भर्खरै :

अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी

अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी

(मानवअधिकार अध्ययन समाज चीनले सन् २०२१ को डिसेम्बरमा जारी गरेको आलेखको नेपाली अनुवाद)
मानिसले आफूलाई मुक्त बनाउने र स्वतन्त्रता हासिल गर्ने सिलसिलामा प्राप्त गरेको व्यवस्था हो – प्रजातन्त्र । हजारौँ वर्षदेखि संसारभरका सरकार र राष्ट्रहरूले प्रजातान्त्रिक अभ्यासको विकासको लागि कष्टसाध्य सङ्घर्ष गरे । त्यस्तो सङ्घर्ष देशअनुसार फरक फरक छन् । ती फरक फरक सङ्घर्षले मानिसको राजनीतिक उपलब्धि र प्रजातन्त्रका स्रोतमा विविधता थपियो । प्रजातन्त्रका धेरै रूप छन् । सबैलाई ठीक हुने एउटै आकारको प्रजातन्त्रको कुनै अवधारणा हुँदैन । संरा अमेरिकाले आफ्नो प्रजातान्त्रिक ढाँचालाई आदर्श भन्दै आएको छ । तर, अमेरिकी प्रजातन्त्रका धेरै सीमा र कमजोरीले उसलाई नग्न बनाएको छ । अमेरिकी प्रजातन्त्र आधुनिक प्रजातन्त्रको आदर्श प्रणाली बन्न सकेको छैन ।

अमेरिकी प्रजातन्त्रमा “भ्रमपूर्ण आत्मविश्वास”
आधुनिक युगको सुरुआतयता युरोपेली उपनिवेशवादको विस्तारसँगै प्रबोधन युग (इन्लाइटमेन्ट पिरेड) को बौद्धिक परम्परा विभिन्न देशमा फैलियो । अन्ततः सामाजिक करारको नियम र प्राकृतिक छनोटको सैद्धान्तिक आधार, ‘तीन शक्तिबिच पृथकीकरण’ तथा नियन्त्रण र सन्तुलनको मूल आन्तर्य रहेको प्रजातान्त्रिक प्रणाली उत्तर अमेरिकी महादेशमा स्थापित भयो । दुई सय वर्षभन्दा लामो समयावधिसम्म विशेषतः केही पश्चिमा राजनीतिक नेता र विद्वानहरूमा क्रमशः अमेरिकी प्रजातन्त्रप्रति विश्वासको भ्रमपूर्ण भावना विकास भयो । शीतयुद्धको अन्त्यसम्ममा यो भ्रमपूर्ण विश्वास उत्कर्षमा पुग्यो । जापानी–अमेरिकी विद्वान फ्रान्सिस फुकुयामाले अमेरिकी प्रजातन्त्रको प्रतिनिधित्व गर्ने उदारपन्थी प्रजातन्त्र नै सबभन्दा उत्तम व्यवस्था भएको मत अघि सारे । तर, कोभिड–१९ महामारीविरुद्धको लडाइँमा संरा अमेरिकाको कमजोर प्रस्तुतिले अमेरिकी प्रजातन्त्र मानिसले सोच्ने गरेजस्तो प्रभावकारी नभएको छर्लङ्ग पारेको छ । अब हामीले सोध्नुपर्छ, के अमेरिकी प्रजातन्त्र सिद्धान्तसङ्गत छ ? के त्यो नै आधुनिक प्रजातन्त्रको अन्तिम सत्य हुनसक्छ ? के अमेरिकी प्रजातन्त्र सबैको लागि उपयुक्त सिफारिसयोग्य राजनीतिक प्रणाली हो ? उत्तर सजिलो छ– होइन ।
राजनीतिक विशेषता र विचारधाराको आधारमा अमेरिकी प्रजातन्त्र एक प्रकारको पुँजीवादी प्रजातन्त्र हो । चाल्र्स अस्टिन बियर्डले संरा अमेरिकी संविधानलाई ‘आर्थिक दस्ताबेज’ भनेका छन् । संरा अमेरिकी संविधानमा आधारित अमेरिकी प्रजातन्त्र पुँजीवाद निश्चित चरणमा पुग्दाको परिणाम हो । त्यसले अल्पसङ्ख्यक पुँजीपतिवर्गको हितको मात्र प्रतिनिधित्व र सेवा गर्छ । अमेरिकी प्रजातन्त्र आधारभूतरूपमा समाजवादी प्रजातन्त्रभन्दा फरक छ । समाजवादी प्रजातन्त्रले अत्यधिक बहुमत जनताको सेवा र प्रतिनिधित्व गर्छ । सञ्चालन पद्धतिको आधारमा अमेरिकी प्रजातन्त्र प्रतिस्पर्धात्मक चुनावको विशेषतासहितको मतदानमा आधारित प्रजातन्त्र हो । अमेरिकी राजनीतिमा जनताबाट नियमित चुनावमार्फत निर्वाचित हुनुलाई बढी प्राथमिकता दिइएको छ । त्यो नै अमेरिकी प्रजातन्त्रको सिङ्गो कथा बनेको छ । तथापि, अमेरिकाको खास आन्तरिक राजनीतिको पूर्णतामा प्रजातान्त्रिक चुनावका साथै प्रजातान्त्रिक परामर्श, निर्णय प्रक्रिया, व्यवस्थापन, निगरानी आदि विशेषता हुनुपर्छ । चुनावमा मात्र केन्द्रित अमेरिकी प्रजातन्त्रले प्रजातान्त्रिक राजनीतिलाई पूर्ण ढङ्गले टिकाउन सक्दैन । तसर्थ, अमेरिकी प्रजातन्त्र भनेको आधुनिक प्रजातन्त्रको एकमात्र र अन्तिम प्रणाली हुनसक्दैन ।

अमेरिकी प्रजातन्त्रको ऐतिहासिक सीमा
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका संसारको बलियो शक्तिको रूपमा उदायो । उत्तर अमेरिकी महादेशमा फस्टाएको राजनीतिक प्रणालीले धेरैको ध्यान तान्यो । अमेरिकी प्रजातन्त्र गौरवले भरिभराउ देखियो । तथापि, केही अमेरिकी राजनीतिक नेताहरूले उच्च नैतिक धरातलको दाबी गरे र प्रजातन्त्रको परिभाषा एवम् व्याख्या गर्ने अधिकारमा एकाधिकार जमाउन खोजे । तब अमेरिकाको यातनापूर्ण प्रजातान्त्रीकरणबारे किन पुनः विचार नगर्ने ? अमेरिकी प्रजातन्त्र एकैरातको परिणाम कुनै पनि हालतमा होइन । बरु, आर्थिक विकासको तह, इतिहास, परम्परा र भूराजनीतिक सम्बन्धजस्ता पक्षको प्रभावबाट गरिएको स्व–नवीकरणको परिणाम हो । अमेरिकी प्रजातन्त्रको खाका संरा अमेरिकी संविधानअनुसार स्थापित गरिए पनि अमेरिकी राजनीतिमा प्रजातन्त्रको पक्षको अभाव भएका धेरै प्रणाली र अभ्यास आउने जाने क्रम चालु रह्यो । अमेरिकी प्रजातन्त्र सुरुबाटै ऐतिहासिक कमी – कमजोरीले भरिएको छ ।
संरा अमेरिकाले लामो समयदेखि विभिन्न रङका मानिसलाई प्रजातन्त्रमा सहभागी बन्ने अधिकारबाट वञ्चित गर्दै आएको छ । अमेरिकी स्वाधीनताको घोषणा (द डिक्लेरेसन अफ इन्डिपेन्डेन्स) मा ‘जन्मले सबै समान’ भएको लेखिएको छ । तर, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा आफैँले भनेका छन्, “जातीय विभेदले हाम्रो जीवनका हरेक प्रणालीलाई प्रभावित बनाएको छ । त्यसले निकै गहिरो प्रभाव पारेको छ र त्यो हाम्रो आनुवंशिकता (डीएनए) को हिस्सा बनिसकेको छ ।” यसरी जातिवाद संरा अमेरिका स्थापना हुँदैदेखि अमेरिकी प्रजातन्त्रको ‘डीएनए’ बनेको छ र यो क्रम अहिले पनि चालु छ । अमेरिकाले आपूmलाई प्रजातन्त्रको प्रकाशस्तम्भ मान्छ । तर, संरा अमेरिकी संविधान (सन् १७८७) जातीय पूर्वाग्रहले भरिएको छ । लामो समयसम्म संरा अमेरिकामा चुनावमा मतदानको लागि योग्य हुन गोरो हुनैपथ्र्यो । सन् १८६६ मा चौधौँ पटक संशोधन गरेर संरा अमेरिकाले पहिलो पटक २१ वर्षभन्दा माथि उमेरका काला जातिका नागरिकलाई पनि मताधिकार दिएको थियो । सन् १८७० मा संरा अमेरिकाको संविधान पन्ध्रौँ पटक संशोधन गरियो । संशोधित संविधानअनुसार संरा अमेरिकाका सबै रङका जनतालाई मताधिकार दिइयो । काला जातिका नागरिकलाई मताधिकार प्रदान गरिए पनि केही राज्यमा उनीहरूलाई साक्षरताको परीक्षा उत्तीर्ण गरेपछि मात्र मताधिकार दिइन्थ्यो । सन् १९६४ मा नागरिक अधिकार ऐन लागु नहुँदासम्म काला जातिका जनताले खासमा मताधिकार अनुभव गर्न पाएनन् । यद्यपि, अझै पनि विभिन्न रङ÷जातिका अमेरिकी नागरिकले समान हैसियतमा प्रजातान्त्रिक अधिकार उपभोग गर्न पाएका छैनन् । सन् २०२१ को नोभेम्बर २२ मा अल्पसङ्ख्यक मुद्दामा संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिनिधि फर्नान्ड डी. भरेनेसले संरा अमेरिकाको आफ्नो दुई साताको भ्रमणको समापनमा एउटा भाषण दिएका थिए । सो भाषणमा उनले टेक्सासको एउटा कानुनको भत्र्सना गरेका थिए । त्यो कानुनले शासकको अनुकूलतामा निर्वाचन क्षेत्रको सीमाङ्कन गरेको आरोप लगाए । गोराहरूको पक्षमा निर्वाचन क्षेत्रको सीमाङ्कन गरेर अल्पसङ्ख्यकको मताधिकारलाई कमजोर बनाएको उनको आरोप थियो । फर्नान्ड डी. भरेनेसले टेक्सासलगायत संरा अमेरिकाका केही क्षेत्रमा लागु गरिएको निर्वाचन कानुनले लाखौँलाख अल्पसङ्ख्यक नागरिकको मतको मूल्य घटाएको र दीर्घकालीनरूपमा यसले ‘प्रजातन्त्र’ लाई कमजोर बनाएको बताए ।
संरा अमेरिकाले लामो समयदेखि प्रणालीगतरूपमै अमेरिकी आदिवासी जनता (रेड इन्डियन) लाई दबाउने, बहिष्कार गर्ने र सांस्कृतिक सम्मिश्रण गर्ने गर्दै आएको छ । सन् १७८७ को संरा अमेरिकी संविधानले आदिवासी जनतालाई नागरिक मानेको छैन ।
नाफाका लोभी गोराहरूले लामो समयदेखि आदिवासी अमेरिकीहरूसँग भएको स्रोत लुट्दै उनीहरूलाई आफ्नो आदिभूमिबाट लखेट्दै आएका छन् । त्यसबाट अमेरिकी आदिवासी जनताको संस्कृतिलाई तहसनहस गर्ने काम भएको छ । अमेरिकाले लामो समयदेखि आदिवासी जनतालाई दबाउँदा र आमनरसंहार गर्दा पन्ध्रौँ शताब्दीको अन्त्यसम्ममा झन्डै ५० लाख सङ्ख्यामा रहेका आदिवासी जनता बीसौँ शताब्दीको सुरुआतसम्ममा झन्डै २ लाख ५० हजारमात्र भए । सन् १८५० दशकको सुरुआतमा संरा अमेरिकी सरकारले आदिवासीहरूलाई निषेध गरिएको ‘आरक्षण’ प्रणाली लागु ग¥यो । सन् १८८७ देखि सन् १९३३ सम्म अमेरिकी आदिवासी जनताबाट झन्डै ९ करोड एकड भूमि लुटिएको थियो ।
साथै, संरा अमेरिकी सरकारले ‘अमेरिकाकृत’ शिक्षालाई प्रवद्र्धन ग¥यो । आदिवासीहरूको लागि आवासीय विद्यालय, सीप तालिम विद्यालय आदिमा ‘आरक्षण’ को व्यवस्था गरियो । गोराहरूले चलाएका सार्वजनिक विद्यालयमा युवा आदिवासीहरू भर्ना हुनसक्थे । तर, त्यसको निम्ति उनीहरूले आफ्नो आदिवासी परम्परा त्याग्नुपथ्र्यो । वर्षौँवर्षपछि आदिवासी जनताको परम्परागत संस्कृति क्रमशः हराउँदै गयो ।
संरा अमेरिकामा लामो समयसम्म महिलालाई समान हैसियतमा मताधिकारबाट वञ्चित गरिएको थियो । संविधान बनेको लामो समयसम्म राजनीतिमा महिला सहभागितालाई निषेध गरिएको थियो । त्यसकारण, उन्नाइसौँ शताब्दीको मध्यावधियता राजनीतिमा महिला सहभागी हुन पाउने अधिकारको निम्ति व्यापक अभियान चलाइयो । संविधानको उन्नाइसौँ संशोधनपछि मात्र महिला र पुरुषलाई समान हैसियतमा मताधिकार प्रदान गरिएको थियो ।
अब्राहम लिङ्कनले प्रजातान्त्रिक सरकारको आदर्शको रूपमा ‘जनताले, जनताद्वारा, जनताको लागि’ भनी परिभाषा गरे । तथापि, संरा अमेरिकामा तल्लो वर्ग र कमजोर समूहले सुरुमा प्रजातन्त्रको फल खान पाएका थिएनन् । उनीहरूलाई लामो समयसम्म राजनीतिमा सीमान्तकृत गरिएको थियो । अमेरिकी प्रजातन्त्रले संविधान बनेर पनि पूर्णता हासिल गरेको थिएन । अमेरिकी प्रजातन्त्रको क्रमिक विकास संरा अमेरिकी काला समुदाय तथा महिलाजस्ता सीमान्तकृत समूहका अथक सङ्घर्षबाट अविभाज्य छ ।

अमेरिकी प्रजातन्त्रका खास कमजोरी
क) अमेरिकी प्रजातन्त्रमा धु्रवीकरण
सन् १९७० को दशकयता अमेरिकी राजनीतिमा व्यापक धु्रवीकरण हुँदै आएको छ । राजनीतिक ध्रुवीकरणको कारण प्रथमतः बाह्य भिन्नता झन्झन् गहिरो बन्दै गयो । विभिन्न राजनीतिक शक्तिका नीतिगत प्राथमिकताले ठीक उल्टो दिशातिर एक अर्कालाई तानातान गरिरहेका छन् । दोस्रो, आन्तरिक एकात्मकता क्रमशः सघन हुँदै गयो । विभिन्न राजनीतिक शक्तिले आफ्नो मूल्यको रक्षा गरे । राजनीतिक शक्तिबिच आपसमा मेलमिलाप कठिन हुँदै गयो । झन्डै आधा शताब्दीसम्म आर्थिक भूमण्डलीकरणले अमेरिकी उत्पादन क्षेत्र विदेशमा स¥यो र अवस्तुगत अर्थतन्त्र (भर्चुअल इकोनोमी) तीव्रगतिमा बढेको कारण धनसम्पत्ति सीमित मानिसको हातमा थुप्रिँदै गयो । धनी र गरिबबिचको दूरी अझ फराकिलो बन्दै गयो । तल्लो वर्ग र माथिल्लो शासकवर्गबिचको अन्तरविरोध गहिरो बन्दै गयो । संरा अमेरिकामा बहुसंस्कृतिमाथि रोक लगाइयो । जातीय द्वन्द्व सघन बन्दै गयो । यी भिन्नताले राजनीतिक शासकबिचको विभाजनलाई अझ फराकिलो बनाएको छ । विशेषतः हालैका वर्षमा डेमोक्रेटिक पार्टी थप उदार बन्न खोजिरहेको छ भने रिपब्लिकन पार्टी थप अनुदार बन्न खोजिरहेको छ । यी दुई खेमाबिचको मध्यबिन्दु नै हराउने गरेको छ । भित्र भने दुई पार्टी थप सङ्गठित र एउटै खालको बन्दै छन् । अवधारणा र बुझाइको आधारमा दुई दलले दुई दिशातिर तानातान गर्दा अमेरिकी समाजमा मेलमिलापको बिन्दु नै गुम्दै छ ।
शासनको दबाब, मूल्य मान्यताको द्वन्द्व र आन्तरिक दलगत दबाब आदि कारणले अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन दलका सांसदहरू प्रायशः अर्को दलसँग तर्कसङ्गत छलफलमा जानै चाहँदैनन् । उनीहरूले जनताको हितलाई भन्दा पार्टीको हितलाई बढी प्राथमिकता दिने गरेका छन् । दुवै दलका सांसदहरूले जहिले पनि एकअर्काको कामलाई अवरोध पु¥याउने चेष्टा गरेका हुन्छन् । जनताको मतबारे छलफल र बहस गर्ने दबु मानिएको संरा अमेरिकी संसद् अहिले दुई दल आपसमा लड्ने खाल भएको छ । अमेरिकी प्रतिनिधिसभाका सभामुखले प्रतिपक्षी डेमोक्रेटिक दलका प्रतिनिधिको हैसियतले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई पटक महाभियोगको प्रक्रिया अघि बढाउन खोजिन् । खासमा धेरै मानिसले डोनाल्डमाथि महाभियोगलाई हास्यास्पद दलगत राजनीतिको रूपमा लिए । तर, डेमोक्रेटहरूले त्यसमा ठूलै आधार दाबी गरे ।
राजनीतिक धु्रवीकरणले विभिन्न शक्तिबिच द्वन्द्व र शत्रुता बढाएको छ । संसद् र राष्ट्रपतिबिच विवाद जन्माएको छ । सत्तापक्ष र प्रतिपक्षबिच झगडा निम्त्याएको छ । परिणामतः त्यसले अमेरिकी राजनीतिक प्रणालीको सञ्चालनलाई प्रभावित बनाएको छ । पुनः निर्वाचनको बेला महामारीको प्रभाव न्यूनीकरण गर्न ट्रम्पले जनताको जीवनमा महामारीले निम्त्याएको चुनौतीलाई छोप्न खोजे । जबरजस्ती काम र उत्पादनलाई सूचारु गर्न खोजे । अर्कोतिर महामारीविरुद्धको लडाइँमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ट्रम्प सरकारको आलोचना गर्दै अधिकांश डेमोक्रेटिक सांसदहरूले केही राज्यमा जनतालाई मास्क लगाउन अनिवार्य गर्न आग्रह गरे । जस्तालाई तस्तैको राजनीतिले मास्क लगाउने जस्तो महामारी रोक्ने साधारण स्वास्थ्य मापदण्डमा पनि राजनीतिकरण गरियो । भिन्नभिन्न दलको नेतृत्वमा रहेका राज्य सरकारले आ–आफ्नो दलको अडान र मान्यताअनुसार महामारी रोकथाम एवम् नियन्त्रणका फरक फरक विशेषतासहितका नीति लागु गरे । सङ्घीय सरकारसँग पूर्ण समन्वयको अभावको कारण राज्य सरकारहरू प्रायशः महामारी नियन्त्रण नीतिमा एकअर्काप्रति पृथक बने । जसले महामारीको तीव्र विस्तारलाई रोक्न गा¥हो भयो । नियन्त्रण र सन्तुलनको प्रणालीसँगै राजनीतिक धु्रवीकरणले ‘छरिएको संरा अमेरिका’ लाई प्रभावकारी ढङ्गले महामारी नियन्त्रण गर्ने क्षमतालाई कमजोर बनायो । त्यसले सर्वसाधारण जनताका आधारभूत अधिकारलाई न्यूनाङ्कन ग¥यो । त्यसै पनि महामारीविरुद्धको विश्वव्यापी प्रयास असहज बन्दै गएको अवस्थामा त्यसले थप असजिलो बिन्दुमा पु¥यायो । दुई दलबिचको वैमनस्यता र राजनीतिक ध्रुवीकरणले ‘कहिले यता र कहिले उताको प्रजातन्त्र’ (पेन्डुलम डेमोक्रेसी) लाई प्रोत्साहन ग¥यो । आज संरा अमेरिकाका आन्तरिक र विदेश नीति मनपरी चलेको छ ।
राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले ओबामा सरकारले लागु गरेका धेरै नीति नियम फिर्ता लिए† कतिपय नियम खारेज गरे । ट्रम्पले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्जस्ता अन्तर्राष्ट्रिय सङ्गठन र पेरिस सम्झौताजस्ता धेरै अन्तर्राष्ट्रिय सम्झौताबाट हात झिक्ने निर्णय गरे । आर्थिक क्षेत्रमा ट्रम्पले संरा अमेरिकाकेन्द्रित एकपक्षतावाद लागु गरे । विद्यमान आर्थिक भूमण्डलीकरणको भावनाविपरीत काम गरे । चीनजस्ता व्यापार साझेदारविरुद्ध व्यापार युद्ध छेडे । त्यसको उल्टो बाइडेन पदमा पुगेपछि संरा अमेरिकाले बहुपक्षतावाद पछ्याउने घोषणा गरे । उनले संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्मा सामेल हुने निर्णय गरे । विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने निर्णय खारेज गरे । पश्चिमा साझेदार देशहरूसँग सम्बन्ध सुधार गर्न प्रयास थाले । ‘पेन्डुलम डेमोक्रेसी’ ले संरा अमेरिकाको घरेलु र अन्तर्राष्ट्रिय नीतिलाई अनिश्चित बनाएको छ । सर्वसाधारण जनतालाई दुःख हुने गरी राष्ट्रिय वित्तीय व्यवस्थालाई कमजोर बनाइयो । ‘पेन्डुलम डेमोक्रेसी’ मा संरा अमेरिकी विदेश र स्वदेश नीतिलाई ‘रोटी पल्टाएजस्तै’ उल्टोपाल्टो गरिएको छ । शासक दलले सधैँ आफ्ना पूर्ववर्ती सरकारका राजनीतिक उपलब्धिलाई समाप्त गर्ने वा आफ्ना राजनीतिक विपक्षीको नीतिलाई उल्ट्याउने गर्छन् । त्यही कारण संरा अमेरिकामा प्रस्ट र स्थिर नीति छैन । परिणामतः सरकारबाट जनताले कुनै पनि स्थायी र दिगो अपेक्षा राख्न सक्दैनन् ।
धेरै देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूले दलका स्वार्थमा आधारित संरा अमेरिकासँग व्यवहार गर्दा असहज अनुभव गर्छन् । दुई वटा शासक दलहरूले एकअर्काका निर्णय उल्ट्याउने गर्छन् । परिणामतः आज संरा अमेरिकाको प्रजातन्त्र ‘विशेषाधिकार प्रणाली’ (भिटो टाइप सिस्टम) को जालमा फसेको छ । कसै – कसैले संरा अमेरिकामा राजनीतिक ध्रुवीकरणलाई ‘दुई अमेरिका’ को उदयको संज्ञा दिएका छन् । दुई वटा शासक दल डेमोक्रेटिक र रिपब्लिकन आ–आफ्ना स्वार्थमा विभाजित छन् । भौगोलिकरूपमा पनि रातो र निलो (निलोको अर्थ डेमोक्रेटिक र रातोको अर्थ रिपब्लिकन) विभाजित छ ।
स्रोतः अमेरिकाको प्रजातन्त्र 
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *