद्धि भएको छ ।
क्रान्तिपछि पेचिङले उद्योग, कृषि र निर्माणको कार्यमा मात्रै प्रगति गरेको होइन शिक्षा र संस्कृतिमा पनि धेरै प्रगति गरेको छ । प्राथमिक, मिडिल र नर्मल स्कूलहरू, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको सङ्ख्या र डाक्टर र उपचारको लागि अस्पतालको व्यवस्था १९४९ र १९५८ को प्रगति तलको तालिकाले देखाउँछ –

स्कूल, कलेज, विश्वविद्यालय र मेडिकल अफिसरहरू बढ्नुको साथै सिनेमा, नाटक र अरु सांस्कृतिक केन्द्रहरूको पनि धेरै वृद्धि गरेको छ ।
उपर्युक्त उद्योग, कृषि, निर्माण र सांस्कृतिक तथ्याङ्कहरूले थाहा पाउन सकिन्छ कि क्रान्तिपछि पेचिङको कायापलट भएको छ । हजारौँ नयाँ भवन र कोसौँ नयाँ नयाँ सडकहरू बनिसकेका छन् । पहिलेका साँघुरा गल्ली र सडकहरूको दायाँबायाँका पुराना स–साना घरहरूको ठाउँमा नयाँ नयाँ आधुनिक ढङ्गका भवनहरू उभिएका छन् । साथै कलापूर्ण पहिलेका दरबार र मन्दिरहरूको अतिरिक्त क्रान्ति पछि दसौँ दर्शनीय ठाउँहरूको निर्माण भइसकेका छन् । पेचिङमा पुराना हेर्नलायक ठाउँहरूमा शाही महल (कुकुङ), पेहाई पार्क, थेन थान (स्वर्ग मन्दिर), इ हो युनान (वर्षाकालीन दरबार) आदि हुन् र नयाँ निर्माण गरेकोमा जनसभा भवन (कङ्ग्रेस हल), ऐतिहासिक अजायब घर (म्युजियम) जातीय प्रदर्शनी भवन, कृषि, मुक्तिसेना, जीव प्राणी विज्ञानका अजायब घरहरू, पेचिङ रेलवे स्टेसन, रेडियो र टेलिभिजन स्टेसन आदि छन् ।
शाही महल (कुकुङ) – जसलाई ‘निषिद्ध नगर’ पनि भनिन्थ्यो, सन् १४२० मा बनाइएको थियो । यसको क्षेत्रफल १८२ एकड जमीन छ । यो चारैतिर पर्खाल र खाडलहरूले घेरिएको छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशामा ढोकाहरू बनाइएका छन् । दरबारभित्र राजाले खाने, पिउने, सुत्ने, व्याहा गर्ने, पाहुनालाई सत्कार गर्ने, इन्साफ गर्ने, नाटक आदि हेर्ने, आराम गर्ने, मठमन्दिर आदि सबै चाहिने बैठक र चोकहरू बनाइएका छन् । यहाँ पहिले राजा–रानीहरूले लगाउने लुगाहरू, बहुमूल्य वस्तुहरू र विदेशका राजा महाराजाहरूले उपहार दिएका सुनका घडीहरू, बाजाहरू अनेक प्रकारका कलापूर्ण कोठेश्रृङ्गारका वस्तुहरू, चित्र र मूर्तिहरू, हस्तिहाडमा कुँदिएका क्युरियो आदि बहुमूल्य सामानहरू प्रदर्शनीको रूपमा देखाइएका छन् । शाही महलले क्रान्तिपछिदेखि अजायब घरकै रूप लिएको छ जहाँ दिनको हजारौँ मानिसहरू पुरानो दरबार र वस्तुहरू हेर्न आउँछन् । यो शाही महलले हाम्रो भक्तपुरको मल्ल राजाहरूले बनाएको लाय्कुको स्मरण गराउँछ ।
पेहाई पार्क – यो अत्यन्त रमणीय ठाउँ हो । पार्कको थुम्कोमा एउटा पागोडा (चिवाद्योः) छ, जसको निर्माण १६५१ मा भएको थियो । यो पागोडा तिब्बतको पहिलो दलाई लामा पेचिङ आउँदा बनाइएको थियो । जुन पागोडालाई एउटा राम्रो नमुनाको रूपमा मान्दछन् । पार्कको बिचको थुम्कोमा बनेको पागोडा र थुम्कोको चारैतिर पौडी खेल्ने र नाऊ चलाउने पोखरी अथवा झील बनाइएको छ जहाँ दिनको हजारौँ सङ्ख्यामा युवक– विद्यार्थी, ‘योङ पायोनियर’ (बालचर जस्तै घाँटीमा रातो रुमाल बाँधेका बाल दल) र बालोद्यान (किनरगार्डेन) का बालकहरू र किसान–मजदुर र यात्रुहरू घुम्न आउँछन् र जल बिहार गर्छन् । भनिन्छ, पागोडा रहेको पहाडको थुम्को पहिले थिएन र धेरै वर्षअगाडि भौगोलिक परिवर्तनले समतल जग्गा नै पहाडको थुम्को बन्न गएको हो । पोखरी पनि पहिले खेतै थियो । पोखरीपछि मात्रै बनाइएको थियो । यहाँ बनाइएका पहाडका गुफाहरू कृत्रिम हुन् जो आठ सय वर्षअगाडि दक्षिणचीनबाट ल्याइएको ढुङ्गाहरूले बनाइएका थिए । सेतो पागोडा, जसलाई हामी ‘चिवाद्यो’ भन्छौँ त्यसकै नजिक युङ आन मन्दिर छ, जहाँबाट पेचिङ सहरको दृश्य राम्रोसँग देखिन्छ । यहाँ एक नौनागहरू (ड्रागन) को भित्तेचित्र छ, जो कलाको दृष्टिले सा¥है महत्वपूर्ण छ । यसले चिनियाँ कलाको एक अद्भूत नमुना पेस गर्दछ ।
थ्येनथान (स्वर्ग मन्दिर) – दक्षिण पेचिङमा बनेको यो पनि एक दर्शनीय ठाउँ हो, जसबाट प्राचीन चीनको ज्योतिष र भौतिक विज्ञान, गणित, कला आदि ज्ञानविज्ञानको निपुणता प्रदर्शित गर्दछ । भनिन्छ, मिङ र मन्चु वंशका राजाहरूको पालामा राम्रो मौसम र बालीको लागि यहाँ होम र बलि दिइन्थ्यो । स्वर्ग मन्दिर गोलाकारको छ, जो निलो रङ्गको छ, यसको मतलब हो आकाश । स्वर्ग मन्दिर २८ खम्बामा आधारित छ । यो २८ नक्षेत्रको प्रतीक हो । त्यसको सबै खम्बाहरूमा खुब राम्रा राम्रा चित्रहरू कुँदिएका छन् । ४ नागको खम्बा छन् जसलाई चार ऋतुको द्योतक सम्झिन्छ र अरु १२ राता राता रङ्गका खम्बा छन् जो १२ महिनाको प्रतीक सम्झिन्छ । यो मन्दिरको बनावट र सिंहमर्मरजस्ता अत्यन्त राम्रा ढुङ्गाहरूमा कुँदिएको कालीगडीले गर्दा यो मन्दिर एक दर्शनीय ठाउँ साबित गर्दछ ।
इ हो युनान (ग्रीष्म दरबार) – यो दरबारको सुन्दरता हाङचाऊ जस्तै अविस्मरणीय छ । यसले २६७ हेक्टर जग्गा ढाकेको छ । यो ८ सय वर्षअगाडि बनाइएको थियो । यो पुरानो राजाहरूको ग्रीष्म दरबार हो । यसमा धेरै राजाहरूले आफ्ना आफ्ना पालामा काम गरेर भिन्ना भिन्नै नाम दिए । पहाड, जङ्गल र झील यति राम्रा छन् कि यसलाई कृत्रिम झील भन्न पनि गा¥हो छ । यहाँको भवन र मण्डपहरूमा कुँदेका कालीगडी अत्यन्त प्रशंसनीय छन् । ग्रीष्म महलमा अरु धेरै धेरै मन्दिर र कलात्मक वस्तुहरू छन् । त्यसमध्ये सिंहमर्मरको ढुङ्गा, ‘चन्द्रमा चोक’ आदि हुन् । सिंहमर्मरको डुङ्गा दुईतले छ र यसमा कुँदेका कला अत्यन्त मिहीन र कलात्मक छन् । चन्द्रमा चोकजस्ता कलापूर्ण चोकहरू र बुद्धका मन्दिरहरूमा कुँदेका कालीगढीले ग्रीष्म महललाई अत्यन्त पुरातात्विक या कलाको दृष्टिले महत्वपूर्ण बनाएको छ । यसबाहेक महलको पहाडी र जङ्गलको सुन्दरता र शीतल वातावरणले दर्शकहरू मन्त्रमुग्ध हुन्छन् । तर, सन् १८६० को ब्रिटिश र फ्रान्सको सैनिक आक्रमणले महलको केही भाग ध्वस्त भएको थियो र १९०० मा भएको बेलायत, अमेरिका, फ्रान्स, रुस, जापान, पोर्तगाल आदि देशहरूको हमलाले पनि ग्रीष्म महलका कलाकृति धेरै नोक्सान भएको छ । त्यस आक्रमणले महलको पहाडमा बनेको बौद्ध मन्दिर र अरु विभिन्न प्रकारका मन्दिर र मूर्तिहरू पूर्ति हुन नसक्ने गरी क्षति भएको छ । क्रान्तिपछि यस महलमा हजारौँ मानिसहरू बिदामा घुम्न आउँछन् र जलविहार गर्छन् । पहाड र वन जङ्गलको मनोरम दृश्यहरूको अवलोकन गरेर आनन्दले उनीहरु विभोर हुन्छन् । झीलमा मोटर बोट र डुङ्गाको सैर र रङ्गीचङ्गी माछा र कछुवाहरूको खेल हेरेर मुग्ध हुन्छन् । यस ग्रीष्म प्रासादको हरियो वनमा बसेर सुस्तसुस्त बहिरहेको हावाको स्पर्शले विचलित झीलका स–साना लहरहरूको दृश्य देखेर साधारण दर्शकमा पनि कवि बन्ने प्रेरणा दिन्छ ।
उपर्युक्त दर्शनीय स्थानहरूबाहेक सन् १९०० मा ८ साम्राज्यवादीहरूको हमलाले ध्वस्त प्रायः भएको शिच्याव कुन थ्यन (पश्चिमी उप–नगर पार्क) चिङ वंशले निर्माण गरेको थियो । त्यसबेला यो कविहरूको लागि खुला थियो र प्रायः कविहरू यहाँ आएर कविता लेख्ने र रक्सी खाने गर्थे । क्रान्तिपछि यो ठाउँ धेरै राम्रो बनेको छ र मर्मत गरिएको छ । यस्तै प्रकारका पुराना सामन्त सम्राटहरूले आ–आफ्ना पालामा आफ्नो मनोरञ्जनका लागि धेरै दर्शनीय महल र मन्दिर, पार्क आदि बनाएका छन् । क्रान्तिपछि निर्माण गरेको दर्शनीय ठाउँहरू मध्ये ‘जन कङ्ग्रेस हल’, ‘जनसभा भवन’ पहिलो नम्बरमा आउँछ । यसको सुन्दरता, भव्यता र चमत्कार देखेर दर्शकहरूले जिब्रो टोक्नुपर्ने हुन्छ । अनि थाहा हुन्छ चीनको स्थान प्राचीन कलामा मात्रै होइन नयाँ निर्माणको कलामा पनि कति उच्च छ । साँच्चै चिनियाँ जनता र कलाकारहरू महान् छन् । यो जनसभा भवन येन आन मन (स्वर्गीय दरबारको द्वार) मा पर्दछ । थेन आन मन चोक पेचिङ मुटुको हो । यो ४० हेक्टर जमीनमा अथवा यसको क्षेत्रफल ४० हेक्टर छ । थेन आन मन चोकको दक्षिणमा सहिद स्तम्भ, पूर्वमा चिनियाँ इतिहास र चिनियाँ क्रान्तिको अजायब घर, पश्चिममा ‘जनसभा भवन’ र उत्तरमा येन आन मनद्वार खडा छ, जहाँबाट १९४९ मा अध्यक्ष माओले जनवादी चीनको स्थापनाको घोषणा गर्नुभएको थियो । थेन आन मनद्वारमा लेखिएका छन्, ‘जनवादी गणतन्त्र–जिन्दावाद’ र ‘संसारको जनताको महान् एकता–जिन्दावाद !’ थेन आन मन चोकमा उत्तरपट्टि फर्काएर माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका ठुला ठुला तस्बिरहरू राखेका छन् । साथै थेन आन मनद्वारमाथि अध्यक्ष माओको फोटो छ ।
सहिद स्तम्भ – चीनको राष्ट्रिय पर्वको सुरुवात सहिद स्तम्भ स्थलमा आएर गरिएको हुन्छ । सहिद स्तम्भको शिलान्यास अध्यक्ष माओले १९५२ पहिलो अगस्टमा गर्नुभएको थियो । जो १९५८ को अन्तर्राष्ट्रिय श्रम दिवसमा पूरा भयो । यो उत्तर दक्षिण ६१.४५ मिटर र पूर्व पश्चिम ५०.४४ मिटरको छ । यसमा अध्यक्ष माओको वाणी सुनको पातामा कुँदिएको छ, “जनताका वीरहरू अमर छन् !” प्रधानमन्त्री चाउ एन लाईले लेख्नुभएको छ, “वीर सहिदहरू जसले जनताको मुक्ति युद्ध र जनक्रान्तिमा बितेका ३० वर्षमा आफ्नो जीवनको बलिदान गरे, अमर छन् ।”
गत ३० वर्षदेखि जनक्रान्ति र जनताको मुक्ति युद्धमा आफ्नो जीवन बलिदान गरेका जनताका वीरहरू अमर छन् ।
राष्ट्रिय स्वाधीनता र जनताको स्वतन्त्रता र सुखको लागि १८४० भन्दा पहिलेदेखि नै भित्री र बाहिरी शत्रुहरूको विरुद्धको हरेक सङ्घर्षमा आफ्नो जीवन बलिदान गर्ने वीर सहिदहरू अमर छन् ।
हरेक दिन हजारौँ जनता सहिद स्तम्भअगाडि आएर टाउको श्रद्धापूर्वक झुकाएर फर्कन्छन् ।
Leave a Reply