भर्खरै :

सहिद दिवसको अवसरमा ख्वपमा कविता वाचन प्रतियोगिता

सहिद दिवसको अवसरमा ख्वपमा कविता वाचन प्रतियोगिता

भक्तपुर, १६ माघ । सहिद दिवसको अवसरमा ख्वप कलेजको साहित्यिक समितिको आयोजनामा कविता वाचन प्रतियोगिता भयो ।
कविता वाचनको विषयवस्तु समसामयिक, देशभक्तिपूर्ण र चेतनामूलक थियो । प्रतियोगितामा २८ जना प्रतियोगीहरूले कविता वाचन गरेका थिए । यस प्रतियोगितामा कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले सहिद दिवसको महत्व र समाज परिवर्तनमा साहित्यको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कविता वाचन कार्यक्रममा सुजता खनाल प्रथम, आरती नेपाल द्वितीय, स्मृति गिरी तृतीय र सोकिना बस्नेत र संयोग अधिकारीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । कार्यक्रममा सुनिता गाइसी, लक्ष्मी थापा, केशव तमाखु, रेणु बोहजु र विनिता थापाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *