भर्खरै :

चिनियाँ राष्ट्रपति सीद्वारा परिस्थितिअनुकूल गुणस्तरीय उत्पादनमा जोड

चिनियाँ राष्ट्रपति सीद्वारा परिस्थितिअनुकूल गुणस्तरीय उत्पादनमा जोड

पेइचिङ, २२ फागुन (सिन्ह्वा/सीआरआई) । चीनको व्यवस्थापिकाको चौधौँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिनफिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त टिप्पणी गर्नुभएको हो ।
चौधौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशन मार्च ५ मा बिहान जन बृहत् सभा भवनमा सुरु भएको छ । सी चिनफिङलगायत चिनियाँ कम्युनिस्ट पार्टी तथा चीनका नेतागणहरू उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मार्च ५ मा दिउँसो चौधौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको च्याङसु प्रतिनिधिमण्डलको लेखाजोखा बैठकमा सहभागी हुनुभएको छ । उहाँले तत्स्थानको अवस्थाअनुसार नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा जोड दिनुभएको छ ।
राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले सो अधिवेशनसमक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्य प्रतिवेदनमा प्रधानमन्त्री ली छ्याङले औँल्याउनुभयो, विगत एक वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावना चौतर्फीरूपमा अपनाउने पहिलो वर्ष हुनुका साथै यस पटकको सरकारले ऐनबमोजिम जिम्मेवारी वहन गर्ने पहिलो वर्ष पनि हो । निकै जटिल अन्तर्राष्ट्रिय वातावरण र सुरक्षा, विकास तथा स्थिरताका लागि कठिन जिम्मेवारीको सामना गर्दै सी चिनफिङमा केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले एकजुट भएर चीनका सम्पूर्ण जातिहरूका जनताको नेतृत्व गर्दै बाह्य दबाब तथा आन्तरिक कठिनाइको समाधान गरी अथक प्रयास गर्दै आएको छ । चीनले कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यमा निर्णायक विजय प्राप्त गरेको छ । गत वर्षको आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य सफलताका साथ पूरा भएको छ, उच्च गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, समाजको स्थिर परिस्थिति कायम भएको छ, समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फीरूपमा निर्माणको लागि दृढताका साथ पाइला सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *