कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २४ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बिहीबार रोबोट प्रतियोगिता र प्रोजेक्ट प्रदर्शनी कार्यक्रमको उद्घाटन सम्पन्न भयो ।
इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल र कम्प्युटर इन्जियिरिङ विषयसँग सम्बन्धित रोबोट प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निरन्तर मेहनत र परिश्रमले कुनै व्यक्तिले आफ्नो जीवनमा सफलता हासिल गर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताउँदै शिक्षालाई श्रमसँग जोड्ने विषयमा भक्तपुर नपा निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
नेपालका युवाहरूलाई बिदेसिनबाट रोक्न र आत्मनिर्भर बनाउने उद्देश्यले भक्तपुर नपाले युवा उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएको उल्लेख गर्दै उहाँले नेपाल कृषिमा प्रचुर सम्भावना भएको देश हो र कृषिबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले अनुसन्धानको क्षेत्रमा नयाँ नयाँ काम गर्न इन्जिनियरिङका विद्यार्थीहरूलाई उत्साहित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्दै सूचना प्रविधि भनेको देश विकासको संवाहक हो भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूलाई शुभकामना दिँदै कलेज स्थापनादेखि ख्वप इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई पाठ्यक्रम सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै आएको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरू शैक्षिक क्षेत्रमा पनि अब्बल रहेको आँैल्याउँदै उहाँले आउँदो वैशाखमा कलेजले आर्किटेक्चर विषयमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले विद्यार्थीहरूको शिक्षालाई उत्पादन श्रमसँग जोड्ने सिलसिलास्वरुप यस प्रतियोगिता आयोजना भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक योगेश बज्राचार्यले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपश्चात् नगर प्रमुख प्रजापतिलगायतले रोबोट प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।
रोबोट प्रतियोगितामा २६ वटा टीम, १०३ जना विद्यार्थी सहभागी रहेका छन् भने प्रोजेक्ट प्रदर्शनीमा ५३ वटा प्रदर्शनी र २१० जना विद्यार्थीहरू सहभागी थिए ।
Leave a Reply