भर्खरै :

पाकिस्तानमा आम निर्वाचनको सरगरमी राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव

पाकिस्तानमा आम निर्वाचनको सरगरमी राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव

इस्लामाबाद, ३० जनवरी (एएनआई) । पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्रमार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उहाँले बताउनुभएको हो ।
प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको आश्वासन दिनुभएको छ ।
उहाँले अन्तर्वार्तामा राजनीतिक दलका उम्मेद्वारले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाह फेब्रुअरी ८ गते साँझ समाप्त हुने बताउनुभएको छ ।
प्रधानमन्त्री काकरले दलले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिँदै कुनै पनि राजनीतिक पार्टीले दीर्घकालीन आर्थिक समस्या समाधान गर्न प्रभावकारी एजेन्डा नल्याएको उल्लेख गर्नुभयो ।
रोजगार, आश्रय, सुलभ बिजुली र खाद्य सुरक्षालगाएतका विषयमा राजनीतिक दलले आफ्नो अभियानमा गरेका दाबी स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उहाँको धारणा छ ।
उहाँका अनुसार राजनीतिक दलले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउनु आवश्यक रहेको छ ।
स्क्यान्डिनेभियाली देशमा ९१ प्रतिशत कर–जीडीपी अनुपातको उदाहरण दिँदै पाकिस्तानी करको जीडिपीमा अनुदान अनुपात नौ प्रतिशतमात्र रहेको काकरको दाबी छ ।
निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उहाँले संसद्ले विगतबाट पाठ सिकी निर्वाचनसम्बन्धी कानुनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले पर्यवेक्षकले अनुगमन गर्ने, स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गतिविधिको बारेमा रिपोर्ट गर्ने, मापदण्डअनुसार चुनाव स्वतन्त्र र निष्पक्ष हुने आश्वासन दिलाउनुभयो ।
मतदानको समय फेब्रुअरी ८ गते ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ ।
यसैबिच पाकिस्तानले सङ्घीय मन्त्रीहरू तथा सरकारी अधिकारीलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *