भर्खरै :

आज पुनःनिर्मित भाजुपुखू र जलेश्वर मन्दिरको उद्घाटन हुने

आज पुनःनिर्मित भाजुपुखू र जलेश्वर मन्दिरको उद्घाटन हुने

भक्तपुर, २४ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार भक्तपुर नगरपालिका वडा न १ दूधपाटीस्थित ऐतिहासिक भाजुपुखू ( भाजुपोखरी ) र पोखरीको मध्य भागमा रहेको पुनः निर्मित जलेश्वर मन्दिरको एक भव्य समारोहबिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । पोखरीको उद्घाटनसँगै उहाँले भनपाद्वारा प्रकाशित ‘भाजुपुख्ू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तकको पनि विमोचन गर्नुहुनेछ ।
नगरपालिकाबाट प्राप्त जानकारीअनुसार उद्घाटन र विमोचन कार्यक्रमअघि बिहान १०ः३० बजे नासमनामा भेला भएर ¥याली वंशगोपाल, भार्वाचो हुँदै भाजुपोखरीस्थानमा पुग्नेछ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पोखरीहरूमध्ये भाजुपोखरी पनि एक हो । बाह«ौँ शताब्दीतिर बनेको भनिएको यो पोखरी भक्तपुरकै सबभन्दा ठुलो पोखरी नःपुखु (सिद्धपोखरी)को दक्षिणतिर रहेको छ । जलाशयको मध्तगमा जलेश्वर मन्दिर निर्माण गरिएको छ ।
भनपा वडा न. १ मा रहेका ठुलठुला पोखरीहरू बस्तीभन्दा बाहिर रहेका छन् । तः पुखू, नःपुखू, न्हु पुखू र भाज्या पुखू यसका उदाहरणहरू हुन् । बस्तीभन्दा बाहिर यतिका ठुलठुला पोखरीहरू किन बनाइए भने जिज्ञासा हुनु अस्वाभाविक होइन । ठुला पोखरी बनाउनुका कारण या उद्देश्य पक्कै हुन्छ । यसबारे इतिहासकार, सम्पदा र संस्कृतिविद्माझ कौतूहलता हुनु स्वाभाविक हो । यस्ता महत्वपूर्ण पोखरीहरू भक्तपुर नगरपालिकाले एकपछि अर्को पुनःनिर्माण, जीर्णाेद्धार तथा मर्मत सम्भार गर्दै छ । पछिल्लो पुनः निर्माण गरिएको पोखरी हो –भाजुपोखरी । बस्ती भित्र र बस्ती बाहिर रहेका पोखरीहरूको जीर्णोद्धारले ती स्थानहरू आकर्षणको थलोे बनेका छन् ।
पोखरी बनेपछि पोखरीको पानीको स्रोत र निकासको प्रसङ्ग उठ्नु स्वाभाविक हो । कुन कुन प्रयोजनको लागि पोखरी बनाइएको हो, त्यसको चर्चा परिचर्चा हुनु पनि स्वाभाविक छ । पानीको स्रोत, पानीको निकास र पानी या पोखरी उपयोगको सन्दर्भमा पनि स्थानीय जनतामाझ चर्चा छ । त्यतिबेला पोखरीमा पानी कहाँबाट पूर्ति गरियो र कुन कुन प्रयोजनको लागि पोखरीको पानी उपयोग गरियो ? सम्भवतः पोखरीको पानी अरु स–साना पोखरी, इनार ढुङ्गेधारा, कुवा आदिको स्रोत हुनसक्छ ।
पूजाआजामा जल चढाउन, स्नान गर्न पनि पोखरीको पानी प्रयोग गरिएको हुन्छ । सारमा, ती पोखरीहरू बहुउपयोग गर्ने उद्देश्यले बनाइएको हुनुपर्छ ।
पोखरीको मध्य भागमा रहेको थुम्कोबारेको जनधारणा छँदै थियो । पोखरी खन्दाखन्दै नसकेर बाँकी छोडेको भूमि थुम्कोको परूमा रहेको भनाइ पनि छ । तर, अध्ययनले त्यो कुरा होइन भन्ने स्पष्ट भइसकेको छ । विद्वानहरूको अध्ययन, खोजीनीति र अनुसन्धानले नै मध्य भागमा रहेको थुम्कोको जलेश्वर मन्दिर बनेको हो । बनेको जलेश्वर मन्दिर आकर्षक देखिन्छ ।
भाजुपोखरी जलेश्वर मन्दिर पुग्ने बाटो र जलेश्वर मन्दिरको कारण उक्त स्थान आकर्षणके थलो बनेको हो । त्यसको संरक्षण र संवद्र्धन गर्नुपर्छ । पोखरीलाई जीवन्तता दिइएन भने पोखरीको अस्तित्वमा बाधा पर्छ । कमलपोखरी, सिद्धपोखरीझैँ भाजुपोखरीको पनि संरक्षण भइरहोस्† जीवन्तता कायम रहिरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *