कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कैलाली, १० माघ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा लम्कीचुहामा पुस्तक अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ एक ऐतिहासिक प्रकाशन भएको बताउनुभयो ।
राजनीतिमा शत्रु र मित्र शक्ति छुट्याउन सक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कामदारवर्गको जीवन सुनिश्चित हुने समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले नेमकिपाको स्थापना भएको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले पार्टी प्रकाशनहरू अध्ययन गरी कार्यकर्ताहरुले सैद्धान्तिक ज्ञान बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले समाजवादी व्यवस्था स्थापना गर्न मजदुर र किसानलाई सङ्गठित गर्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा पार्टीका गुप्तबहादुर शाही, ज्योति बडुवाल, गजबहादुर दर्लामी, प्रेम सिजापति, हिक्मत भण्डारी, कलम बडुवाल र गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply