अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
विश्केक, १ सेप्टेम्बर (सिआरआई) । मङ्गलबार चीनका राष्ट्राध्यक्ष सी चिनफिङले किर्गिस्तानको राजधानी विश्केकमा आयोजित शाङ्घाई सहयोग सङ्गठन राष्ट्रनायक समितिको २५ औँ बैठकमा सहभागी हुनुभयो ।
बैठकमा शाङ्घाई सहयोग सङ्गठनको वर्तमान अध्यक्ष मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभले बैठकको अध्यक्षता गर्नुभयो । शाङ्घाई सहयोग सङ्गठनका सदस्य मुलुक बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इरानी राष्ट्रपति मसुद पेजेश्कियान, कजाकिस्तानका राष्ट्रपति कासिम टोकायेभ, पाकिस्तानी प्रधानमन्त्री महमद शहबाज शरिफ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, ताजकिस्तानका राष्ट्रपति एमोमाली राहमोन, उज्वेकिस्तानका राष्ट्रपति शाभकट मिर्जियोयेभ र शाङ्घाई सहयोग सङ्गठनका महासचिव नुर्लान येमेक्बायेभको सहभागिता रहेको थियो ।
बैठकमा चीनका राष्ट्राध्यक्ष सीले “शाङ्घाई सहयोग सङ्गठनको अझ उच्चगुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने” शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभयो । सम्बोधनमा उहाँले चारबुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ । पहिलो, विकासलाई प्राथमिकतामा राखी साझा समृद्धि हुने भविष्यको सिर्जना । दोस्रो, सुरक्षालाई प्राथमिकतामा राखी विस्तृत सुरक्षित वातावरणको सिर्जना । तेस्रो, जनतालाई प्राथमिकतामा राखी युगौँयुगदेखि मैत्रीपूर्ण हुँदै जाने जगलाई सुदृढ । र चौथो, सम्झौता वार्तालाई कायम राखी समान र परिपाटी हुने सञ्चालन प्रणालीलाई पूर्णता ।
सोही दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्केकमा आयोजित “शाङ्घाई सहयोग सङ्गठन प्लस” बैठकमा सहभागी हुँदै “साझा समान र परिपाटीयुक्त विश्व ध्रुवीकरणको अपील गर्दै अझ निष्पक्ष र उचित विश्वव्यापी सञ्चालनलाई साकार तुल्याउने” शीर्षकको महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
आफ्नो सम्बोधनमा उहाँले शाङ्घाई सहयोग सङ्गठनको भूमिकालाई कसरी अझ राम्रोसँग निर्वाह गर्ने भन्ने विषयबारे तीनबुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो । पहिलो, शाङ्घाई सहयोग सङ्गठनको शक्तिको सदुपयोग गर्दै एशिया–युरोप महाद्वीपको समृद्धि र साझा विकासलाई प्रवद्र्धन गर्दै सँगै मिलेर अवसरको सिर्जना गरी समृद्धिको साझा उपभोग गर्नेछ । दोस्रो, शाङ्घाई सहयोग सङ्गठनको बुद्धिमत्तामार्फत वैश्विक दक्षिणको विकास र समृद्धिलाई बढावा दिई शाङ्घाई भावनाको प्रचारप्रसार गर्दै साझा जीत हुने लक्ष्यलाई साकार तुल्याउनका लागि पूर्वाधार बनाउनेछ । र तेस्रो, शाङ्घाई सहयोग सङ्गठनको गतिविधिमार्फत विश्वव्यापी सञ्चालनको सुधारलाई पूर्णता दिलाउँदै विश्वव्यापी सञ्चालनमा समान रूपमा सहभागी हुँदै विस्तृत रूपमा लाभ लिनसक्ने प्रयास गर्नेछ ।
उक्त सङ्गठनको उच्चस्तरीय बैठक मङ्गलबार नै समापन भएको छ भने कार्य दलहरूको बैठक चलिरहेको छ ।
Leave a Reply